काठमाडौँ–१ः ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौँ,  प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा संसदीय राजनीतिका लागि सबै नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा छन्
विसं २०४६ को राजनीतिक परिवर्तन पछाडि नेपाली कांग्रेसका कार्यवाहक सभापति एवं तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव मदनकुमार भण्डारी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कांग्रेस नेता प्रकाशमानसिंह र एमाले नेता प्रदीप नेपाललगायत ‘हेभीवेट’ नेता चुनावी प्रतिस्पर्धामा होमिएको सो निर्वाचन क्षेत्र सधैँ चर्चामा रहँदै आएको छ ।

 

विसं २०४८ मा उक्त निर्वाचन क्षेत्रबाट तत्कालीन प्रधानमन्त्री भट्टराईलाई पराजित गर्दै एमालेका तत्कालीन महासचिव भण्डारी विजयी हुनुभयो । प्रजातन्त्रपछि गठित सरकारका प्रधानमन्त्री नै पराजित भएको विषयको समाचारले राष्ट्रिय तथा अन्तरराष्ट्रियरूपमा ठूलो चर्चा पाएको थियो ।

 

महासचिव भण्डारीको सडक दुर्घटनामा निधन भएपछि २०५१ सालको उपनिर्वाचनमा उहाँकी धर्मपत्नी विद्यादेवी काँग्रेसका पूर्वकार्यवाहक सभापति भट्टराईलाई पराजित गर्दै विजयी हुनुभयो । राजधानी उपत्यकामा उक्त निर्वाचन क्षेत्रलाई कांग्रेसकै मतदाता बाहुल्यता भएको मानिँदै आएको छ । मुलुकमा प्रजातन्त्र पुनःबहालीपछिका निर्वाचनमा एमालेको बहुल्यता रहेको उक्त निर्वाचन क्षेत्रमा गणतन्त्रपछि भने नेपाली कांग्रेसले आफ्नो पक्कड क्षेत्रकारूपमा कायम राखेको थियो ।

 

विसं २०५१ मा भएको मध्यावधि निर्वाचनमा एमाले अध्यक्ष मनमोहन अधिकारी सो क्षेत्रबाट विजयी हुनुभयो । त्यसपछि भएको २०५३ उपनिर्वाचनमा भने कांग्रेसका तर्फबाट नारायणप्रसाद ढकालले सफलता पाउनुभयो । विसं २०५६ को संसदीय निर्वाचनमा एमाले नेता प्रदीप नेपाल विजयी हुनुभयो । त्यसपछि २०६४ देखि २०७९ सम्म भएका चार वटा निर्वाचनमा नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहलाई लगातार विजयी हुनुभयो ।

 

मुलुकका प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च न्यायालय, जननिर्वाचित प्रतिनिधिको थलो संसद्, गत भदौको जेनजी आन्दोलनको केन्द्र रहेको निर्वाचन क्षेत्र नं १ मा राजनीतिक दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

 

 

त्यसमध्ये राजनीतिक दलबाट तीन महिलासहित १६ र एक महिलासहित १३ जना स्वतन्त्र उम्मेदवार रहनुभएको काठमाडौँ जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटक काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राजनीतिक दलका तर्फबाट २४ महिलासहित १६८ तथा २२ महिलासहित ८२ स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

 

 

सहायक निर्वाचन अधिकृत भरत घिमिरेका अनुसार ४८ हजार ४८९ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा २२ मतदानस्थल र ५७ वटा मतदान केन्द्र छन् । उक्त निर्वाचन क्षेत्रभित्र काठमाडौँ महानगरपालिकाको १०, ११, २९ र ३१ वडा पर्दछन् । बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयका रहेको मतदान स्थालमा पाँच वटा मतदान केन्द्रमा चार हजार चार सय चौहत्तर मतदाता रहनुभएको छ ।

 

यस पटकको निर्वाचनमा सो क्षेत्रबाट एमालेका मोहनराज रेग्मी, नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री, नेपाली कम्युनिष्ट पार्टीका मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रन्जु दर्शना (न्यौपाने), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रको उम्मेदवारी परेको छ ।

 

 

यस्तै जनता समाजवादी पार्टी नेपालबाट प्रकाश नायजु, नेपाल मजदुर किसान पार्टीबाट रमिला ज्याख्व (सुवाल), प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सविन सिग्देल, श्रम संस्कृति पार्टीका समिर लामा तामाङ, मितेरी पार्टी नेपालबाट राजकुमार लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का धनराज शाही, उज्यालो नेपाल पार्टीबाट मङ्गलाल श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टी, नेपालबाट इन्द्रप्रसाद श्रेष्ठ र नेपाल जनसेवा पार्टीबाट अर्जुनबहादुर शाही चुनावी मैदानमा हुनुहुन्छ ।

 

 

समावेशी समाजवादी पार्टीका सुरेन्द्र पाण्डे, जनादेश पार्टी नेपालका कमल सुवेदी, स्वतन्त्र उम्मेदवार कमल कोइराला, राजु भुजेल, शम्भु पोखरेल, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी, असिममान सिंह बस्न्यात, किरण शाह, कुमार शाही, राजकुमार बजगाई, शान्ति श्रेष्ठ, कुशल खत्री, सङ्गीत बम्म र रमेशप्रसाद जोशी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

 

एमालेका उम्मेदवार मोहनराज रेग्मीले राजनीतिक स्थायित्व दिलाउन, व्यवस्थाको सुदृढीकरण, आन्दोलनमा भएको ठूलो क्षतिको पुनःनिर्माण, अव्यवस्थित बसोबास, खोला किनारा क्षेत्रको संरक्षण, पार्किङको व्यवस्था जस्ता विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुहुन्छ ।

 

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तेस्रो पटक सो निर्वाचन क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ । “यो पटक मेरो उम्मेदवारीप्रति मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु, फरक राजनीतिक दर्शन र सिद्धान्त बोकेका मतदाताले पनि भेटघाटको अवसर मिलाइदिनुभएको छ, मतदाताको भावना परिवर्तन गर्नुपर्छ भन्ने छ”, उहाँले भन्नुभयो, “उम्मेदवारले मतदातालाई पुरानो मनोविज्ञानबाट बाहिर निकाल्न पर्ने आवश्यकता देखेको छु ।”

 

 

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेनुका भण्डारीले नागरिक आन्दोलनबाट आएकाले जनताको गुनासोलाई प्रतिनिधिसभामा पुर्‍याउने र कार्यान्वयनका लागि दबाव दिने कार्य आफ्नो प्राथमिकतामा पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “क्षेत्र नं १ मा मुलुकका सबै जिल्लाका नागरिकको बसोबास रहेको, भौतिक पूर्वाधारको विकास र शैक्षिक ‘हव’ का रूपमा रहेको छ, अब फोहरमैला व्यवस्थापन, ढल र खानेपानीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने स्थानीयको माग छ ।”

 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) समग्र मतदाताको भावना राजनीतिक परिवर्तनसँगै चुनावी घोषणापत्र अध्ययनका आधारमा मत जाहेर गर्ने प्रतिक्रिया प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसदीय निर्वाचन भएकाले जनप्रतिनिधिले नीति र विधि बनाउने कार्य जिम्मेवारी हो भन्ने मतदाताले बुझ्नुभएको छ, यस क्षेत्रमा समग्र शान्ति सुरक्षा, व्यवसाय प्रवर्द्धन, सवारी र सडक व्यवस्थापनलगायत समस्या समाधानका लागि काम गर्नेछु ।”

 

 

नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रमिला ज्याख्व आफ्नो पार्टीले राष्ट्रिय स्वाधिनता र किसानको हकहितमा काम गर्दै आइरहेकाले यी नै विषय आफ्नो चुनावी एजेण्डा रहेको स्पष्ट पार्नुभयो । “शैक्षिक योग्यताअनुसार स्वदेशमै रोजगारी हुनुपर्छ । हुल दङ्गाको राजनीति चाहिदैन, अहिले सिद्धान्त र विचारका हिसाबले नेतृत्व गर्ने दलको खाँचो छ”, उहाँले भन्नुभयो ।

 

स्वतन्त्र उम्मेदवार असिममानसिंह बस्न्यात यसअघिका निर्वाचनमा विजयी भएका सांसद मतादातालाई अप्ठयारो पर्दा निर्वाचन क्षेत्रमा फर्केर नआएको भन्ने गुनासोलाई आफू विजयी भएको खण्डमा त्यसलाई दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो निर्वाचन क्षेत्रमा सबै नयाँ अनुहार छौँ, मतदाताले व्यक्तिगत योगदानको पाटोलाई केलाएर हेर्छन्”, उहाँले भन्नुभयो, “स्थानीय भएकाले ‘यो क्षेत्र मबाट अलग र क्षेत्रसँग म अलग हुन्न’ भन्ने मेरो प्रतिबद्धतालाई मतदाताले स्वागत गर्नुभएको छ ।”

 

निर्वाचन क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले उम्मेदवारको मनोनयन पत्र र निर्वाचन चिह्न प्रदानको काम सम्पन्न भइसकेकाले मतदानस्थल र केन्द्रको व्यवस्थापनबारे निरीक्षण र अध्ययनका कार्यअघि बढिरहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९