पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

डुम्रे (तनहुँ), पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् । अधिक घरबास भएका जिल्लाका व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका घरबासलाई पदमार्गले जोडिएका हुन् ।
जिल्लाका यी दुई पालिकामा अधिक घरबास रहेका छन् । पदमार्गले घरबासलाई एकापसमा जोड्नाका साथै आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउन सहयोग पु¥याउने उद्देश्यले पदमार्गको नक्साङ्कन तयार पारिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत पुरानो बजार डुम्रेबाट आठ किलोमिटर दूरीमा पहाडकी रानी उपमाले परिचित बन्दीपुर पर्दछ । यहाँ पुगेपछि घरबासमा बस्न रुचाउने पर्यटकका लागि पदमार्गले जोडेर सहज बनाउने तयारीका साथ पदमार्गको नक्साङ्कन गरी प्रवद्र्धनको अन्तिम चरणमा रहेको सम्पदा नेपालका अध्यक्ष एवम् पर्यटनविद् हरिसिं गुरुङले जानकारी दिनुभयो ।
यात्रा तनहुँको हालको वा अघिल्लो जिल्ला सदरमुकाम (दमौली वा बन्दीपुर) बाट सुरु हुने उहाँले बताउनुभयो । समुद्री सतहबाट करिब ५०० देखि एक हजार २०० मिटर उचाइसम्मको फरकमा घरबासलाई पदमार्गले समेटिएको गुरुङले बताउनुभयो । “हालका लागि व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका होमस्टेलाई जोड्ने गरी पदमार्गको नक्साङ्कन भएको छ”, उहाँले भन्नुभयो, “विभिन्न स्थानमा नक्सा टाँसेर प्रचारप्रसार गर्ने तयारीमा छौँ ।”
पदमार्गमार्फत ७५ किलोमिटरको दूरीभित्रका १४ होमस्टेको अनुभव लिन सकिने गरी पदमार्ग तयार भएको अध्यक्ष गुरुङले बताउनुभयो । “उक्त दूरीभित्र सर्किटमा परेका ग्रामीण बस्तीलाई मूर्त र अमूर्त सांस्कृतिक सम्पदाले भरिपूर्ण हुने गरी जीवन्त सांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “यस पदमार्गमा पर्ने होमस्टे गाउँलाई जीवन्त सांस्कृतिक सङ्ग्रहालय नै बनाउन प्रोत्साहन गर्नेछौँ ।”
करिब ७५ किलोमिटर दूरीभित्रका होमस्टेलाई जोड्ने नेपालको पहिलो होमस्टे सर्किट देशको बीच भागमा बनाउने तयारी भएको उहाँको भनाइ छ । गुरुङले भन्नुभयो, “सर्किटका मुख्य आकर्षणका रुपमा १४ होमस्टेको अनुभव लिन सकिनेछ, यहाँबाट देखिन धौलागिरि, अन्नपूर्ण, लाङटाङ लगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिनेछ ।”
यसका साथै स्थानीय मेला र चाडपर्वका साथै कृषि गतिविधिमा भाग लिने अवसर प्राप्त गर्न सकिने र अधिकांश समुदायका परम्परागत कृषि गाउँमा पुग्न सकिनेछ । स्थानीयको जीवनयापन, अनुभवको मैत्रीपूर्ण अन्तरक्रिया गर्न मद्दत पुग्नेछ । ग्रामीण क्षेत्रवासीको न्यानो आतिथ्यता, जैविक रुपमा उत्पादित खाना, पेयपदार्थ र सांस्कृतिक कार्यक्रमको साथ विशिष्ट नेपाली पहाडी झुपडी तथा कटेजमा होमस्टेको अनुभूति गर्न पाइनेछ ।
ग्रामीण बस्तीको अन्वेषण र सुन्तला, स्थानीय मौसमी फलफूल तथा वनका उत्पादन टिपेर आनन्द लिन सकिनेछ । यस पदमार्गको माध्यमबाट नेपाली ग्रामीण जीवनलाई नजिकबाट चिन्न र अनुभव गर्न सकिनेछ । रिजल्यान्ड पदयात्रा र माउन्टेन बाइकिङको पनि प्रवद्र्धन गर्न सकिने गुरुङको भनाइ छ । चौध घरबासमा पुग्नका लागि यात्रा तनहुँको हालको वा अघिल्लो जिल्ला सदरमुकाम (दमौली वा बन्दीपुर) बाट सुरु सकिनेछ ।
यस पदमार्गमा मगर, गुरुङ, नेवार, क्षेत्री, ब्राह्मण, भुजेल, तामाङ र दलित समुदायको बासोबास रहेकाले यी समुदायका जीवनशैली, संस्कार, संस्कृतिको अनुभव गर्न सकिनेछ । रामकोट सामुदायिक घरबास, कुलुङ सामुदायिक घरबास, केशवटार सामुदायिक घरबास, रुम्सी सामुदायिक घरबास, धारापानी सामुदायिक घरबास, कमलबारी सामुदायिक घरबास, डाँडाछाप सामुदायिक घरबास, कोरिखा सामुदायिक घरबास, विमलनगर सामुदायिक घरबास, मोहरिया, बन्दीपुर, पाहुना, तीनधारा र विन्दवासिनी लगायतका घरबासलाई समेटिएको छ ।
बन्दीपुर, पाहुना र विन्दवासिनी सामुदायिक घरबासमा एकै साथ १५० जनासम्म राख्न सकिने जनाइएको छ । यस होमस्टे सर्किटमा झारगाउँ, कन्यादेवी मन्दिर, मणिमुकुन्देश्वरी मन्दिर, बन्दीपुर बजार लगायतका धार्मिक तथा सांस्कृतिक र पर्यटकीय ग्रामीण बस्तीको अनुभव लिन सकिनेछ ।  राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९