खरायो पैँचो कार्यक्रमः किसानलाई खरायोका बच्चा सहयोग

तनहुँ,  र्याबिट कन्र्सन नेपालको सहयोगमा यहाँका ११ किसानलाई आइतबार तीनवटाका दरले ३३ वटा खरायोका बच्चा सहयोग गरिएको छ ।कन्र्सनकी निर्देशक पूजा पौडेलले वडाध्यक्ष वसन्तबहादुर आलेलाई केजसहित क्यालिफोर्निया जातको खरायोका बच्चा हस्तान्तरण गर्नुभएको हो । खरायो पैँचो कार्यक्रम नेपालमै पहिलोपटक यस क्षेत्रमा सुरुआत गरिएको र आउँदा दिनमा विस्तार गर्दै लैजाने योजना रहेको निर्देशक पौडेलले बताउनुभयो ।

 

 

उहाँले भन्नुभयो, “यस कार्यक्रमअन्तर्गत खरायोले बच्चा जन्माएपछि तीनवटा उक्त संस्थालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ, बाँकी रहेका खरायो आफूखुसी बिक्रीका साथै उत्पादन वृद्धि गर्न सकिनेछ ।”यसरी फिर्ता गरिएका खरायोका बच्चा पुनः अन्यत्र सहयोग गरिने सो संस्थाले जनाएको छ । केही वर्षअघि खरायोका मासु बिक्री नभएर किसान चिन्तित भएको अवस्थामा अहिले मागअनुरूप पूर्ति गर्न नसकिएको र्याबिट कन्र्सन नेपालका संरक्षक किरण पौडेलले बताउनुभयो । पोथी खरायोले छ महिनामा भाले लिन तयार हुन्छन्, एकपटकमा चार वटादेखि बाह्र वटासम्म बच्चा जन्माउन सक्ने क्षमता हुन्छ ।

 

 

 

भाले लिएको ३० दिनभित्र पोथी खरायो ब्याएपछि नौ÷दश दिनसम्म दूध खुवाउनुपर्छ, त्यसपछि घाँस, मकै र पानी खुवाएर पाल्न सकिन्छ । उहाँले भन्नुभयो, “चार महिनामा दुईदेखि पाँच किलोग्रामसम्म तौल हुने र जिउँदो प्रतिकिलोग्राम २५० देखि ३०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।”

 

 

 

गरिबी निवारणका लागि व्यावसायिक रुपमा अघि बढाउन संस्थाको लगानीमा किसानलाई केजसहित खरायोका बच्चा सहयोग गरिएको संरक्षक पौडेलले बताउनुभयो । अन्य पशुको तुलनामा खरायोको मृत्युदर कमी हुन्छ । विश्वमै पाइने चारखुट्टे जनावरमध्ये यसको मासु उत्तम र फाइदाजनक मानिन्छ ।

 

 

 

किन पाल्ने खरायो ?

थोरै लगानीबाट सुरु गर्न सकिने व्यवसायका रूपमा खरायोपालनलाई लिन सकिन्छ । कम मिहिनेत र सानो क्षेत्रफलमा व्यवसाय सञ्चालन गर्न सकिने भएकाले निम्न वर्गका मानिसले पनि खरायो पाल्न र आम्दानी लिन सक्नेछन् । पाहुना सत्कार एवं आम्दानीको स्रोत, घरायसी आहारा (घाँस एवं अन्नपात), बहुआयामिक उपयोग (मासु, छाला, ऊन, मल) प्रयोग गर्न सकिने र्याबिट कन्र्सन नेपालका संरक्षक किरण पौडेलले बताउनुभयो ।

 

 

स्थानीय सामग्रीबाट खोर निर्माण गर्न सकिने थोरै माउ खरायोबाट निरन्तर उत्पादन हुने, कुपोषणको अन्त्य र गरिबी निवारणमा सघाउ पुग्नुका साथै रोजगारीको सरल माध्यमका रूपमा यस व्यवसायलाई लिन सकिन्छ । मासु आयात प्रतिस्थापन गर्दै निर्यातको समेत सम्भावना रहेकाले भावी दिनमा मासु, ऊन र छालाजन्य हस्तकला उद्योग सञ्चालन गर्न सकिने अपेक्षा गरिएको छ ।

 

 

खरायो मासुका बिशेषता

मासु स्वादिलो एवं स्वस्थकरका साथै सेतो मासु वर्गमा प्रमुख, सुपाच्य प्रोटिनको प्रचुरता र न्यून कोलेस्ट्रोल एवं चिल्लो पदार्थ पाइने संरक्षक पौडेल बताउनुहुन्छ । न्यूनतम क्यालोरी ओमेगा–३ को स्रोत प्रशस्त पाइन्छ । मानव शरीरका लागि आवश्यक क्याल्सियम, फस्फोरस पोटासियम, आइरनको उपलब्धता हुन्छ भने मुटु, दम, मधुमेहलगायत रोगमा लाभदायी हुने भएकाले खरायोको मासुको माग बढ्दो अवस्थामा रहेको पाइन्छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९