शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो

गलेश्वर (म्याग्दी), शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ ।

 

विसं १९८३ मा जन्मिनुभएका थापाले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनका थुप्रै कालखण्ड अनुभव गर्नुभएको छ । राणा शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा देशमा आएका परिवर्तन उहाँले नजिकबाट देख्नुभएको हो ।

 

शतायु थापाको जीवन यात्रामा ८४ वर्षीया पत्नी खिरकुमारी थापाको साथ निरन्तर छ । पत्नी खिरकुमारीसँगै ७९ वर्षीया साली तुलकुमारी पनि उहाँसँगै हुनुहुन्छ । बिहान सबेरै उठ्ने, पूजा–पाठ गर्ने र सादा जीवन बिताउने उनीहरूको दिनचर्या दशकौँदेखि उस्तै छ ।

 

सय वर्ष पार गर्नुभएका थापा बिहानै उठ्नुहुन्छ । पुसको जाडोमा बाहिर निस्केर घाम ताप्ने, घरआँगन वरिपरि हिँड्डुल गर्ने र हरिभजन गाउँदै दिन बिताउने गर्नुहुन्छ । श्रीमती खिरकुमारीसँगै जीवनका सुख–दुःख, अभाव र सङ्घर्षसँगै भोगेका यी दम्पती समाजका लागि प्रेरणाका पात्र बनेका छन् । खड्गबहादुर भन्नुहुन्छ, “सरकारले भत्ता दिएको छ, आफ्नै छोरानाति नभए पनि दाइभाइका छोरानातिले खबर लिने, आवश्यक परेको बेला साथ सहयोग दिने गरेका छन् । अरू कुरामा कुनै चासो पनि छैन र कसैप्रति कुनै गुनासो पनि छैन ।”

 

खड्गबहादुर थापाको जीवन धार्मिक संस्कार र आस्थासँग गहिरो रूपमा गाँसिएको छ । बिहान उठ्नेबित्तिकै ईश्वर स्मरण गर्ने, मन शुद्ध राख्ने र अरूको कुभलो नचिताउने बानी उहाँको रहेको स्थानीय बताउँछन् । हिन्दू धार्मिक मान्यताअनुसार दीर्घायु हुनु पूर्वजको आशीर्वाद, सत्कर्म र संयमित जीवनको प्रतिफल मानिन्छ । यही विश्वासमा हुर्किएको पुस्ताका प्रतिनिधि हुनुहुन्छ खड्गबहादुर थापा । उहाँ भन्नुहुन्छ, “धन, सम्पत्ति भन्दा पनि मन शान्त भयो भने रोग लाग्दैन ।”

 

अभावबीच बितेको सङ्घर्षपूर्ण जीवन

थापाको जीवन सहज थिएन । बाल्यकाल र युवावस्थामा आजको जस्तो सुविधा थिएन । खेतबारीमा श्रम गर्नु, घाँस–दाउरा गर्नु, टाढाटाढाबाट पानी बोक्नु नै दैनिकी थियो । थापा भन्नुहुन्छ, “सकुन्जेलसम्म भारी बोक्ने, खेतबारीमा काम गर्ने गर्थे, शरीरलाई कहिल्यै पनि अल्छी हुन दिइनँ । शरीर बलियो थियो । दुःख त कति गरियो भनिसाध्य छैन ।”चिकित्सा विज्ञानका अनुसार प्राकृतिक र सन्तुलित आहारले मधुमेह, उच्च रक्तचाप र मुटुरोगको जोखिम कम गर्छ । थापाको जीवनशैलीले यही वैज्ञानिक तथ्य पुष्टि गरेको देखिन्छ ।

 

दाम्पत्य समझदारी र पारिवारिक साथ

चौरासी वर्षीया श्रीमती खिरकुमारी थापा जीवनभरको सहयात्री बनेर श्रीमान्का साथमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले ठूला सपना देखेनौँ, मन मिलाएर जीवन बितायौँ ।”समाजशास्त्रीहरूका अनुसार सुदृढ पारिवारिक सम्बन्ध र भावनात्मक साथले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, जसले दीर्घायुमा मद्दत गर्छ । थापा दम्पतीको जीवन यसैको उदाहरण हो ।थापाले आफ्नो दीर्घायुको प्रमुख कारण धार्मिक आस्था र अनुशासनलाई मान्नुहुन्छ । उहाँ हरेक दिन बिहान स्नानपछि पूजा–पाठ गर्ने गर्नुहुन्छ । “मन शान्त भयो भने शरीर आफैँ ठीक हुन्छ,” उहाँले भन्नुभयो ।

 

चिकित्सकहरूका अनुसार शतायु पार गरेका धेरै व्यक्तिहरूमा समान जीवनशैली देखिन्छ । कम तनाव, नियमित हिँड्डुल, सन्तुलित आहार र सकारात्मक सोच दीर्घायुका मुख्य आधार मानिने चिकित्सकहरू बताउँछन् । ध्यान, प्रार्थना र सामाजिक सक्रियताले मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानले देखाएको छ । “धार्मिक अभ्यास र ध्यानले तनाव कम गराउँछ, जसले दीर्घकालीन स्वास्थ्यमा सहयोग पु¥याउँछ,” नविक आनन्द योग केन्द्रका योगगुरु नवीन जुग्जालीले बताउनुभयो ।

 

युवावस्थामा खेतीपाती र मजदुरी गर्दै गुजारा चलाउनुभएका थापाले गरिबी र अभावका दिन पनि देख्नुभयो । “खान नपाएको दिन आयो, तर गलत बाटो कहिल्यै समातिनँ,” उहाँले भन्नुभयो, “दुःखलाई स्वाभाविक रूपमा स्वीकार गर्न सक्ने मानिस मानसिक रूपमा बलियो हुन्छ । धेरै चिन्ता गर्ने मान्छे छिट्टै थाक्छ ।”

 

नयाँ पुस्तालाई सन्देश

शतायु थापाले नयाँ पुस्तालाई अनुशासित र संयमित जीवनशैली अपनाउन सुझाव दिनुभएको छ । “छिटो सबै चाहने बानीले शरीर र मन दुबै बिगार्छ,” उहाँले भन्नुभयो । मदिरा, धूम्रपान र असन्तुलित खानपानबाट टाढा रहन सके दीर्घायु सम्भव हुने उहाँको धारणा छ । आधुनिक जीवनशैली, असन्तुलित खानपान, मानसिक तनाव र रोगको चपेटाका कारण मानिस अल्पायुमै थला पर्दै क्रम बढ्दै गएको अवस्थामा शतायु वृद्ध थापा नयाँ पुस्तालाई अनुशासित र संयमित जीवनशैली अपनाउन सुझाव दिनुभएको छ ।

 

स्थानीय बासिन्दाले खड्गबहादुर थापालाई ‘जीवित इतिहास’ का रूपमा सम्मान गर्छन् । स्थानीय समाजसेवी नारायण कार्की भन्नुहुन्छ, “इतिहास किताबमा मात्र होइन, यस्ता व्यक्तिमा पनि सुरक्षित हुन्छ ।”शतायु पार गरेका खड्गबहादुर थापाको जीवनले दीर्घायु केवल औषधि वा सुविधाले होइन, जीवनशैली, अनुशासन र मानसिक सन्तुलनले सम्भव हुन्छ भन्ने सन्देश दिएको छ । आधुनिक जीवनशैलीका कारण बढ्दो तनाव र रोगबीच उहाँको जीवन समाजका लागि प्रेरणाको स्रोत बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९