माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम

ढोरपाटन (बागलुङ), बागलुङको जैमिनी नगरपालिका–३ देरालीखानी माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत धारणा निर्माण गरिएको छ । गोर्खा वेलफेयर ट्रस्ट नेपालको सहयोग र जनश्रमदानबाट प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरिएको हो । गोर्खा वेलफेयरको रु ३६ लाख र स्थानीयको रु नौ लाखको श्रमदान गरी कुल रु ४५ लाख लागतमा देउराली खानी गाउँका प्रत्येक घरमा धारा निर्माण गरिएको देउरालीखानी माझगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वेदबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

 

 

खानेपानीको स्रोत नजिकै भए पनि सहज पहुँच नहुँदा वर्षौँदेखि स्थानीयले समस्या भोग्दै आएका थिए । माझगाउँभन्दा माथिको छरछेरे मुलबाट पानी सङ्कलन गरी पाइप लाइनमार्फत घरघरमा पु¥याइएको उहाँको भनाइ छ । दुई हजार लिटरका दुई र पाँच हजार लिटर क्षमताका दुई ट्याङ्की निर्माण गरी गाउँमा पानी झारिएको अध्यक्ष छन्त्यालले बताउनुभयो । हरेक स्थानीयको घरमा अहिले पार्यप्त पानी पुगेको उहाँको भनाइ छ । “गाउँमा खानेपानीको निकै समस्या थियो, यो समस्या समाधानका लागि लामो समयदेखि प्रयास गर्दै आएका थियो”, अध्यक्ष छन्त्यालले भन्नुभयो, “घरमा पानीका धारा बनेपछि गाउँले सबै खुसी भएका छौँ, यसले हाम्रो दैनिकी नै फेरिने अपेक्षा छ ।”

 

 

विसं २०५३ मा कादुरी संस्थाले निर्माण सार्वजनिक धाराबाट अहिलेसम्म स्थानीयले खानेपानी उपभोग गर्दै आएका थिए । एउटा धाराबाट धेरै उपोक्ताले पानी भर्दा घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता थियो । एक घर, एक धारा बनेपछि सहज भएको स्थानीय मनकुमारी छन्त्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा धाराबाट धेरै परिवारका मान्छेले पानी उपभोग गर्दा कति समस्या भोगे हौँला ?, अब त त्यो समस्या कहिल्यै आइपर्ने छैन, बिहानै उठ्यो, पानीकै चिन्ता, साँझ प¥यो पानीकै चिन्ता, अहिले बल्ल हाइसञ्चो भयो, अब त जतिबेला चाइयो, त्यतिबेला आँगनको धारा खोलेर पानी भर्न पाएका छौँ ।”

 

 

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले खानेपानी समस्या भएका गाउँ बस्तीमा पालिकाले सहजीकरण गरेर समस्या समाधान गर्न थालेको बताउनुभयो । नगरपालिकाका कतिपय गाउँबाट खानेपानीको समस्याका कारण बसाइँसराइसमेत भएको भन्दै अब कुनै पनि नागरिक स्वच्छ खानेपानीबाट वञ्चित नहुने उहाँको भनाइ छ । सानातिना खानेपानी समस्या भएको स्थानमा पालिकाले नै समस्या समाधान गरको भन्दै ठूला योजना विभिन्न सङ्घसंस्था तथा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको उपप्रमुख शर्माले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९