एघार देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा

टक्सार (भोजपुर),  नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरुले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् । मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्रमण सम्पन्न गरिएको परियोजना निर्देशक तथा संस्कृतिविद् डा भक्त राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुन्दुम पदमार्गको इतिहासमा एकै पटक नेपालका सातै प्रदेश र विश्वका ११ मुलुकको स्रष्टाहरुलाई पदयात्रा गराई अन्तरराष्ट्रिय स्रष्टा सम्मेलनसमेत सम्पन्न गराइएको छ ।” यसले मुन्दुम पदमार्गलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

 

सम्मेलनमा भाग लिँदै मुन्दुम भ्रमण गर्न पाएकामा अन्तरराष्ट्रिय स्रस्टाहरु खुसी देखिएका थिए । सम्मेलनमा सहभागी नेपाली तथा विदेशी स्रष्टाहरुलाई पदमार्गको नाम, मुन्दुम भनेको के हो, यो क्षेत्रमा सबैभन्दा पहिले कुन जातिको बसोबास थियो, हाल कुनकुन जातिको बसोबास छ, यस क्षेत्रको हावापानी, भूगोल, वातावरण कस्तो छ, मुन्दुम पदमार्ग क्षेत्रमा कुनकुन वनस्पति, वन्यजन्तु पाइन्छलगायतको विषय समेटिएको कार्यपत्र प्रस्तुति गरिएको थियो ।

 

 

यो विश्वव्यापी परियोजनामा स्वदेशी तथा विदेशी स्रष्टाहरुलाई प्रत्यक्ष भ्रमण गराएर र अन्य माध्यमबाट मुन्दुम पदमार्गबारे सम्पूर्ण जानकारी प्रदान गरेपछि उनीहरुलाई मुन्दुम पदमार्गबारे गीत सृजना गर्न लगाइने छ । स्वदेशी तथा विदेशी स्रष्टाहरुले सृजना गरेको गीतलाई स्वदेशी तथा विदेशी गायकगायिकालाई गाउन लगाएर ‘रेकर्ड’ गरिने लक्ष्य लिइएको छ ।

 

 

सो पदयात्रामा कोशी प्रदेशबाट मेघराज नेपाल, श्याम तमोट, टेकबहादुर तामाङ, लोचन भट्टराई, गीता कार्की, अशोक राई, प्रमिला राई, सीता तुम्खेवा, डा. भक्त राई, वसन्त मुकारुङ, किरण टी लिम्बू, राजु केसी, शुभ मुकारुङ, पारस मुकारुङ, रमेश कोइराला सहभागी थिए ।

 

 

त्यसैगरी, मधेस प्रदेशबाट धीरेन्द्र प्रेमर्षि र बागमती प्रदेशबाट लक्ष्मी रुम्बा, सुस्मिता नेपाल, सविता रेग्मी, गण्डकीबाट वसन्त वित्यासी थापा, भीम मास्की सहभागी थिए । लुम्बिनी प्रदेशबाट देव राना र कर्णाली प्रदेशबाट सागर उद्गम, अम्बिका गौतम तथा सुदूरपश्चिम प्रदेशबाट हर्क साउदलगायतका स्रष्टाको सहभागिता थियो ।
नेपाल बाहिरबाट भारतको दार्जीलिङबाट डा सुरेन्द्र चाम्लिङ, प्रसान्त थुलुङ, दुर्गा राई, सिक्किम राज्यबाट मोहन दुङमाली, भुटानबाट धनराज राई, दिलकुमार राई, चीनबाट लिन झोङ, रोङ झाङ,  अष्ट्रेलियाबाट स्टिफन फोडेहम, टर्कीबाट जाहिद, एर्कान टेटिक र रसिया, सिङ्गापुर, फिलिपिन्स, जापान, कोरियालगायतका देशका स्रष्टाहरुको सहभागिता रहेको थियो । यस्ता कार्यक्रमले पूर्वी नेपालको मात्र नभई समग्र राष्ट्रकै विकासमा सहयोग पुग्ने टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९