पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

पाँचथर,  बर्सेनि पाँच हजारभन्दा बढी पर्यटक पुग्ने पाँचथरको पर्यटकीय क्षेत्र फालोटको मुख्य समस्या सडक, विद्युत् र इन्टरनेट हो । तीन हजार ४०० मिटर उचाइमा अवस्थित फालोटका चारराते–तीनसिमानालगायत क्षेत्रसम्म पुग्ने सडक व्यवस्थित हुनसकेको छैन भने विद्युत् र इन्टरनेटको प्रवाह सहज हुनसकेको छैन ।

 

 

 

नेपाल–भारत सीमावर्ती फालोट क्षेत्र उच्च पहाड भएका कारण यहाँ पुग्ने पर्यटकका लागि पर्याप्त सामग्री पुर्याउन गोठ सञ्चालक सक्षम छैनन् । यहाँका ३१ मध्ये करिब एक दर्जन गोठमा गोठबास (गोठस्टे) सञ्चालन गरी पर्यटकलाई सेवा दिने गरिएको छ । तर पूर्वाधार अभावका कारण पर्यटकलाई अपेक्षित सेवा दिन नसकिएको फालोट याक गोठस्टेका सञ्चालक चन्द्रलाल नेपालले बताउनुभयो ।

 

 

 

“अहिले यहाँ सडक, विद्युत् र इन्टरनेटको समस्या मुख्य छ”, नेपालले भन्नुभयो, “वर्षा भएपछि सवारीसाधनलाई यहाँ पुर्याउन कठिन पर्छ ।” फिदिम–फालोट सडकको प्राङबुङबाट चारराते तथा मेमेङबाट तीनसिमानासम्म सडक विस्तार भएको छ । मोटरबाटो स्तरोन्नतिको काम बर्सेनि हुँदै आए पनि वर्षा भएपछि सवारी सञ्चालनमा कठिनाइ हुने गरेको छ ।

 

 

“बाटो सहज भइदिने यहाँ आइपुग्ने पर्यटकको सङ्ख्या बढ्थ्यो । नागरिकले चाहेर पनि आउन सकेका छैनन्”, नेपालले भन्नुभयो, “उच्च पहाड भएका कारण यहाँ सामग्री व्यवस्थापन गर्न असाध्यै कठिन पर्छ । सवारीसाधनमा सामग्री हालेर ल्याउनै कठिन छ ।” सरकारले फालेलुङ गाउँपालिका–५ प्राङबुङदेखि चाररातेसम्मको सडकलाई बाह्रैमास सञ्चालनयोग्य बनाउनुपर्ने यहाँका बासिन्दाको माग छ ।

 

 

 

चौँरीपालक किसानको संस्था कञ्चनजङ्घा याक चौँरीपालक समूहका अध्यक्ष रामचन्द्र गुरुङका अनुसार दैनिक उपभोग्य सामग्री पुर्याउनै कठिन हुन्छ । “भारततर्फ बाटो राम्रो भए पनि सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ । भारतीय पक्षले नेपाली सवारीसाधन नचलुन् भन्ने चाहन्छ”, गुरुङले भन्नुभयो, “प्रतिबन्ध नै त छैन, तर उतातिर नचलुन् भन्ने चाहना रहेको बुझिन्छ । जसकारण नेपालतर्फबाट सामग्री ढुवानी र निकासी गर्न धेरै समस्या पर्छ ।”

 

 

यस्तै उच्च पहाडमा भएका कारण विद्युत् आपूर्ति पटकपटक अवरुद्ध हुने हुँदा गोठ सञ्चालकले समस्या भोग्ने गरेका छन् । यहाँ नेपाल टेलिकमको नेटवर्कले पछिल्लो समय काम गर्न थाले पनि इन्टरनेट सेवामा भने समस्या छ । विसं २०७४ देखि नयाँ वर्षमा यहाँ महोत्सव आयोजना गर्न थालिएपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ भने चौँरीजन्य सामग्रीले राम्रो बजार पनि पाउने गरेका छन् । नवौँ चौँरी पर्यटन महोत्सवसम्म आइपुग्दा चौँरीमा आधारित सामग्री बिक्री बढेको छ । महोत्सवकै कारण अहिले देशका विभिन्न भाग तथा भारत, भुटान, बङ्गलादेशलगायतबाट पर्यटक आउन थालेका छन् ।

 

 

फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगू पूर्वाधार र प्रचारप्रसारमा प्रदेश र सङ्घीय सरकारले सहयोग गरे पयर्टकको सङ्ख्या झनै बढ्ने बताउनुहुन्छ । उहाँका अनुसार सडकको स्तरोन्नति, पर्यटन सूचना केन्द्र, गोठबासलाई थप व्यवस्थित गर्न, शौचालय निर्माणलगायतमा लगानी गर्नुपर्ने आवश्यकता रहेछ । नेपाल–भारत सीमावर्ती यस स्थानमा वर्षायामका केही महिनाबाहेक सधैँ पर्यटक पुग्ने गर्दछन् ।

 

 

औसतमा एक वर्षमा पाँच हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने गरेका गोठ सञ्चालकको भनाइ छ । सयौँ चौँरीको बथान हेर्ने, यहाँबाट नेपाल, भारत र भुटानका हिमशृङ्खलाको दृश्यावलोकन गर्ने, ढकमक्क फुलेको गुराँस र चिमलको रङमा हराउनमै धेरै पर्यटक व्यस्त हुन्छन् । हिमाली संस्कृतिको जीवन्त प्रस्तुतिसँग साक्षात्कार गर्न पाउँदा सबैले यस नेपाल–भारत सीमावर्ती उच्च पहाडले आकर्षित गर्ने गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९