हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै

झापा,  एक दशकअघि जङ्गली हात्तीको प्रवेश रोक्न मेचीनगर नगरपालिकाको पूर्वोत्तर सीमा क्षेत्र बाहुनडाँगीमा लगाइएको सौर्य विद्युतीय घेराबेरा मर्मत अभावमा निष्प्रभावी बनेका छन् ।घेराबेरामा प्रयोग भएका ब्याट्रीसहित उपकरण र तार जीर्ण बनेपछि जङ्गली हात्तीले दुःख दिन थालेको स्थानीयवासीको गुनासो छ । जीर्ण घेराबेरा मर्मत गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत तीन वटा निकायले चालु आर्थिक वर्षमा कार्य सम्पन्न गर्नेगरी  ३० लाख रुपैयाँ बजेट दिएका छन् ।

 

 

मेचीनगरको नकलबन्दादेखि बाहुनडाँगीसम्म भारतसँग सीमा जोडिएको १८ किलोमिटर क्षेत्रमा विसं २०७२ मा विश्व बैङ्कको  एक करोड २० लाख रुपैयाँ लगानी र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा अफसेट प्रविधियुक्त सौर्य विद्युतीय घेराबारा जडान गरिएको थियो ।

 

 

सौर्य घेराबारा प्रभावकारी भएकाले सुरुका वर्षहरुमा भारतबाट बथानमा नेपाल आउन खोज्ने जङ्गली हात्ती सीमामै रोकिएका थिए । तर, घेराबाराको नियमित मर्मतसम्भार हुन नसक्दा बिगत पाँच वर्षयता बाहुनडाँगीबाट निर्बाध प्रवेश गर्ने हात्तीले जनधनको क्षति पुर्याउँदै आएका छन् ।

 

 

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले सौर्य विद्युतीय घेराबाराको उपकरण मर्मतका लागि बजेट आएपछि स्थानीयवासी हर्षित भएको बताउनुभयो ।उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा मर्मतसम्भारका लागि वन मन्त्रालयले १० लाख रुपैयाँ, राष्ट्रिय प्रकृति संरक्षण कोषले १० लाख रुपैयाँ  र मेचीनगर नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

 

 

“अठार किलोमिटर दूरीमा रहेको विद्युतीय घेराबारामा १८ स्थानमा ब्याट्रीसहितको उपकरण जडान गरिएका थिए,” अध्यक्ष उप्रेतीले भन्नुभयो, “ती सबै ब्याट्री फेर्नुपर्ने अवस्था छ । गौडाहरुमा विद्युत् प्रवाह हुने तार र खम्बाहरु समेत ढलेका छन् । तिनको पनि मर्मत गर्नैपर्ने हुन्छ ।”मञ्चमार्फत नै घेराबेरा मर्मत हुने र भारतबाट ब्याट्रीलगायत उपकरण आयातको प्रक्रिया सुरु भइसकेको उप्रेतीले जानकारी दिनुभयो ।

 

 

भारतको आसाम र पश्चिम बङ्गालको विभिन्न वन्यजन्तु आरक्षण केन्द्रहरुबाट जङ्गली हात्तीहरु नेपाल प्रवेश गर्ने मुख्य स्थान नै मेचीनगरको बाहुनडाँगी हो । जहाँ दिनहुँ एक सयको बथानमा हात्ती नेपाल प्रवेश गर्दै आएका छन् । आहार खोज्दै भित्रिने ती हात्तीले झापाको उत्तरी क्षेत्रमा जनधन र बालीको व्यापक क्षति गर्दै आएका छन् ।

 

 

विद्युतीय घेराबाराको नियमित मर्मतसम्भारका लागि सरकारले बजेट नदिँदा समस्या बल्झिएको जनाउँदै मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले मर्मतका लागि बजेटको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।“मानव हात्ती द्वन्द्वलाई न्यूनीकरण गर्न र सहअस्तित्वको अवधारणाबाट अघि बढ्न बाहुनडाँगीमा विभिन्न असल अभ्यास भइरहेको छ,” उहाँले भन्नुभयो, “जनधन र बालीको सुरक्षाका लागि युवाको द्रुत परिचालन टोली गठनदेखि बाली बिमाको व्यवस्थामा ध्यान केन्द्रित गरिरहेका छौँ । विद्युतीय घेराबारा मर्मत भएपछि बथानमा भित्रिने हात्ती मेची नदीपारि नै रोकिनेछन् । जसबाट निकै राहत मिल्ने आशा छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९