आलेख : जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ,   विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’ रुपमा लिइन्थ्यो । वैशाख–असार पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा सङ्कलन गरी वर्षभरि घर खर्च चलाउने माध्यमको रुपमा पहिचान गरिएको थियो । तर, पछिल्ला वर्षका तथ्याङ्कले यार्सागुम्बाबाट हुने आम्दानी लगातार घट्दो क्रममा हुँदा हजारौँ हिमाली नागरिकको आयआर्जन र जीविकोपार्जनमा प्रत्यक्ष असर पर्न थालेको छ ।

 

विकट क्षेत्र मनाङ औषधीय कच्चापदार्थको उत्पादनको केन्द्र हो । औषधीय जडिबुटी उत्पादनमा आत्मनिर्भर मानिन्छ । आम्दानीको प्रमुख स्रोतको रुपमा रहेको औषधीय जडिबुटी केही वर्षयता घट्दो क्रममा छ । मुख्य आयस्रोतमा प्रभाव पर्दा यहाँका स्थानीयमा चिन्तामा छन् । पहिले प्रशस्त पाइने हिमाली क्षेत्रमा अहिले यार्सागुम्बा दुर्लभ बन्दै गएको स्थानीयवासी बताउँछन् । तापक्रम बढ्दै जाँदा हिमाली भूभागको चिसोपन घटेको छ, जसले यार्सागुम्बाको वृद्धि र विकासमा प्रत्यक्ष असर पु¥याएको छ । करिब पाँच वर्षको तथ्याङ्कका आधारमा वार्षिक रुपमा यार्सागुम्बा उत्पादन तथा सङ्कलन कार्य घटेको पाइएको अन्नपूर्ण संरक्षण क्षेत्र एकाई (एक्याप) कार्यालय मनाङले जनाएको छ ।

 

विगतको तुलनामा यार्सागुम्बाको उत्पादन घटेको एक्यापको तथ्याङ्कले प्रष्ट पारेको छ । एक्यापका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ४० दशमलव पाँच किलोग्राम सङ्कलन गरिएको छ भने यार्सागुम्बा बिक्रीबाट रु.१२ लाख १५ हजार राजश्व सङ्कलन भएको छ । यार्सा सङ्कलनकले मूल्य अभिवृद्धि कर (भ्याट) रु.एक लाख ५७ हजार ९५० तिरेका छन् । पालिकालाई १० प्रतिशतका दरले रु.छ लाख सात हजार ५०० पालिकालाई दस्तुर बुझाउनुपर्ने प्रावधान छ भने १० प्रतिशतकै दरले रु.चार लाख पाँच हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएएमए)लाई दस्तुर बुझाउने गरिएको छ ।

 

 

आव २०७८÷७९ मा १०७ दशमलव ०५२ किलो बिक्री गरी रु.३२ लाख ६१ हजार ८४० राजश्व सङ्कलन भएको छ । यस आवमा मात्रै रु.तीन लाख ६७ हजार ६६१ भ्याट तिरेको छ । पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई रु.१० लाख ७० हजार ५२० दस्तुर बुझाएको छ । आव २०७९÷८० मा ८२ दशमलव दुई किलोग्राम यार्सागुम्बा बिक्री गर्दा रु.२५ लाख ४८ हजार २०० राजश्व सङ्कलन भएको एक्यापले जनाएको छ ।

 

 

एक्यापका अनुसार पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई यार्सा सङ्कलनवापत रु.आठ लाख ३४ हजार ५०० दस्तुर बुझाइएको छ । यस आवबाट दोहोरो भ्याट तिर्नुपर्ने बाध्यतालाई ध्यान दिदै भ्याट बुझाउनुपर्ने प्रावधान हटाइएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । आव २०८०÷८१ मा ७२ दशमलव ५४२ किलोग्राम यार्सागुम्बा बिक्रीबाट रु.२२ लाख ४८ हजार ९०२ आम्दानी भएको छ । पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई रु.सात लाख २५ हजार ४५० दस्तुरवापतको रकम बुझाइएको छ ।

 

आव २०८१÷८२ मा ५१ दशमलव ८६३ किलोग्राम यार्सा बिक्रीबाट रु.१५ लाख ९८ हजार ३६० आम्दानी भएको छ । पालिकालाई रु.पाँच लाख २४ हजार ९०० र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई रु.पाँच लाख १९ हजार ९०० दस्तुर तिरेको छ । आव २०८२÷८३ फागुनसम्ममा ४७ दशमलव आठ किलो यार्सा बिक्रीबाट रु.१४ लाख ८१ हजार ८०० राजश्व सङ्कलन भएको छ । पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई रु.चार लाख ७८ हजार दस्तुर बुझाएको छ ।

 

आव २०७७÷७८ देखि २०८२÷०८३ (फागुनसम्म) को तथ्याङ्क अनुसार यार्सागुम्बा संकलन र बिक्रीबाट प्राप्त राजस्वमा उल्लेखनीय गिरावट आएको छ । आव २०७८÷७९ मा सबैभन्दा धेरै १०७.०५२ किलो यार्सागुम्बा सङ्कलन हुँदा रु.३२ लाख ६१ हजार ८४० राजस्व संकलन भएको थियो । तर, त्यसपछि प्रत्येक वर्ष यार्सा सङ्कलन मात्रा र आम्दानी दुवै घट्दै गएको देखिन्छ । आव २०८२÷०८३ को फागुनसम्म आइपुग्दा सङ्कलनको मात्रा ४७ दशमलव आठ किलोमा झरेको छ भने राजस्व रु.१४ लाख ८१ हजार ८०० सीमित भएको छ । तथ्याङ्कका अनुसार पाँच वर्षमा कुल ४०१.९५७ किलो यार्सागुम्बाबाट रु.एक करोड २३ लाख ५४ हजार १०२ राजस्व सङ्कलन भएको छ ।

 

राजस्वमा गिरावट

यार्सागुम्बाबाट स्थानीय तह र संरक्षण क्षेत्रले दस्तुरमार्फत राजश्व उठाउने गरेका छन् । पाँच वर्षको तथ्याङ्कअनुसार रोयल्टी र दस्तुरबाट प्राप्त रकम पनि घट्दो क्रममा छ । आव २०७८÷७९ मा मात्रै ग्रामीण पालिका तथा संरक्षण व्यवस्थापन समितिले १०–१० लाख रुपैयाँभन्दा बढी दस्तुर सङ्कलन गरेका छन् । तर, अहिले त्यो रकम आधाभन्दा कम भएको छ । यसले स्थानीय सरकारको विकास बजेटमा समेत असर पारेको छ । हिमाली क्षेत्रका धेरै पालिकाले सडक, शिक्षा र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न यार्सागुम्बा राजश्वमा निर्भर छ ।

 

यार्सागुम्बाबाट जीविकोपार्जन

हिमाली क्षेत्रका स्थानीयले यार्सागुम्बा सङ्कलनलाई मौसमी आयको रुपमा लिन्छन् । यहाँको प्रमुख मौसमी आम्दानीको स्रोत यार्सागुम्बा हो । यहाँका स्थानीयवासीले यार्सागुम्बा सङ्कलन र बिक्री जीविकोपार्जनको स्रोतको रुपमा उपयोग गर्दै आएका छन् । विशेष गरी मनाङलगायत डोल्पा, मुगु, मुस्ताङ, रुकुम पूर्व, गोर्खा र म्याग्दीका उच्च भेगका परिवारले यार्सागुम्बा बिक्री गरी जीविकोपार्जनका लागि आयस्रोतको रुपमा प्रयोग गर्दछन् ।

 

यस क्षेत्रका मानिसले शिक्षा, स्वास्थ्य र दैनिकी चलाउन यसबाट आएको आम्दानीबाट खर्च चलाउँदै आएका छन् । तर, उत्पादन घटेसँगै स्थानीयको आर्थिक अवस्था प्रभावित हुन थालेको छ । पहिले एक सिजनमा लाखौँ आम्दानी गर्ने परिवार अहिले ऋण लिएर दैनिक खर्च धान्न बाध्य भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । यार्सागुम्बा संरक्षणका लागि वातावरण संरक्षण, दिगो संकलन प्रणाली र जलवायु परिवर्तन न्यूनीकरणका उपाय तत्काल लागू गर्न आवश्यक छ । प्राकृतिक सम्पदाको संरक्षण भए मात्र हिमाली जनजीवन र अर्थतन्त्र सुरक्षित रहन सक्छ ।

 

जलवायु परिवर्तनको असर

असामान्य तापक्रम वृद्धि, हिमपातमा कमी, वर्षाको अनियमितता तथा वातावरणीय सन्तुलन बिग्रिनुले यार्सागुम्बा उम्रिने प्राकृतिक चक्र प्रभावित भएको हो । स्थानीय यार्सा सङ्कलकका अनुसार हिमाली क्षेत्रमा हिउँ कम पर्नु, तापक्रम बढ्नु र चरन क्षेत्र सुक्दै जाँदा यार्सागुम्बा उत्पादनमा असर परेको छ । पहिला केही घण्टामै दर्जनौँ यार्सा भेटिन्थ्यो भने अहिले दिनभर खोज्दा पनि मुस्किलले तीन÷चार वटा मात्रै भेटिने गरेको स्थानीय राज गुरुङ बताउनुहुन्छ ।

 

“पहिला जस्तो यार्सा खोज्न सजिलो छैन । पहिला प्रसस्त भेटिन्थे । अहिले घण्टौँ पछि १÷२ वटा मात्रै पाइन्छ”, उहाँ भन्नुहुन्छ, “हिउँ नै पर्दैन अनि पानीको कमीले होला नि यस्तो भएको । अर्को वर्ष बढ्ला भन्यो झन् कम पो भेटिन्छ ।” यार्सागुम्बा उत्पादन घट्नुका कारण विज्ञहरूले जलवायु परिवर्तनलाई मुख्य कारण मानिरहेका छन् । यार्सागुम्बा चिसो र आद्र वातावरणमा उम्रने भएकाले तापक्रम वृद्धिले यसको प्राकृतिक चक्र प्रभावित भएको एक्यापका प्रमुख भुजेलले बताउनुभयो ।

 

संरक्षणमा चुनौती

विशेषज्ञका अनुसार अनियन्त्रित सङ्कलन, अत्यधिक भीड र चरिचरन व्यवस्थापनको अभावले पनि यार्सागुम्बा सङ्कटमा परेका छन् । सङ्कलन क्षेत्र व्यवस्थापन, निश्चित कोटा प्रणाली र वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा लागू नगरे भविष्यमा यार्सागुम्बा दुर्लभ हुनसक्ने चेतावनी दिइसकेका छन् । यस क्षेत्रमा भिरमा गएर यार्सागुम्बा सङ्कलन गर्न सङ्कलनकर्ता भेटिन मुस्किल भएको स्थानीय बताउँछन् ।

 

मनाङमा यार्सागुम्बा सङ्कलनका लागि स्थानीयका कमी भएसँगै डोल्पा, गोर्खा, धादिङलगायतका क्षेत्रबाट सङ्कलनकर्ता आउने गरेका छन् भने हाल कम हुँदै गएको स्थानीयको भनाइ छ । हिमाली भेगका बासिन्दाका लागि यार्सागुम्बा केबल जडीबुटी होइन, जीवन धान्ने आधार हो । तर, घट्दो उत्पादन र आम्दानीले अब यसको आधार कमजोर बन्दै गएको देखिन्छ । यार्सागुम्बा उत्पादन घट्दा हिमाली समुदायको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । धेरै परिवारको मुख्य आम्दानीको स्रोत नै प्रभावित भएकाले वैकल्पिक रोजगारीको आवश्यकता बढेको छ ।–नवीन लामिछाने/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सडक दुर्घटना, सुकुमवासी र नागरिक सुविधाबारे राष्ट्रियसभामा बहस

काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सडक दुर्घटना न्यूनीकरण, सुकुमवासी व्यवस्थापन, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा नागरिक सुविधासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।     सांसद कृष्णबहादुर रोकायले यही वैशाखमा रुकुम र अर्घाखाँचीमा भएका सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पहाडी क्षेत्रमा सडक सुरक्षा कमजोर हुनु,...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग

महेन्द्रनगर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गाैला खराब गएर उपचारत रहेकै बेला उहाँका १९ वर्षीय छोरा रोहित रानालाई ‘ब्लड क्यान्सर’ देखिएपछि स्थानीयले सहयोगको याचना...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९