कभर्डहल निर्माण गर्न सहयोग सङ्कलन अभियान

म्याग्दी,  जिल्ला सदरमुकाम बेनीमा सुविधायुक्त र आधुनिक भलिबल कभर्डहल निर्माणका लागि जग्गा खरिद गर्न शनिबारदेखि सहयोग सङ्कलन अभियान सुरु भएको छ ।जिल्ला भलिबल सङ्घले दुई रोपनी आठ आना जग्गा खरिदका लागि सुुरु गरेको अभियानको पहिलो दिन रु तीन लाखभन्दा बढी सहयोग जुटाएको छ । सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले समुदायस्तरबाट सहयोग जुटाएर जग्गा व्यवस्थापन गरेपछि सरकारी लगानीमा कभर्डहल निर्माण गरिने जानकारी दिनुभयो ।

 

 

“बेनीको महारानीथान नजिकै खरिद गर्न लागिएको जग्गालाई रु एक करोड ४२ लाख ५० हजार मूल्याङ्कन गरी रु तीन लाख पेश्की उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “सार्वजनिक सङ्घसंस्थाको आफ्नै जग्गा नहुँदासम्म सरकारी निकायले पूर्वाधार निर्माणमा लगानी गर्न नमिल्ने नीतिगत व्यवस्थाका कारण अभियान सञ्चालन गरेका हौँ ।”

 

 

 

एक हजार जना दर्शक अट्ने क्षमताको भलिबल कोर्ट, अफिसियल बैठककक्ष, जिमहल, कपडा फेर्ने कोठा, चमेनागृह, प्यारापिट, एलसिडी बोर्ड, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, शयनकक्ष, भण्डारण, जेनेरेटर र कार्यकक्ष रहने रु तीन करोड लागत अनुमान गरिएको कभर्डहल चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

 

 

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट लगानी जुटाएर कभर्डहल निर्माण गरिने सङ्घले जनाएको छ । राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका थुप्रै भलिबल खेलाडी जन्माएको म्याग्दीमा हाल कभर्डहल नहुँदा ठूलो वर्षात, चर्को घाम र चिसो मौसममा खेल प्रतियोगिता र अभ्यास सञ्चालन गर्न समस्या भएको सङ्घका महासचिव कुमार किसानले बताउनुभयो ।

 

 

कभर्डहल निर्माणपछि सङ्घअन्तर्गतको अक्षयकोष कार्यसमितिमार्फत भलिबल प्रशिक्षण केन्द्रका रूपमा सञ्चालन गरिने योजना छ । विसं २०८० मा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतको सहयोगमा स्थापना भएको रु ४७ लाखको अक्षयकोष रकम वृद्धि गरी ब्याजबाट कभर्डहल तथा खेल प्रशिक्षण सञ्चालन गरिने सङ्घले जनाएको छ । सङ्घको कभर्डहल निर्माण गर्ने योजनालाई साझा मानेर सघाउने जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।

 

 

खेलाडी उत्पादनका लागि प्रशिक्षण र उमेर समूहको आधारमा प्रतियोगिता आयोजना गरी म्याग्दीलाई भलिबलको हब बनाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गरी व्यावसायिक खेलाडी उत्पादनमा जोड दिने, खेल संस्थाको विकास, विस्तार गर्न र अनुशासित, स्वस्थ्य नागरिक उत्पादनमा मद्दत पुर्याउने कभर्डहल निर्माणको प्रमुख उद्देश्य रहेको छ । सङ्घका अध्यक्ष बानियाँले रु एक लाख, व्यवसायी नरेन्द्र बस्नेत, जीवन खत्री, ईश्वर आचार्य, भीमनाथ शर्माले रु ५०–५० हजार र चिरञ्जीवी शर्माले रु २५ हजार सहयोग गर्नुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९