प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ (चितवन), १८ पुसः हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित, सुरक्षित बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तयारी थालिएको छ । मेलालाई मर्यादित रूपमा सञ्चालन गर्न देवघाट क्षेत्र विकास समितिले व्यवस्थापन मूल समिति र विभिन्न शीर्षकगत उपसमितिहरू गठन गरी सक्रियता बढाएको हो ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार १५१ सदस्यीय मेला व्यवस्थापन मूल समिति गठन गरिएको छ । मेलाको सफल व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, धुनी व्यवस्थापन, बजार व्यवस्थापन, सरसफाइ तथा अस्थायी शौचालय व्यवस्था, खानेपानी व्यवस्थापन, प्राथमिक स्वास्थ्य उपचार, विद्युत् तथा बत्ती व्यवस्था, डुङ्गा व्यवस्थापन, आकस्मिक उद्धार, स्नानघाट व्यवस्थापन, मूल समितिको सचिवालय सञ्चालन, सूचना, सञ्चार तथा प्रचारप्रसार, मेला सुरक्षा व्यवस्थापनलगायत कार्यका लागि छुट्टाछुट्टै १९ वटा उपसमिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।
मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका,  देवघाट गाउँपालिका, चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन तथा सुरक्षा निकाय एवं अन्य सङ्घसंस्थासँग समन्वय गरिएको बरालले बताउनुभयो । मेला भर्न आउने भक्तजनका लागि रुट निर्धारण तथा चितवनतर्फको सडक मर्मत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
देवघाटस्थित झोलुङ्गे पुलबाट भारी मालसामान ढुवानीमा रोक लगाइसकिएको जनाउँदै निर्देशक बरालले मोटरसाइकलसहित सबै सवारीसाधनको आवतजावत झोलुङ्गे पुलमा निषेध गरिएको बताउनुभयो । उहाँका अनुसार पैदल यात्रुहरूले भने पुल प्रयोग गर्न सक्नेछन् ।

 

सवारीसाधनका लागि दासढुङ्गा पुल तथा ठिमुरा क्षेत्र प्रयोग गर्न सकिने र चितवनतर्फ सवारी पार्किङ गरी डुङ्गामार्फत रु ५० शुल्क तिरेर वारपार गर्न सकिने व्यवस्था मिलाइएको निर्देशक बरालले जानकारी दिनुभयो ।
मेलालाई मासु, मदिरा तथा धुम्रपानरहित बनाउने प्रयास गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले बताउनुभयो । उहाँका अनुसार यही पुस ११ गतेदेखि देवघाटधाम क्षेत्रलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । उहाँले मेलामा आउने भक्तजनहरूलाई प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गर्नुभयो ।

 

प्रदूषणका कारण वातावरण, नदीनाला तथा धार्मिक पर्यावरणमा नकारात्मक असर परिरहेको उल्लेख गर्दै अध्यक्ष डा लौडारीले नारायणी नदी तथा देवघाटधाम क्षेत्रको स्वच्छता कायम राख्न एकपटक प्रयोग हुने प्लास्टिक झोला (४० माइक्रोनभन्दा पातलो), प्लास्टिक बोतल, गिलास, प्लेटलगायत सामग्रीको प्रयोग क्रमशः निषेध गरिएको जानकारी दिनुभयो । वैकल्पिक रूपमा जैविक तथा वातावरणमैत्री सामग्री प्रयोग गर्न उहाँले सबै श्रद्धालु, शवयात्री, आगन्तुक तथा स्थानीयवासीलाई आग्रह गर्नुभयो ।

 

नेपालको मध्यभागमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । मुक्तिनाथबाट प्रवाहित शालिग्रामवाहिनी कृष्णागण्डकी र गोसाइँकुण्डबाट उद्गम भएको त्रिशूली नदीको सङ्गमस्थलका रूपमा रहेको यो क्षेत्र पुराणहरूमा आदिप्रयाग, हरिहर क्षेत्र, कदम्ब तीर्थ तथा चक्रतीर्थका नामले चिनिन्छ ।

 

देवघाटधाममा एकादशी, पूर्णिमा, सङ्क्रान्ति तथा ग्रहणका अवसरमा नियमित मेला लाग्ने गर्दछ । तीमध्ये माघे सङ्क्रान्तिमा विशेष मेला लाग्ने परम्परा छ । यस अवसरमा देश तथा विदेशबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनको आगमन हुने समितिले जनाएको छ ।

 

माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । ज्योतिषीय गणनाअनुसार सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । पद्मपुराणअनुसार यस दिन देवघाटधाममा स्नान गर्नाले अक्षय पुण्य प्राप्त हुनाका साथै प्रयागमा स्नान गरेसरहको फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको अध्यक्ष डा लौडारीले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९