आलेखः आफ्नै पखेरामा ‘सुन’ फलाउँदैछन् किसान

दैलेख, सपनाको खेती गर्न सात समुद्र पार गरेर परदेशको तातो बालुवामा पसिना बगाउन जाने युवाहरूको लर्को लागिरहेका बेला दैलेखको गुराँस गाउँपालिकाका कृषकहरूले भने आफ्नै पाखा–पखेरामा ‘सुन’ फलाएर मुलुकलाई नै नयाँ सन्देश दिएका छन् ।

 

 

कुनै समय बाँझो रहेका, काँडाघारीले भरिएका र केबल घाँस–दाउरामा मात्रै सीमित यहाँका राता माटाका गहहरू अहिले लटरम्म फलेका सुन्तला र दानादार आलुका कारण पहेँलपुर र मनमोहक देखिएका छन् । आफ्नै माटोको सुगन्धमा रमाउँदै यहाँका किसानहरूले करोडौँको आम्दानी गरेर गाउँमा खुसीको रङ भरेका छन् ।

 

 

वैदेशिक रोजगारीको मृगतृष्णालाई तिलाञ्जली दिएर माटोसँग अटुट साइनो गाँस्नुभएका गुराँस गाउँपालिकाका १८ जना जाँगरिला कृषकहरूको समूहले यतिबेला जिल्लामै ठूलो कृषि क्रान्ति ल्याएका छन् । वार्षिक करिब रु तीन करोडभन्दा बढी आम्दानी गाउँमै भित्र्याएर उनीहरूले कृषिलाई निर्वाहमुखी पेशा मात्र नबनाई सम्मानित र आकर्षक व्यवसायका रूपमा स्थापित गरेका छन् ।

 

 

यस कृषि अभियानका एक सशक्त र बलिया खम्बा हुनुहुन्छ, गुराँस गाउँपालिका–६ का कृष्ण आरसी । उहाँलाई देख्दा लाग्छ, यदि मानिसमा अठोट, धैर्यता र जाँगर हुने हो भने माटोले कहिल्यै कसैलाई धोका दिँदैन । आरसीले यस वर्ष मात्रै सबै लगानी र खेतीको खर्च कटाएर २७ लाख रुपैयाँ चोखो नाफा आर्जन गर्नुभएको छ । यो सफलताको पछाडि उहाँको अहोरात्रको खटाइ र माटोसँगको अनन्य प्रेम लुकेको छ ।

 

 

 

उहाँले यस वर्ष मात्रै २०० क्विन्टल सुन्तला प्रतिकिलो रु ८० का दरले बिक्री गरी रु १६ लाख आम्दानी गर्न सक्षम हुनुभयो । त्यति मात्र होइन, आलु र अन्य फलफूल खेतीबाट रु १२ लाख प्राप्त गर्नुभयो । उहाँले फलफूल र तरकारी मात्र नभई तिनका बीउ बिक्री गरेर पनि आम्दानी गर्नुभएको छ । करिब ३० रोपनी जग्गालाई हराभरा व्यावसायिक कृषि फार्ममा बदल्नुभएका आरसीले यसै वर्ष कृषि विकास कार्यालयलाई रु पाँच लाख र राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनालाई रु १० लाख बराबरको उच्च गुणस्तरको बीउ बिक्री गर्नुभएको छ । उहाँको सफलताको चर्चा अहिले गाउँदेखि सहरसम्म हुने गरेको छ ।

 

 

आफ्नो सफलताको सूत्र सुनाउँदै आरसी भन्नुहुन्छ, “विदेश जाने भनेको गाउँमै बसेर काम गर्न नचाहने वा आफ्नै देशको माटोको शक्ति नबुझेर मात्रै हो । जाँगर चलाउने हो भने यहीँको माटोमा सुन फल्छ ।” यही माटोको कमाइले आज सुर्खेतमा भव्य घर, १० वटा घडेरी र दुईवटा गाडी जोड्न उहाँ सफल हुनुभएको छ । यो कुनै पनि देशको रोजगारीको कमाइभन्दा कम छैन । उहाँले कृषि विकास कार्यालयले फलफूल बगैँचा स्थापनादेखि सिँचाइका पोखरी र पाइपलाइनसम्म पु¥याएको प्राविधिक र आर्थिक सहयोगको खुलेर प्रशंसा गर्नुभयो ।

 

 

गुराँस गाउँपालिका–५ मा रहेको लहरा बस्ती अहिले आलुको बीउको लागि जिल्लाभर मात्र नभई कर्णाली प्रदेशमै प्रसिद्ध छ । यहाँ उत्पादन हुने बीउको गुणस्तर राम्रो भएकाले कृषकहरूले बजार खोज्दै भौँतारिनुपर्ने अवस्था छैन, बरु ग्राहकहरू खेतमै आइपुग्छन् । विगत २२ वर्षदेखि यही माटोमा रमाउँदै आउनुभएकी प्रतीक्षा राना बिसीको अनुभवमा यहाँको बीउको माग दैलेखका ११ वटै स्थानीय तहमा उच्च छ । उहाँले वार्षिक १७ क्विन्टल बीउ आलु रोप्नुहुन्छ, जसबाट ८० देखि ९० क्विन्टलसम्म उत्पादन लिने गर्नुभएको छ ।

 

 

आलुसँगै उहाँले काउली, बन्दा र केराउ खेतीलाई पनि व्यावसायिक रूपमा अगाडि बढाउनुभएको छ, यसबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको छ । सफलताका बीच केही भौतिक चुनौतीहरू बाँकी रहेको उहाँ बताउनुहुन्छ । बिसीले भन्नुभयो, “हाम्रो उत्पादनलाई सबैले राम्रो मान्नुहुन्छ, तर उत्पादन बोकेर गाडी पुग्ने सडकसम्म पु¥याउन निकै सास्ती छ । सडक र सिँचाइको उचित प्रबन्ध भइदिए हामी उत्पादनलाई अझै व्यापक बनाउने थियौँ ।”

 

 

किसानहरूको यो लोभलाग्दो मिहनत र गाउँमै भइरहेको आम्दानीको चर्चा चुलिएपछि कर्णाली प्रदेश सरकारका सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले यही वैशाख १२ गते लहरा बस्तीको स्थलगत अनुगमन गर्नुभएको थियो । किसानहरूले आफ्नै गाउँमा उदाहरणीय काम गरेको थाहा पाउनासाथ उहाँ जिल्लाका कृषिसँग सम्बन्धित सरोकारवाला निकाय, प्राविधिक र विज्ञहरूको टोली लिएर किसानको खेतबारीमै पुग्नुभएको थियो ।

 

 

अनुगमनका क्रममा किसानहरूका समस्या, गुनासो र मागहरूलाई नजिकबाट सुन्नुभएका सभापति खत्रीले किसानहरूको मेहेनत देख्दा आफू निकै प्रभावित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरूले जमिनलाई सुनमा बदल्नुभएको छ, यो सिङ्गो कर्णालीका लागि गौरवको विषय हो । किसानका कुरा सुनिसकेपछि उहाँले कृषिका पूर्वाधार, सडक र सिँचाइमा देखिएका समस्या समाधान गर्न आफूले प्रदेश सरकारको तर्फबाट सकेसम्म पहल गर्ने र वास्तविक किसानको पसिनाको कदर हुने गरी योजनाहरू ल्याउने प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

 

बीउ आलु उत्पादनमा अर्का चम्किला पात्र हुनुहुन्छ, सोही गाउँका विराज राना । उहाँले सरकारी कार्यालय र विभिन्न कृषि परियोजनाहरूलाई मात्रै लाखौँको बीउ बिक्री गर्नुहुन्छ । उहाँको वार्षिक कारोबार करिब रु ३५ लाख बराबरको छ ।त्यसैगरी, विगत २५ वर्षदेखि निरन्तर कृषि कर्ममा होमिनुभएका विनोदबहादुर रोकायको कथा पनि उत्तिकै प्रेरणादायी छ । सुन्तला र आलुको मिश्रित खेतीबाट उहाँले वार्षिक रु १० लाखभन्दा बढी बचत गर्नुहुन्छ । उहाँले विगतका दुःखका दिनहरू सम्झँदै भन्नुभयो, “पहिले हामी बीउका लागि महँगो मूल्य तिरेर नेपालगञ्ज धाउनुपथ्र्यो तर अहिले हामी आफैँले गाउँमै सस्तो र गुणस्तरीय बीउ उत्पादन गरेर अरूलाई वितरण गरिरहेका छौँ, यसले हामीलाई आत्मसन्तुष्टि दिएको छ ।” रोकायले पनि कृषिकै आम्दानीबाट सुर्खेतमा घर र सात वटा घडेरी जोड्न सफल भएको जानकारी दिनुभयो ।

 

 

कृषि विकास कार्यालय दैलेखका निमित्त प्रमुख दशरथ पाण्डेले किसानहरूको यो सक्रियताले कार्यालयको शिर उँचो बनाएको बताउनुभयो । उहाँका अनुसार वास्तविक किसानको पहिचान गरेर प्रोत्साहनको लागि कृषिबाट हुने प्राविधिक सहयोग मात्र गर्दा पनि यति ठूलो नतिजा निस्कनु सुखद पक्ष हो । पाण्डेले थप्नुभयो, “युवाहरू मलेसिया वा खाडीमा पसिना बगाउन जानुभन्दा आफ्नै गाउँमा व्यावसायिक बन्ने हो भने मुलुक समृद्ध हुन समय लाग्दैन । “कार्यालयले किसानहरूको सुविधाका लागि रु २५ लाखको अनुदानमा बीउ भण्डारण भवन समेत निर्माण गरिदिएको छ । गुराँस गाउँपालिका वडा नम्बर ४ र ५ मा कृषि विकास कार्यालयले बीउलाई सुरक्षित राख्न २५–२५ लाखको बीउ भण्डारण भवन बनाइदिएको छ

 

 

कृषिविज्ञ झलक भण्डारीले यसलाई स्वास्थ्य र समृद्धिसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै जग्गामा फलेको अर्गानिक उपजले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ र क्यान्सर जस्ता घातक रोगबाट बच्न सहयोग गर्छ । गुराँसका कृषकहरूले स्वास्थ्य र आम्दानी दुवैलाई सँगै लैजानुभएको छ ।”

 

 

अहिले यहाँका सुन्तला र आलुले सुर्खेत, दैलेख, चुप्रा र डुङ्गेश्वरलगायतका ठूला बजारहरूको माग धानी रहेका छन् । किसानहरू करोड पति मात्र बन्नु भएको छैन, उहाँहरूले समाज लाई हेर्ने दृष्टिकोण नै परिवर्तन गरिदिनुभएको छ । गुराँस र डुङ्गेश्वरका यी पौरखी किसानहरूको सफलताले एउटै सन्देश दिएको छ–पसिना बगाउन जान्ने हो भने आफ्नै गाउँको माटोले सुनको फल दिन्छ । प्रदेश सरकार र सरोकारवाला निकायले सडक र सिँचाइको समस्यालाई समयमै सम्बोधन गरी दिने हो भने लहरा बस्तीको यो खुसी अझै धेरै गुणा फैलिने निश्चित छ ।नवीन रिजाल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९