विचारः देश जोड्दै क्रिकेट

काठमाडौँ, सन्दर्भ, टि टवेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको तेस्रो पटकको सहभागिता । निश्चय पनि नेपाल र नेपालीका लागि यो सन्दर्भ ठूलो उपलब्धि र महत्वको कुरा हो । भारत र श्रीलङ्कामा हुने विश्वकपका खेलहरुको प्रारम्भ शनिबार भएको छ । कोलम्बोमा पाकिस्तान र नेदरल्याण्डबीच पहिलो खेलसँगै सुरु भएको यस प्रतियोगिताको दोस्रो दिन अर्थात् आइतबार (फेब्रुअरी ८)को खेल भारतको मुम्बइस्थित प्रसिद्ध वानखेडे रङ्गशालामा हुँदैछ । नेपालले आफ्ना सबै खेल यस रङ्गशालामा खेल्नेछ ।

 

 

 

यो यस्तो अवसर हो, जसप्रति सम्पूर्ण देशवासीमा समानरुपले खुशियाली माइरहेका छन् । केही सम्बद्ध व्यक्तिका अनुसार अहिले नेपामा टेलिभिजनको बिक्री बढेको छ भने घरमा भएको टेलिभिजनमा क्रिकेट हेर्न सकिने प्रविधिको जोहो गर्नेको सङ्ख्या पनि अत्यधिक छ । यस्तै विभिन्न ठाउँमा विश्वकपअन्तर्गतका नेपालको खेल हेर्न ठूला टेलिभिजन जडान गर्ने कार्यले पनि तीव्रता पाएको छ । झट्ट हेर्दा यी कार्य खासै विचार गर्न योग्य नहुन पनि सक्छन् तर मिहीन ढङ्गले विश्लेषण गर्ने हो भने यसको निकै ठूलो भावनात्मक महत्व छ । एक समय थियो, जब नेपालमा क्रिकेटलाई छुने गरेको थिएन ।

 

 

खेलकुदसँग सम्बद्ध नेपालको पहिलो संस्था निर्माण गनै सफल नेपाली क्रिकेट ‘राष्ट्रिय’ हुन निकै वर्ष लाग्यो । तर जब यो खेलले राष्ट्रिय स्वर ग्रहण गर्न सक्यो, यसप्रतिको आकर्षणमा अत्यधिक वृद्धि भयो । यो आकर्षणमा यति वृद्धि भयो कि आज नेपाली क्रिकेटका दर्शक र प्रशंसक विश्वव्यापी रुपमा चिनिन थालेका छन् । यसको प्रभाव वानखेडेमा पनि पर्ने निश्चित छ । ठूलो सङ्ख्यमा नेपाली क्रिकेटप्रेमी यस पटक मुम्बई पुग्नेछन् सञ्चार माध्यममार्फत सार्वजनिक जानकारीअनुसार त नेपालको खेल हुने दिनका रङ्गशालाका सबै सिटका टिकट बिक्री भइसकेका छन् । महत्वपूर्ण कुरा त के भने यसरी विश्वमा चर्चित भएका नेपाली क्रिकेटप्रमीहरु कुनै खास जात, वर्ग, समुदाय, भूगोल र धर्मका छैनन् । सबैथरि छन् । यसैले पनि क्रिकेटले वास्तवमा ‘राष्ट्रिय’ स्वरुप ग्रहण गरेको स्वीकार गर्न सकिन्छ ।

 

 

 

पछिल्लो समयमा यसको महत्व नेपालको राष्ट्र«निर्माता प्रवद्र्धनसँग पनि जोडिएको छ भनेर भनियो भने अनुचित हुने छैन । विभिन्न देशमा राष्ट्र जोड्ने राष्ट्रियताका विविध प्रतीकलाई आमजनताले स्वीकार गरेका हुन्छन् । दक्षिण एसियाली देशहरु भारत, पाकिस्तान र श्रीलंकामा अन्य धेरै यस्ता प्रतीक छन्, एक प्रतीक भने क्रिकेट पनि हो । यस्तै राष्ट्र« जोडने एक प्रतीकका रुपमा नेपालमा पनि क्रिकेटप्रतिको स्वीकृतिमा बढोत्तरी भएको पाउन सकिन्छ । नेपालमा पञ्चायतकालमा राष्ट्रियताका अनेक प्रतीकको विकास गर्न खोजियो ।

 

 

 

यसमा टोपी, झण्डा, गाई आदि प्रमुख थिए । यस्तै प्रतीकका रुपमा सगरमाथालगायतका हिमालहरुको पनि प्रयोग गर्ने गरेको पाइन्छ तर वास्तवमा विश्लेषण गर्ने हो भने यीमध्ये कुनैले पनि राष्ट्रिय रुपमा आम स्वीकृति प्राप्त गर्न सकेनन्, हाम्रो यथार्थ यही हो, स्वीकार्नै पर्छ । यसका अतिरिक्त राष्ट्रियताको प्रतीक बन्नसक्ने सम्भावना रहेको बुद्ध, जानकीलगायतलाई विगतमा खासै महत्व दिइएको पाइएन । अचम्म छ, विगतमा क्रिकेटलाई जहिले पनि विदेशीको खेल भनेर पन्छाइयो र फुटवललाई अन्तरराष्ट्रिय खेलका रुपमा स्वीकार गरियो । फुटबलमा त लगानी पनि निकै ठूलो गरिएको हो तर खासै उपलब्धि प्राप्त हुन सकेन । यसविपरीत क्रिकेटमा जनस्तरको रुचि र लगानी रह्यो । प्रतिफल अहिले प्राप्त भइरहेको छ, कुनै न कुनै रुपमा यो राष्ट्रियताको प्रतीक बन्दैछ र आम नेपालीबाट स्वीकृति पाउँदैछ ।

 

 

वास्तवमा राष्ट्र«निर्माण एक प्रक्रिया हो जो कुनै न कुनै रुपमा सधँै नै निरन्तर जारी रहन्छ । राष्ट्र«निर्माणलाई सुक्ष्मरुपमा बुझ्ने प्रयत्न गर्ने हो भने यसलाई दुईवटा सन्दर्भमा हेर्न सकिन्छ । पहिलो, समग्रमा राष्ट्र«निर्माण (बन्ने) हुने कुरा र दोस्रो, निर्माण भइसकेको राष्ट्र«लाई समुन्नत र समृद्ध बनाउने कुरा । तर उपयुक्त दुवैमा एउटा कुराको समानताको अपेक्षा गरिन्छ । त्यो के भने त्यहाँ बसोवास गर्ने जनताको इच्छा–आकांक्षा, समाज, धर्म–संस्कृति, भाषा–साहित्य आदिको समान स्वीकृति र प्रस्फूटनको अवस्था निर्माण हुनु अपेक्षित हुन्छ ।

 

 

राष्ट्र«निर्माणको सम्बन्ध खास भूगोलको राष्ट्रियतासँग छ । यी विषयहरु तिनले निर्माण गर्न चाहेको तिनका राष्ट्र«निर्माण पहिचानसँग पनि सम्बन्धित छन् र यसको निर्माणका लागि राज्यको शक्ति प्रयोग हुने वा गर्ने सोच निहीत हुन्छ । यस दृष्टिले पनि क्रिकेट महत्वपूर्ण छ । अर्कोतर्फ, राष्ट्र«निर्माणको सम्बन्ध आर्थिक र भौतिक विकास तथा त्यस्ता विकासमा सबैको सहभागिता एवं प्रतिफलको उचित र समान सदुपयोगसँग पनि छ । त्यस्तै मानवअधिकारको प्रत्याभूति र संरक्षणसँग पनि राष्ट्र«निर्माणको सन्दर्भ जोडिएको हुन्छ । यसरी हेर्ने हो भने हामीकहाँ माथि उल्ल्ेख गरिएजस्तै राष्ट्र«निर्माणको दुवै सन्दर्भको उपस्थिति रहेको पाउन सकिन्छ । यसै आधारमा कतिपयले नेपाल अझै राष्ट्र«निर्माणको प्रक्रियामै रहेको भन्ने गरेका छन् ।

 

 

 

यस विश्लेषणका आधारमा, विद्वान् पौल जेम्सको भनाइसँग सहमति जनाउन सकिन्छ । उनले राष्ट्र«निर्माणलाई राष्ट्र«को संरचना वा गठन पनि भनेका छन् । उनका अनुसार बृहत् प्रक्रियाहरुका माध्यमबाट राष्ट्र बन्छ । राष्ट्र«निर्माणको लक्ष्य राज्यभित्र जनताहरुको एकीकरण हो यसबाट अगाडिका दिनमा राज्यले राजनीतिक रुपमा स्थायित्व र सक्षमता प्राप्त गर्दछ । निष्कर्षमा भन्ने प्रयास गर्ने हो भने राष्ट्र«निर्माणका लागि जनताको एकीकरण, विविध विचार, दृष्टिकोण, सिद्धान्त र आदर्शको स्वीकारोक्ति र समावेशीकरण, छरिएर रहेका समाजलाई समेटी एकीकृत समाज निर्माण र क्रियाशील राज्य संयन्त्रको उपस्थिति आवश्यक हुन आउँछ ।

 

 

राष्ट्र«निर्माता राष्ट्र«निर्माणको महत्वपूर्ण अवयव हो भनेर स्वीकार गरिरहँदा यसलाई बुझ्ने दृष्टिकोणमा व्यापकता अपरिहार्य छ । सामान्यतया राष्ट्र, राज्य र देशलाई हामीकहाँ एकै अर्थमा बुझ्ने गरिन्छ जो धेरै हदसम्म दोषपूर्ण छ । यी तीनै शब्दलाई एकअर्काको पर्यायवाचीका रुपमा बुझ्ने प्रयत्न गर्दा समग्र राष्ट्र«निर्माता र राष्ट्र«निर्माणको प्रक्रिया नै दोषपूर्ण रुपमा अपव्याख्या हुने खतरा रहन्छ । हामी कुनै न कुनै रुपमा यस्तै खतरासँग पौंठाजोरी खेलिरहेका छौँ । वास्तवमा राष्ट्र, राज्य र देश फरकफरक अर्थमा उभिएका फरकफरक शब्द हुन् । राष्ट्र सांस्कृतिक एकाइ हो । यस्तै राज्य प्रशासनिक र राजनीतिक एकाइ हो भने देश भौगोलिक एकाइ हो । अङ्ग्रेजीमा यी तीनवटै शब्दको अनुवाद क्रमशः नेशन, स्टेट र कन्ट्री हो ।

 

 

 

यस आधारमा राष्ट्र«निर्माणलाई बुझ्ने प्रयत्न गर्ने हो भने एउटा राजनीतिक भौगोलिक सीमाभित्र सांस्कृतिक रुपमा जनता (राष्ट्र«निर्माता)लाई प्रशासनिक र राजनीतिक रुपमा आबद्ध वा एकीकृत गर्ने प्रक्रियासँग सहमति जनाउन सकिन्छ । यसमा निश्चित भूगोलभित्र सबै जनताको समान सहभागितामा तिनको भावनाको सम्मान गर्ने कुरालाई महत्व दिइन्छ र यसमा कानुनी रुपमा राज्यले अर्थात् प्रशासनिक एकाइले आवश्यक बन्दोवस्त मिलाउने अपेक्षा गरिन्छ ।

 

 

यसको सोझो अर्थ के बुझिनुपर्छ भने देशका रुपमा विकसित भूगोलमा विविध इतिहास, संस्कृति, मूल्यमान्यता, विश्वास, आदर्श हुन सक्छन् । राष्ट्र«निर्माणमा यी सबैको समाहितीकरण आवश्यक हुन्छ, जसले समग्र राष्ट्र«निर्माताको निर्माण र प्रवद्र्धन गर्ने विश्वास गरिन्छ । यसो हुनसके देशप्रति सबैको अपनत्वभावमा अभिवृद्धि हुन्छ र देशले सिङ्गोस्वरुप ग्रहण गर्न सम्भव हुन्छ । संक्षेपमा यही प्रक्रिया राष्ट्र«निर्माण हो जसको नेतृत्व राज्यले गर्ने अपेक्षा गरिन्छ ।

 

 

राष्ट्र«निर्माणका सन्दर्भमा थुप्रै अवयवहरुले जोड्ने र तोड्ने तत्वका रुपमा भूमिका निर्वाह गरिरहेका हुन्छन् । यीमध्ये कतिपय सुशुप्त हुन्छन् भने कतिपय जाग्रत । यीमध्ये कतिपय तत्वले कुनै सन्दर्भमा जोड्ने र कुनै सन्दर्भमा तोड्ने तत्वका रुपमा भूमिका निर्वाह गरिरहेका हुन्छन् । भाषा, प्रतीक, चिह्न, झण्डा, सिद्धान्त, आदर्श, विचार, संरचना आदि यस्तै तत्व वा माध्यम हुन् । कतिपय अवस्थामा यो बोधगम्य हुन्छ भने कतिपय अवस्थामा बोधगम्य हुँदैन । यस्तै एक सशक्त माध्यम हो, खेलकुद । राष्ट्र«निर्माणका सन्दर्भमा खेलकुदले प्रायः सधैँ जोड्ने तत्वका रुपमा नै भूमिका निर्वाह गरिरहेको मान्न सकिन्छ ।

 

 

नेपालका सन्दर्भमा पछिल्लो दिनमा क्रिकेटले पनि जोडने भूमिका निर्वाह गरिरहेको छ भन्दा अतिशयोक्ति ठहरिँदैन । यसको पछिल्लो सशक्त उदाहरणका रुपमा वानखेडेमा विश्कप खेल्ने समग्र नेपाली क्रिकेट टिमलाई लिन सकिन्छ । यो टिम सामाजिक, सांस्कृतिक, भाषिक, भौगोलिक रुपमा समावेशी छ । नेपाली क्रिकेटले सम्पूर्ण दशेवासी समान रुपले माया पाउनुको एउटा कारण सायद नेपाली क्रिकेटको समावेशी स्वरुप पनि हो । वास्तवमा, माथि जसरी चर्चा गरियो, नेपाल अहिले राष्ट्र बन्ने क्रममा छ । यस सन्दर्भमा यहाँ हामीले थुप्रै तत्वलाई राष्ट्र जोड्ने तत्वका रुपमा विकसित गर्न सक्नुपर्छ । राज्यको भूमिका यहाँनिर महत्वपूर्ण हुन्छ । क्रिकेट उदाहरण हो, यसरी ने राज्यका अन्य पक्ष पनि पूर्ण समावेशी हुनसके देश निर्माणको प्रक्रिया सकारात्मक रुपमा प्रभावित हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । (लेखक राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न नेपालको आग्रह

काठमाडौँ, नेपालले विश्व शान्तिका लागि बुद्धका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै त्यसले विश्वलाई शान्ति र सहकार्यको मार्ग देखाएको बताएको छ ।बुद्धजयन्तीका अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधानकार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको प्रतीकका...

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ

काठमाडौँ,    केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले सरकारी सम्पत्ति कानुनविपरीत लिलामी गरेको अभियोगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिृकत ज्योतिप्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ । निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकेजी रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९