‘तन सहरमा, मन गाउँको विकासमा’

लुम्बिनी,  पूर्वी पाल्पा समाज रुपन्देहीले गाउँ र सहरबीचको सम्बन्धलाई सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा सुदृढ गर्ने कार्यक्रम अघि बढाएको छ ।‘तन सहरमा, मन गाउँको विकासमा’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै समाजले सामाजिक उत्तरदायित्व, स्वास्थ्य सचेतना र गाउँ–सहर सहकार्यको नयाँ मार्ग चित्रसमेत अघि सारेको जनाएको छ ।

 

 

समाजले स्थापना गरेको छोरी शिक्षा अक्षयकोष, गरिब जेहेन्दार विद्यार्थी अक्षयकोष र विपद् व्यवस्थापन अक्षयकोषले यसको सामाजिक उत्तरदायित्व दृष्टिकोण प्रस्तुत गरेको समाजका संस्थापक अध्यक्ष सुनिल श्रेष्ठले बताउनुभयो । उहाँले समाजले स्थापना गरेको छोरी शिक्षा अक्षयकोषमा हालसम्म रु १० लाख सङ्कलन भइसकेको समेत जानकारी दिनुभयो ।

 

 

संस्थापक अध्यक्ष श्रेष्ठका अनुसार सबै सदस्यको रु एक लाख बराबरको बिमा गरिएको छ भने आगामी दिनमा रोटरी क्लबसँगको सहकार्यमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ । ‘तन सहरमा, मन गाउँको विकासमा’ भन्ने भावनालाई मूर्तरूप दिन समाजले ‘प्रगतिको आधारः बुटवल–रामपुर कारोबार’ अभियान पनि सञ्चालन गर्ने भएको छ । यस अभियानमार्फत गाउँका उत्पादन सहरमा र सहरको पुँजी गाउँमा प्रवाह गर्ने लक्ष्य लिइएको संस्थापक अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

 

 

समाजको बुधबार बुटवलमा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनमा पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद सन्दीप रानाले समाजले देखाएको सक्रियता र जन्मभूमिप्रतिको समर्पणको प्रशंसा गर्नुभयो । उहाँले जहाँ रहे पनि आफ्नो ठाउँका लागि योगदान गर्नुपर्नेमा जोड दिँदै समाजसँग सहकार्य गर्न आफू सधैँ तयार रहेको बताउनुभयो ।

 

 

त्यस्तै मणिमुकुन्द सेन उद्यान परिषद्का अध्यक्ष माधव नेपालले सामाजिक काममा निरन्तर सक्रिय रहने संस्थालाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । अधिवेशनका अवसरमा वरिष्ठ फिजिसियन डा पुष्पराज जोशीले स्वास्थ्य सचेतनासम्बन्धी प्रशिक्षण दिनुभयो । लुम्बिनी वाणिज्य क्याम्पसका सहप्राध्यापक रोमनाथ शर्माले क्षमता अभिवृद्धि विषयमा सहजीकरण गर्नुभएको थियो ।

 

 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा संसदीय समिति सभापति राजु श्रेष्ठ, रामपुर नगर प्रमुख रमणबहादुर थापा, रोटरी क्लब अफ रामपुरका कृतनाथ श्रेष्ठ तथा उद्योग वाणिज्य सङ्घ रामपुरका अध्यक्ष भोजेन्द्र ढकाललगायतले रामपुरको विकासका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

 

 

अधिवेशनले वृन्दादेवी भट्टराई आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा हरिहर भण्डारी, महिला उपाध्यक्षमा मञ्जु बास्तोला, महासचिवमा गणेश सेढाइँ, उपमहासचिवमा देवराज खनाल, सचिवमा ध्रुव कँडेल, कोषाध्यक्षमा लक्ष्मीदेवी अर्याल र सहकोषाध्यक्षमा खुमबहादुर राना चयन हुनुभएको छ ।

 

 

नवनिर्वाचित कार्यसमितिले संस्थापक अध्यक्ष श्रेष्ठ तथा सल्लाहकारहरुलाई सम्मान गर्दै संस्थाको योगदानको कदर गर्दै सम्मान गरेको थियो । विसं २०८० मङ्सिर ४ गते स्थापना भएको यस समाजमा हाल १२५ जना सदस्य आबद्ध छन् । पूर्वी पाल्पाका पाँच पालिकाबाट रुपन्देहीमा आएर बसोबास तथा व्यवसाय गरिरहेका व्यक्तिहरूलाई एकताबद्ध गर्दै समाजले सामाजिक, शैक्षिक र आर्थिक क्षेत्रमा उल्लेखनीय पहल गर्दै आएको छ ।

 

 

समाजले रुपन्देहीका विभिन्न पालिकाका जनप्रतिनिधिहरुसँग पनि अन्तक्र्रिया र सुझाव सङ्कलन गरेको छ । प्रदेशका पूर्वस्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याललगायतसँग विभिन्न समयमा अन्तक्र्रिया गर्नुका साथै सुझाव सङ्कलन गरिएको नवनिर्वाचित अध्यक्ष आचार्यले बताउनुभयो । साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नवनिर्वाचित अध्यक्ष आचार्यले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९