सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौँ, महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्दै सार्वजनिक स्रोत–साधनको मितव्ययी तथा दिगो उपयोग सुनिश्चित गर्न क्षेत्रगत सुझाव दिएको छ ।महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनमा शासकीय प्रबन्ध, अर्थतन्त्र, सार्वजनिक वित्त र विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन क्षेत्रमा सुधार गर्न सरकारलाई सुझाव दिइएको छ ।

 

 

महालेखाले सार्वजनिक प्रशासनमा सूचना प्रविधिलाई कार्यसम्पादनसँग आबद्ध गरी ‘फेसलेस ब्यूरोक्रेसी’, विद्युतीय शासन र एकल सेवा केन्द्रको अवधारणालाई कार्यान्वयनमा ल्याउन सुझाएको छ ।विशिष्टीकृत कार्यका लागि कार्यसमयमा लचकता र उपयुक्त प्रोत्साहनसहित एकभन्दा बढी कार्यालयको जिम्मेवारी दिन सकिने व्यवसथा मिलाउन सुझाव दिँलै महालेखाले सेवाग्राहीप्रति शिष्ट, मर्यादित र जवाफदेही सेवा संस्कृति स्थापित गर्न स्पष्ट आचारसंहिताको कार्यविधि तुर्जमा गरी लागू गर्न सिफरिस गरेको छ ।

 

 

सेवा प्रवाहलाई प्रभावकारी बनाउन नागरिक सचेतना अभिवृद्धि गर्ने र नियमित पृष्ठपोषण प्राप्त गर्ने संयन्त्र विकास गर्न र सेवाग्राहीको समय र लागतलाई ध्यानमा राखी सेवा डिजाइन गर्नुपर्ने तथा प्रमाणयोग्य कागजातको प्रारम्भिक प्रशोधन निःशुल्क गर्न महालेखाले सुझाव दिएको छ ।
मौज्दात जिन्सी उपयोग सुनिश्चित गर्न सुझाव

सार्वजनिक निकायको स्वामित्वमा रहेका सबै प्रकारका सम्पत्तिको विवरण सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा अभिलेख गर्ने र नेपाल सार्वजनिक क्षेत्र लेखामानबमोजिम तयार गरिने वित्तीय विवरणमा खुलासा गर्ने व्यवस्था गर्न प्रतिवेदनमा सुझाव दिइएको छ ।

 

 

सार्वजनिक निकयको मौज्दातमा भएका जिन्सी सामग्री, यन्त्र–उपकरण र औजार किफायती मर्मत गरेर उपयोग हुन नसक्ने यकिन गरेपश्चात मात्र नयाँ खरिद गर्ने व्यवस्था गर्न तथा सम्पन्न वा विघटित आयोजनाको यन्त्र–उपकरण र सम्पत्तिको अभिलेख गरी त्यस्ता मालसामान आवश्यक पर्ने निकायमा हस्तन्तरण गर्न महालेखाले सुझाएको छ ।

 

ल्यापटप, ट्याबलेटजस्ता उपकरणको प्रयोगकर्ता परिवर्तनपश्चात पुनः उपयोगमा नल्याइ नयाँ खरिद गर्ने प्रवृत्ति रोक्न सम्पत्तिको उपयोगी आयु तोकी सो अवधिभित्रै एकै प्रयोगकर्तालाई उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिइएको छ ।राष्ट्रिय महत्त्वका अभिलेख, नक्सा, सन्धि–सम्झौता र ऐतिहासिक दस्तावेजको अभिलेखीकरण र सुरक्षा गर्न ‘डिजिटाइजेसन’ लगायतका उपयुक्त विधि अपनाउन, सार्वजनिक र गुठी जग्गा अतिक्रमणमुक्त बनाइ उचित संरक्षण र उपयोग गर्न, मुआब्जा वितरण भइसकेका जग्गा अनिवायरूपमा सरकारी स्वामित्वमा ल्याई अभिलेख संरक्षण र उपयोगको व्यवस्था मिलाउन महालेखाले सरकारलाई सुझाव दिएको छ ।

 

यस्तै भन्सारमा जफत वा सार्वजनिक निकायमा प्रयोगविहीन अवस्थामा रहेका सवारी साधन समयमै मर्मत गरी उपयोग गर्ने वा लिलाम÷हस्तान्तरण गर्ने व्यवस्था गर्न, सामुदायिक वनका उपभोक्ता समूहले सङ्कलन गरेको काठ, दाउराको उपयोग र बिक्रीसम्बन्धी स्पष्ट व्यवस्था गरी समूहका सदस्यले उपयोग र बिक्री गर्ने परिणाम र सीमा तोक्न भनिएको छ ।

 

 

महालेखाले कुनै सार्वजनिक निकाय/कार्यालय एकअर्कामा गाभिएमा वा टुक्रिएमा वा खारेज भएमा साविकको निकाय/र्यालयमा रहेका जिन्सी, स्रेस्तालगायतका कागजात जिम्म रहने निकाय/कार्यालयको निक्र्यौल त्यस्तो निर्णय गर्दाको बखत नै हुनुपर्ने ठहर गरेको छ । सो नगर्ने निकाय/कार्यालयको प्रमुख वा जिम्मेवार अधिकृतलाई कानुनीरूपमा नै जवाफदेही बनाउन महालेखाले सुझाव दिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९