नौ तले गुफाको प्रवर्द्धन गर्दै भिमाद नगरपालिका

गण्डकी,  सुन्दा पनि अचम्म लाग्न सक्छ । तनहुँको भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको छ । पृथ्वी राजमार्गअन्तर्गत भिमाद चोकबाट १० किलोमिटर दुरीस्थित धन्दुर क्षेत्रमा रहेको यो गुफामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । गुफा क्षेत्रको पूर्वाधार विकाससँगै यसको प्रवर्द्धनमा नगरपालिकाले निरन्तर काम गरिरहेको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।

 

ऐतिहासिक एवम् धार्मिक महत्वको यस गुफाको प्रवद्र्धनमार्फत यस क्षेत्रको पर्यटकीय विकास गर्ने नगरपालिकाको सोच रहेको छ । यो गुफाका सम्बन्धमा परापूर्व कालदेखि स्थानीय जानकार भए पनि पर्यटकीय पूर्वाधार विकास र प्रचारप्रसार हालै मात्र हुन थालेको सिद्ध गुफा विकास समितिका पूर्वउपाध्यक्ष बेलबहादुर थापाले बताउनुभयो ।

 

उहाँका अनुुसार गुफाको प्रवेश मार्ग साँघुरो भएका कारण निहुरिएर मात्रै भित्र पस्न सकिन्छ । विभिन्न तलामा संरचित यो गुफामा प्रवेश मार्गबाट करिब ३० मिटरभित्र पसेपछि पहिलो तला आउँछ । उक्त तलामा करिब १५० बढी मान्छे अटाउने ठाउँ छ । त्यसपछि दोस्रो, तेस्रो, चौथो हुँदै नवौँ तलासम्म गुफा फैलिएको छ ।

 

नगरपालिकाका प्रमुख सुवेदीका अनुसार यस अघि पुरानो पुस्ताका मानिस नवौ तलासम्म पुगेका थिए । “मेरै पिताजीले गुफाको नवौँ तलासम्म पुगेको अनुभव सुनाउनुहुन्थ्यो भने मेरो दाजुुले सात तलासम्म पुगेको सुनाउनुभयो”, उहाँले भन्नुभयो, “चौथो तलासम्म मसहित धेरै जना पुगेका छौँ ।”

 

अहिले पनि तेस्रो तलासम्म सजिलै पुग्न सकिने बताउँदै उहाँले चौथो तलामा जाने मार्गमा चुन ढुङ्गा पग्लिएका कारण अत्यन्त साँघुरो र जोखिमयुक्त भएकाले माथि जान रोक लगाइएको बताउनुभयो । चौथो तलामा आँफूू पुग्दा त्यहाँ तत्कालीन राजा सुरेन्द्रको पालामा काटिएका सिक्का, पैसा चढाउने तामाको भाडाजस्ता पुरातात्विक महत्वका सामग्री देखेको उहाँको भनाइ छ ।

 

सरकारले घोषणा गरेको देशका १०० पर्यटकीय गन्तव्यमा यस गुफा पनि एक रहेको छ । जिदी खोला किनारको जङ्गल क्षेत्रमा अवस्थित यस गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृति देखिन्छन् ।

 

स्थानीय तेजबहादुर थापाकाअनुुसार यस गुफाको धार्मिक रूपमा पनि उत्तिकै महत्व छ । प्रत्येक वर्ष साउन महिनामा शिवको विशेष पूजासँगै स्थानीयले बाली लगाउने र भित्र्याउने समयमा यहाँ पूजाआजासहित नवान्न चढाउने गर्दछन् । यहाँ चैते दसैँमा मेला लाग्ने गरेको छ । पछिल्ला समयमा यहाँको पर्यटकको आकर्षण बढ्दै गएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९