आलेखः विश्व क्यान्सर दिवसः समयमै पहिचान र उपचार नै जीवन रक्षा

भद्रपुर (झापा),  झापाको बिर्तामोड–४ की सावित्री राजवंशीको ५६ वर्षको उमेरमा स्तन (ब्रेस्ट) क्यान्सरका कारण निधन भयो । क्यान्सर लागेको थाहा पाउँदा उहाँको रोग चौथो स्टेजमा पुगेको थियो । अस्पतालमा जाँच गर्दा ढिलो भइसकेको भन्दै चिकित्सकले उपचार सुरु गरे पनि चार वर्षसम्म निरन्तर उपचाररत रहँदै उहाँले संसार त्याग्नुभयो । परिवारले सक्दो प्रयास र सहयोग गरे पनि समयमै रोग पहिचान नहुँदा उहाँको ज्यान जोगाउन सकिएन ।

 

 

त्यस्तै झापाको भद्रपुर नगरपालिका–८ का देवेन्द्र किशोर ढुङ्गाना भने क्यान्सरलाई जितेर अहिले सामान्य जीवन बिताइरहनुभएको छ । हाल ६५ वर्ष पुग्नुभएका ढुङ्गानाको १० वर्षअघि एक्कासि स्वर कम हुन थालेपछि शङ्का लागि विभिन्न अस्पतालमा जाँच गर्दा दोस्रो स्टेजको क्यान्सर पत्ता लागेको थियो । चिकित्सकको सल्लाहअनुसार समयमै उपचार सुरु गरेपछि उहाँ पूर्ण रूपमा स्वस्थ रहनुभएको छ र दैनिक जीवनमा सक्रिय रहनुभएको छ ।

 

 

यी दुई फरक–फरक अनुभवले देखाउँछन् कि क्यान्सर समयमै पत्ता लागेमा पूर्ण रूपमा निको पार्न सकिन्छ तर ढिलो पहिचान हुँदा जीवन नै जोखिममा पर्नसक्छ । चिकित्सकहरूले क्यान्सर डराउनुपर्ने रोग नभई बेहोरामा गम्भीर रोग भएको र प्रारम्भिक लक्षणलाई सामान्य ठानेर ढिला गर्दा उपचार जटिल हुँदै जाने र रोग फैलिने जोखिम बढ्ने बताएका छन् ।

 

 

त्यसैले नियमित स्वास्थ्य जाँच, लक्षणप्रति सचेत रहनु र चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउनु अत्यन्तै आवश्यक रहेको विशेषज्ञहरूले सुझाव दिएका छन् । प्रारम्भिक पहिचानले उपचार सहज र प्रभावकारी बनाउँछ भने ढिला गरिएको उपचारले जटिलता, लामो समयको उपचार र आर्थिक बोझ बढाउन सक्छ ।

 

 

पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापाका निर्देशक डा वीरेन्द्र यादवका अनुसार, क्यान्सर शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा वृद्धि हुने गम्भीर रोग हो । सामान्य अवस्थामा शरीरका कोषिकाहरू नियन्त्रित रूपमा बढ्ने र निश्चित समयपछि नष्ट हुने प्रक्रिया हुन्छ । तर क्यान्सरमा कोषिकाहरू नियन्त्रण बाहिर बढ्दै जान्छन् र क्रमशः शरीरका अन्य अङ्गमा समेत फैलिन सक्छन् । यही कारण क्यान्सरलाई जटिल र घातक रोगका रूपमा लिइन्छ ।

 

 

डा यादवका अनुसार क्यान्सर पहिलो र दोस्रो स्टेजमै पत्ता लागेमा पूर्ण रूपमा निको पार्न सकिने सम्भावना अत्यन्त उच्च हुन्छ । “पहिलो स्टेजको क्यान्सर करिब ९० प्रतिशतसम्म निको हुन्छ । दोस्रो स्टेजमा ८०–८५ प्रतिशतसम्म उपचार सफल हुन्छ”, उहाँले भन्नुभयो, “तर व्यवहारमा अधिकांश बिरामी ढिलो गरी अस्पताल पुग्ने गरेका छन् ।”

 

 

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये करिब ७० प्रतिशत तेस्रो र चौथो स्टेजमा मात्रै आइपुग्ने गरेको डा यादवको भनाइ छ । “तीमध्ये करिब ५० प्रतिशत बिरामी अन्तिमअर्थात् चौथो स्टेजमै अस्पताल आउँछन्”, उहाँले भन्नुभयो । सुरुआती चरणअर्थात् पहिलो स्टेजमा आउने बिरामीको प्रतिशत १२–१३ मात्र रहेको छ भने दोस्रो स्टेजमा आउने बिरामी १६–१७ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

 

 

क्यान्सरको उपचार सम्भावना स्टेजअनुसार फरक–फरक हुने गरेको डा यादव बताउनुहुन्छ । उहाँका अनुसार पहिलो स्टेजमा उपचार सफलताको दर ९० प्रतिशतसम्म रहने गरेको छ, दोस्रो स्टेजमा ८०–८५ प्रतिशत, तेस्रो स्टेजमा करिब ७० प्रतिशत र चौथो स्टेजमा झरेर करिब २० प्रतिशतमा सीमित हुन्छ । यस्तै अस्पतालको तथ्याङ्कअनुसार चौथो स्टेजका बिरामीमध्ये अधिकांश चार–पाँच वर्षसम्म मात्र बाँच्ने गरेका छन् ।

 

 

 

धुम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, बढ्दो शहरीकरण र बदलिँदो जीवनशैली क्यान्सरका प्रमुख कारण रहेको डा यादव बताउनुहुन्छ । “क्यान्सरको सबैभन्दा ठूलो कारण धुम्रपान हो”, डा यादवले स्पष्ट पार्नुभयो । उहाँका अनुसार युवावस्थादेखि नै अपनाइने गलत जीवनशैलीले पछि गएर क्यान्सरको जोखिम उल्लेखनीय रूपमा बढाउँछ । साथै, अत्यधिक मांसाहार, प्रशोधित खाना, बढी चिनी र बोसोयुक्त पदार्थको सेवन, पर्याप्त निद्रा नपाउनु र तनावपूर्ण जीवनशैलीले पनि क्यान्सरको सँभावना बढाएको हुन्छ । डा यादवका अनुसार जीवनशैली सुधार, नियमित व्यायाम, सन्तुलित आहार, धुम्रपान र मद्यपानबाट टाढा रहनु, साथै समय समयमा स्वास्थ्य जाँच गराउनु क्यान्सर रोकथाम र प्रारम्भिक उपचारका लागि अत्यन्तै आवश्यक छ ।

 

 

महिलामा हाल सबैभन्दा धेरै देखिने क्यान्सर स्तन क्यान्सर हो भने त्यसपछि पाठेघरको क्यान्सर रहेको छ । पहिले पाठेघरको क्यान्सर बढी देखिन्थ्यो, तर पछिल्लो समय सेनेटरी प्याडको प्रयोग, व्यक्तिगत स्वच्छतामा ध्यान र स्वास्थ्य सचेतना बढ्दै गएको कारण यसको दर केही घटेको डा यादवले बताउनुभयो । पुरुषमा मुख्य रूपमा फोक्सो, मुख तथा घाँटीको क्यान्सर देखिन्छ । महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै देखिने र क्यान्सरजन्य मृत्युको प्रमुख कारण बनेको उहाँको भनाइ छ ।

 

 

पूर्वाञ्चल क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार पछिल्लो छ वर्षमा करिब आठ हजार क्यान्सरका बिरामी पत्ता लागेका छन् । वार्षिक रूपमा करिब एक हजार ८०० बिरामीले ओपिडी सेवा लिएका छन् । यसले क्यान्सरका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको सङ्केत गर्छ भने समयमै रोकथाम र जाँचको आवश्यकता अझै बढ्दै गएको देखाउँछ ।

 

 

 

क्यान्सर समयमै पत्ता नलाग्नुका मुख्य कारणमा जनचेतनाको अभाव, जाँच गराउने केन्द्रबारे पर्याप्त जानकारी नहुनु, अस्पतालसम्म पुग्ने यातायातको सीमितता र आर्थिक समस्या रहेको डा यादवले बताउनुभयो । “धेरै बिरामी आर्थिक अभावकै कारण ढिला उपचारमा आउँछन्”, उहाँले भन्नुभयो ।

 

 

डा यादवका अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिक अझ बढी प्रभावित हुने गर्छन्, जहाँ स्वास्थ्य सेवा पहुँचमा कठिनाइ, पर्याप्त स्वास्थ्य उपकरण र विशेषज्ञको कमीले प्रारम्भिक पहिचानमा बाधा पु¥याउँछ । साथै, केही बिरामीहरू परम्परागत वा वैकल्पिक उपचारतिर जाने प्रवृत्ति राख्दा पनि क्यान्सर ढिला पत्ता लाग्ने र उपचार जटिल हुने जोखिम बढ्ने डा यादवले उल्लेख गर्नुभयो । डा यादवले सबै नागरिकलाई समयमै स्वास्थ्य जाँच गराउन, लक्षण देखिनासाथ विशेषज्ञसँग सल्लाह लिन र क्यान्सर रोकथामका उपाय अपनाउन सचेत हुन सुझाउनुहुन्छ ।

 

 

नेपाल सरकारले क्यान्सरलाई जटिल रोगको सूचीमा राखेको छ । यसअन्तर्गत क्यान्सरका बिरामीलाई रु एक लाखसम्मको उपचार अनुदान उपलब्ध गराइएको छ । साथै, स्थानीय तहबाट मासिक रु पाँच हजारसहयोग दिने व्यवस्था पनि छ । तर, यो व्यवस्था व्यावहारिक नभएको डा यादवको धारणा छ । “पूर्ण रूपमा निको भइसकेका बिरामीले मासिक रु पाँच हजार पाउँछन् तर जटिल अवस्थामा पुगेका बिरामी आर्थिक अभावकै कारण उपचारबाट वञ्चित छन्”, उहाँले भन्नुभयो ।

 

 

डा यादवका अनुसार मासिक सहयोगको सट्टा जटिल स्टेजमा पुगेका बिरामीलाई आवश्यकताअनुसार एकमुष्ट रकम उपलब्ध गराए प्रभावकारी हुनेछ । ‘विपन्न नागरिक औषधोपचार कोष निर्देशिका २०७५’ अनुसार विपन्न नागरिकले वडा कार्यालयको सिफारिस, चिकित्सकको प्रेस्क्रिप्सन, नागरिकताको प्रतिलिपि र अन्य आवश्यक कागजात बुझाएपछि उपचार सहुलियत पाउन सक्छन् । तर प्रक्रिया झन्झटिलो भएकाले धेरै बिरामी समयमै सुविधा लिन नसक्ने अवस्था रहेको डा यादव बताउनुहुन्छ ।

 

 

डा यादवले क्यान्सर बिरामीका लागि छुट्टै दीर्घकालीन कोष स्थापना गर्नुपर्ने औँल्याउनुभयो । साथै, स्वास्थ्य बिमामा रहेको तीन महिना पर्खनुपर्ने व्यवस्था हटाएर बिमा सुरु भएको मितिबाटै उपचार सुविधा लागू गरिनुपर्ने उहाँको सुझाव छ । यसले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्न सक्छ र बिरामीलाई समयमै उपचार सुनिश्चित गर्न सहयोग पु¥याउँछ । “सरकार र स्वास्थ्य संस्थाले सहुलियतको पहुँच बढाउन, अनुदान र बिमा दुवैलाई सहज र प्रभावकारी बनाउनु जरूरी छ, ताकि जटिल अवस्थाका बिरामीलाई ढिला नहोस् र जीवन रक्षा सुनिश्चित होस्”, डा यादवले भन्नुभयो ।

 

 

विश्व क्यान्सर दिवसको सन्दर्भमा चिकित्सकहरूले समयमै स्वास्थ्य परीक्षण, स्वस्थ जीवनशैली अपनाउने, धुम्रपान र मद्यपान त्याग्ने र व्यापक जनचेतनामा जोड दिने आग्रह गरेका छन् । ढिला उपचार गर्दा जीवन जोखिममा पर्न सक्ने भए पनि, समयमै पहिचान र उपचार गरेमा क्यान्सर पूर्ण रूपमा निको पार्न सकिने रोग भएको उनीहरूको निष्कर्ष छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

काठमाडौँ, नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै त्यसले विश्वलाई शान्ति र सहकार्यको मार्ग देखाएको बताएको छ ।बुद्धजयन्तीका अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका...

कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल

काठमाडौँ,  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल सुरु गरेको छ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुईवटा १३२ केभी क्षमताका टावर ढलेपछि कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको थियो ।   ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९