मौलिक परम्परागत ठाडोभाका संरक्षणका लागि प्रशिक्षण

डुम्रे (तनहुँ),  तनहुँको व्यास नगरपालिका–१२ गोल्लाका हिमला आलेले लोपोन्मुख ठाडोभाकाको संरक्षणका लागि प्रशिक्षण नै लियो । युट्युबलगायतका सामाजिक सञ्जालमा हेरेर गाउने प्रयास गरे पनि सफल नभएपछि उहाँले अहिले प्रशिक्षण नै लिनुभयो ।
“पहिले लोकभाकाको लय, शब्द, टुक्का कसरी जोड्ने थाहा नै पाएको थिएन । प्रशिक्षणपछि धेरै कुरा सिक्न पाएँ”, आले भन्नुहुन्छ, “प्रशिक्षणले यसलाई संरक्षण र प्रचारप्रसार गर्नेछ । नगरपालिकाले लोपोन्मुख भाकालाई पुस्ता हस्तान्तरण र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ ।” केही टुक्का जोडेर गाउन जानेको र अवसर पाए प्रयाससँगै पोख्त बन्ने उहाँको विश्वास छ ।

 

देवघाटका पुष्प थापा मगर पनि आफूले ठाडोभाका सिक्ने अवसर पाएको बताउनुहुन्छ । “ठाडोभाका सिक्ने मन भए पनि यस्तो अवसर पाएको थिएन । प्रशिक्षकले कहिले पनि गाउन नजानेका र केही जानेकालाई समेटेर सिकाउनुभयो । जसले तीन दिनमा गाउने प्रयासमा अधिकांश प्रशिक्षार्थीले स्वर दिएका छन्”, उहाँले भन्नुभयो, “ठाडोभाकाले अवसर सिर्जना गर्नुका साथै पुस्ता हस्तान्तरणमा टेवा पुगेको छ ।”

 

प्रशिक्षणमा नयाँ पुस्ताको रुपमा व्यास–६ उपल्लो साझाका गौकुमारी गुरुङ पनि हुनुहुन्छ । उहाँले भन्नुभयो, “ठाडोभाका हाम्रो मौलिक भाका हो । सुन्दा सजिलो तथा गाउन गाह्रो छ । अरु गीतभन्दा पृथक रहेको छ । अन्य गीतसङ्गीतमा ट्रयाकमा गाउन सकिन्छ भने ठाडोभाका हाम्रो मौलिक पहिचान हो । पुस्ता हस्तान्तरण हुन जरुरी छ र व्यास नगरपालिकाले गहन रुपमा लिएर प्रशिक्षण दिएको छ ।” उहाँ तालिमले आफ्नो स्वर र आत्मबल दुवै बढाएको बताउनुहुन्छ । “पहिला लय समात्नै गाह्रो लाग्थ्यो”, उहाँले भन्नुभयो, “तर अभ्यासपछि ठाडोभाकाको मौलिक धुन आफ्नै गलाबाट निस्कँदा गर्व लाग्छ, यसले हाम्रो क्षमता वृद्धि मात्र होइन, संस्कृति प्रतिको लगाव पनि बढाएको छ ।”

 

‘ठाडोभाका’ गण्डकी प्रदेशको मौलिक पहिचान हो । विगतमा प्रख्यात ‘ठाडोभाका’ लोपोन्मुख अवस्थामा पुगेको छ । यसको संरक्षण तथा पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले व्यास नगर प्रज्ञा प्रतिष्ठानले तीनदिने ठाडोभाका प्रशिक्षण दिएको छ ।

 

यही पुुस १७ देखि १९ गतेसम्म दमौलीमा ठाडोभाका प्रशिक्षणले पुराना स्वर, लय र अनुभूतिको विरासत नयाँ पुस्तासँग जोड्दै सांस्कृतिक उत्तराधिकारलाई जीवन्त बनाउने अभियानलाई मूर्त रूप दिन सफल भएको छ । व्यास नगर प्रज्ञा–प्रतिष्ठानको आयोजना, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहआयोजनामा सञ्चालित प्रशिक्षणमार्फत ६० जना प्रशिक्षित भएका छन् । उनीहरू ठाडोभाकाको स्वरशैली, लय, शब्दको भाव र प्रस्तुति विधिमा गहिरो अभ्यास गरी आफ्नो सांस्कृतिक पहिचानलाई बुझ्न र बोकेर हिँड्न प्रयासमा जुटेका छन् ।

 

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान तनहुँका अध्यक्ष विश्वकुमार बढाले यस प्रशिक्षणले पुरानो भाकालाई नयाँ जीवन दिएको बताउनुभयो ।  “हामीले सानैदेखि सुनेको यो भाका हराउँदै गएको थियो, तर यस प्रशिक्षणले यसको गहिराइ बुझ्न पाएँ”, उहाँले भन्नुभयो, “अब म यो विरासतलाई आफूसँगै नयाँपिँढीलाई प्रेरित गरेको छ र अरूलाई पनि सिकाउनसक्ने आत्मविश्वास पाएको छु ।”

 

ठाडोभाकाको शुद्धता, भाव र अनुशासनमा दख्खल भएका ठाडोभाका प्रख्यात गायक बुद्धिमान दुरा (धम्पु), गायिका सीतादेवी दुरा, अक्कल विरही गुरुङ र अनिता गुरुङको प्रशिक्षणले सहभागीलाई गीतप्रति प्रेरित गरेको छ ।  गुरुहरूको प्रत्यक्ष मार्गदर्शनमा प्रशिक्षार्थीले पुराना गीत, नयाँ अभ्यास र सामूहिक प्रस्तुतिमार्फत भाकालाई आत्मसात् गरेका छन् ।

 

ठाडोभाकाको उद्गमथलो लमजुङ हो । यो भाकाका सर्जक तथा गायक अधिकांश लमजुङ, तनहुँ र गोर्खाका छन् । तनहुँ र लमजुङका गाउँबस्तीमा जन्मिएको यो भाकालाई जोगाएर भेडीखर्के साइँलोले पु¥याएको विरासत आज नयाँ पुस्ताको काँधमा हस्तान्तरण भएको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

 

“यही पुस्तान्तरणकै प्रक्रियाले ठाडोभाकालाई स्मृतिमा सीमित नराखी व्यवहार र प्रस्तुतिमार्फत समाजमा पुनःस्थापित गर्ने उद्देश्यले नै प्रशिक्षण दिने योजना निर्धारण गरिएको हो”, नगर प्रमुख न्यौपानेले भन्नुभयो, “पुस्ता हस्तान्तरण र पुराना कला, संस्कार, संस्कृति संरक्षणका निम्ति व्यास नगर प्रज्ञा –प्रतिष्ठानले सभामा छलफलपछि गरिएको निर्णयले उत्साहित बनाएको छ ।” लोपोन्मुख कला, संस्कृतिको संरक्षणमा सबैको सहयोग आवश्यक हुने उहाँको भनाइ छ ।

 

यस प्रशिक्षणले ६० सहभागीलाई केवल गायक मात्र होइन । नगरपालिकाले संस्कृति बोकेका संवाहक बनाउने लक्ष्य लिएको छ । यही उत्साह, सीप र प्रतिबद्धताले ठाडोभाका अब समयसँगै हराउने होइन, पुस्तौँ पुस्तासम्म बाँचिरहने जीवन्त सांस्कृतिक धरोहर बन्ने अपेक्षा नगरपालिकाले गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९