रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु

रसुवा,  नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रारूपमा सुरु भएको छ । यस याममा हालसम्म तीन सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।
 

कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी तथा बेलायतका नागरिकसमेत मानसरोवर यात्रामा सहभागी भएका छन् । गत वर्ष रसुवागढी नाका भएर ११ हजार ३८१ तीर्थयात्री मानसरोवर, कैलाश गएको अध्यागमन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
यात्रु आगमन बढेसँगै भिसा शुल्कबाट राजस्व सङ्कलन पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । चालु आवको नौ महिनामा मात्र रु ३० लाख राजस्व सङ्कलन भइसकेको छ भने गत वर्षको कुल वार्षिक राजस्व रु ११ लाख २८ हजार २५० सङ्कलन भएको जनाइएको छ ।

 

 

धार्मिक ग्रन्थमा मानसरोवरको महत्व

हिन्दू, बौद्ध, तथा बोन धर्मावलम्बी विभिन्न धर्मावलम्बीका लागि मानसरोवर पवित्र तीर्थस्थल मानिन्छ । हिन्दू धार्मिक ग्रन्थमा भगवान् शिव र माता पार्वतीको निवास कैलाश पर्वतलाई ब्रह्माण्डको आध्यात्मिक केन्द्रका रूपमा वर्णन गरेको पुरोहित उपेन्द्र मिश्रले बताउनुभयो । पुराणका अनुसार ब्रह्माले आफ्नो मनबाट सृष्टि गरेको पवित्र सरोवर भएकाले यसको नाम ‘मानसरोवर’ रहन गएको विश्वास छ । यस सरोवरमा स्नान गरे पापनाश हुने र मोक्ष प्राप्ति हुने धार्मिक आस्था रहिआएको छ ।बौद्ध धर्ममा यस क्षेत्रलाई ध्यान तथा आध्यात्मिक ऊर्जा प्राप्त गर्ने पवित्र स्थल मानिन्छ भने जैन धर्मावलम्बीले पहिलो तीर्थकर ऋषभदेवले ज्ञान प्राप्त गरेको स्थानका रूपमा रहेको बताइन्छ ।

 

 

रसुवागढीबाट यात्रा दूरी र समय

नेपालबाट स्थलमार्ग हुँदै मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज मार्ग रसुवागढी–केरुङ मार्ग मानिन्छ काठमाडौँ–रसुवागढी दुरी करिब १३५ किलोमिटर रसुवागढी–केरुङ  करिब २५ किलोमिटर केरुङ–सागा–मानसरोवर, करिब ७५० देखि ८०० किलोमिटर छ ।सामान्यतया केरुङ प्रवेशपछि उच्च हिमाली भू–भाग पार गर्दै मानसरोवर पुग्न तीनदेखि चार दिन लाग्ने गर्दछ । सम्पूर्ण कैलाश–मानसरोवर परिक्रमासहितको यात्रा भने १० देखि १४ दिनसम्म चल्ने कैलाश पुगी फर्केका यात्रु बताउँछन् ।

 

 

सीमा परिचयपत्र वितरण बढ्दो

केरुङ आवतजावतका लागि रसुवावासीले पाउने सीमा परिचयपत्र वितरण पनि बढिरहेको छ । चालु आवको नौ महिनामा ५९६ नयाँ र प्रतिलिपि एवं नवीकरण समग्रमा कुल छ हजार २९५ सीमा परिचयपत्र जारी गरिएको निमित्त प्रमुख शर्माले जानकारी दिनुभयो ।

 

 

रसुवावासीलाई नागरिकताको आधार तथा अन्य जिल्लाबाट नागरिकलाई बसाइँसराइ गरी आउनेलाई भने जग्गाधनी प्रमाण पुर्जा, बसाइँसराइ प्रमाणपत्र र सम्बन्धित वडाध्यक्षको सिफारिसका आधारमा सिमापास उपलब्ध गराउने व्यवस्था रहेको अध्यागमन कार्यालय रसुवा घट्टेखोलाले जनाएको छ ।

 

 

धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान

मानसरोवर यात्रुको आवागमन बढ्दै जाँदा रसुवागढी नाका आसपास होटल, यातायात, पथप्रदर्शक सेवा तथा स्थानीय व्यापार व्यवसाय सक्रिय बन्न थालेका छन् । धार्मिक पर्यटन विस्तारसँगै रसुवाका सीमावर्ती क्षेत्रलगायत आसपासका आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ ।
हिमालयको काखमा अवस्थित पवित्र तीर्थ मानसरोवर यात्रा पुनःगतिशील बन्दै जाँदा नेपाल–चीन सीमावर्ती क्षेत्र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको गोसाइँकुण्ड गाउँपालिका वडा नं २ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९