हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटनः सम्भावना

रसुवा, स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न थालेको देखिन्छ । यातायातको सुविधासहित राजधानी काठमाडौँबाट नजिक पर्ने यस क्षेत्रमा हरेक वर्ष पर्यटक सङ्ख्या वृद्धि हुँदै गएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । धार्मिक तथा प्राकृतिक सम्पादका कारण पर्यटकको रोजाइमा परेकाले पर्यटकीयस्थलका रुपमा रसुवा चिनिन थालेको छ ।

 

 

लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गका यी नाम अब केवल भौगोलिक स्थान मात्र होइनन्, रसुवाको पर्यटन प्रवद्र्धनमा कामयावी भएका छन् । यसैका कारण पछिल्ला समय यस क्षेत्र पर्यटकीय हिसावले महत्वपूर्ण गन्तव्यका रुपमा परिचित हुन सफल भएको छ ।

 

पछिल्लो ४८ वर्षमा चार लाख ८० हजारभन्दा बढी विदेशी पर्यटकले यी क्षेत्रमा भ्रमण गरिसकेका छन् । हमाली यात्रामा आगन्तुक पर्यटकको सङ्ख्या बढ्दै गएकाले रसुवाको पर्यटन यात्रा जीवित इतिहास साक्षी भएको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साह बताउनुहुन्छ ।

 

 

लाङटाङबाट सुरु भएको पर्यटन यात्रा

स्थानीयका अनुसार सुरुका दिनमा सडक अभाका कारण फाट्टफुट्ट देखिने पर्यटक लाङटाङसम्म आई क्याङ्जेनको चौँरीगोठमै बास बस्ने, त्यहीँको आगो ताप्दै रात कटाउँदै फर्किने गरेको अवस्थामा सीमित थियो । लाङटाङका स्वर्गीय रेञ्जन दोर्जे तामाङबाट सुरू भएको पर्यटन व्यवसाय सडक पूर्वाधारको विकाससँगै अहिले गाउँ समाजको लागि ठूलो वरदान सावित भएको छ । त्यही सङ्घर्षबाट लाङटाङको पूरै गाउँमा पर्यटकका लगि हिजोआज व्यवस्थित होटल, लज गणस्तरीय सेवासुविधासम्म आइपुगेको छ ।

 

करिब तीन हजार ९०० मिटर उचाइमा रहेको क्याङ्जेन जान आज पनि उस्तै कठोर छ, तर आतिथ्य भने अझ न्यानो बनेको छ । “हामी चिसोमा पनि पर्यटकलाई तातो महसुस गराउन चाहन्छौँ”, भन्छन् त्यहाँका व्यवसायी ढिण्डुप तामाङ ।

 

 

तामाङ सम्पदा मार्गः संस्कृतिसँगको भेट

लाङटाङको प्राकृतिक सौन्दर्यसँगै, तामाङ सम्पदा मार्गले संस्कृति र जीवनशैलीको कथा बोकेको छ । तत्कालीन समयमा ग्रामीण गरिबी निवारण पर्यटन कार्यक्रममार्फत २०५७ सालदेखि सुरु गरिएको यस मार्गले गतलाङ, चिलिमे तथा तातोपानी, थुमन, नाकथली र बृद्विमलाई नयाँ जीवन दिएको तातोपानीका होटल व्यावसायी दावा साङ्वो तामाङ बताउनुहुन्छ

 

बृद्विमको होमस्टे अहिले पर्यटकका लागि ‘घर जस्तै अनुभव’ बनेको छ । स्थानीय परिकारका खानेकुरा, परम्परागतका वेशवुषा र तामाङ संस्कृतिको आत्मीयता, यी सबैले पर्यटकलाई केवल घुम्न मात्र होइन, बाँच्न सिकाउने गरेको ‘होमस्टे’ व्यवस्थापन समितिका अध्यक्ष ङवाङ तामाङले जानकारी दिनुभयो ।

 

 

गोसाइँकुण्डः आस्था र रोमाञ्चको सङ्गम

चार हजार ३८० मिटर उचाइमा रहेको गोसाईंकुण्ड केवल ताल होइन, आस्थाको केन्द्र पनि हो । उकाली, ओराली, भञ्ज्याङ र चौतारी पार गर्दै पुगिने यो गन्तव्यले पर्यटकलाई शारीरिक चुनौतीसँगै आध्यात्मिक सन्तुष्टि पनि दिने गरेको छ ।

 

धार्मिक मार्गभर होटल–लजको व्यवस्था, चन्दनबारीदेखि लहुरी विनायक गोसाइँकुण्डसम्मको सहज बास तथा खाना र आपत्कालीन अवस्था परे उद्धारका लागि हेलिकप्टरसमेतको व्यवस्थाले यी सबै क्षेत्रको यात्रालाई सुरक्षित बनाएको चन्दनबारीका होटल व्यावसायी सुब्बा लामा बताउनुहुन्छ ।

 

 

बढ्दो पर्यटक, बढ्दो जिम्मेवारी

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यी क्षेत्रहरूमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सात हजार ६८४ विदेशी पर्यटकको आगमन भइसकेको छ । आन्तरिकतर्फ भने ३६ हजारभन्दा बढी पर्यटकले घुमेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउनुहुन्छ । पर्यटकको आगमनका कारण राजस्वमा उल्लेखनीइ योगदान पुगेको छ । तर सङ्ख्या बढ्दै जाँदा चुनौती पनि बढेका छन् ।
वन्यजन्तु संरक्षण, फोहर व्यवस्थापन, र प्राकृतिक सन्तुलन जोगाउने जिम्मेवारी अब सबैको साझा भएको छ । “तोकिएको ठाउँमा मात्र फोहर फालौँ, वनस्पति नकाटौँ”, निकुञ्ज प्रशासनको आग्रह छ ।

 

 

अझै बाँकी छन् अधुरा काम

पर्यटनको सम्भावना विशाल भए पनि पूर्वाधार निर्माणको काम बाँकी छ । नयाँ क्षेत्र नौकुण्ड, उत्तरगया, घलेगढीजस्ता स्थान पर्यटन क्षेत्रको नक्सामा सूचीकृत हुन बाँकी छन् । धुञ्चेस्थित नेपालको पहिलो तामाङ सङ्ग्रहालय भूकम्पपछि पुनःस्थापनाको प्रतीक्षामा छ । कुनै सरकारी सहयोग नमिल्दा सङ्ग्रहालय अझै बन्न नसकेको स्थानीय नागरिक समाजले जनाएको छ । राज्यबाट पुनर्निर्माणको कार्यसमेत अगाडि नबढेको स्थानीय बासिन्दा बताउँछन् ।पदयात्रा मार्ग सुधार विश्रामस्थल निर्माण र फोहर व्यवस्थापनमा प्रयास भइरहे पनि पर्याप्त हुन सकेको स्थानीयको भनाइ छ ।

 

 

सजिलो यात्रा, छोटो दूरी

पहिले बेत्रावतीबाट सुरु हुने लामो पैदलयात्रा अहिले सडकमार्गले छोटिएको छ । काठमाडौँबाट धुञ्चेसम्म सीधा यातायात सञ्चालन भएसँगै पर्यटकलाई सहज भएको छ । तर होटल व्यवसायी सङ्घका अध्यक्ष विशाल घलेका अनुसार उच्च हिमाली क्षेत्रको भ्रमणका लागि कम्तीमा एक रात धुञ्चेमा बस्नैपर्दछ । रसुवाको यात्रामा हिमाली वातावरण मिलाइ लेक लाग्ने समस्या न्यूनीकरण गर्न काठमाडौँबाट रसुवा प्रवेश गरेका यात्रुले एक रात धुञ्चेमा बस्न उपयुक्त हुनेसमेत होटल व्यवसायी सङ्घका अध्यक्ष घलेले जानकारी दिनुभयो ।

 

 

गोसाइँकुण्डको यात्रालाई थप रोमञ्चकारी बनाइ अगाडि बढ्न धुञ्चे युवा समूहको पहलमा धुञ्चेबाट पूर्व पर्ने त्रिशूली नदी घट्टेखोला क्षेत्रमा १०८ धारासहितको गोसाईंकुण्ड द्वारधाम निर्माणको काम धमाधम अगाडि बढिरहेको छ । यसले आगामी दिनमा यात्रा थप रोमञ्चकारी बनाउने विश्वास लिइएको छ ।

 

 

जैविक विविधताको खानी

छयालीस प्रजातिका स्तनधारी, ३८० प्रजातिका चराचुरुङ्गी, रेडपाण्डाजस्ता दुर्लभ जनावर यी सबैले रसुवालाई प्राकृतिक प्रयोगशालाका रुपमा चिनाएको छ । तर यी सम्पदालाई नजिकबाट अनुभव गर्ने संरचनाको विकास भने हुन बाँकी छ ।

 

 

सम्भावनाको उज्यालो बाटो

रसुवाको हिमाली पर्यटन अहिले सम्भावनाको शिखरमा रहेको अवस्था छ । पर्यटन व्यवसाय विगतको सङ्घर्ष, वर्तमानको विस्तार र भविष्यको आशा, यी सबै मिलेर प्रगति पथमा लम्किँदै गरेको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार प्रकृति, संस्कृति र साहसको सङ्गम भएको रसुवा अब केवल गन्तव्य मात्र होइन, अनुभव बन्ने बाटोमा अघि बढेको छ । पूर्वाधार, संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिन सकियो भने, काठमाडौँबाट नजिकै रहेको हिमाली जिल्ला रसुवा नेपालकै प्रमुख पर्यटकीय केन्द्रको रुपमा स्थापित हुने उहाँको भनाइ छ ।ज्ञानेन्द्र न्यौपाने/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९