म्याग्दी, दोस्रो पोखरा कप प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ । गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा पर्वतलाई ७३ का विरुद्ध ८० स्कोर गर्दै म्याग्दी विजयी भएको हो ।
विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार र उपबिजेताले रु ३० हजर नगद पुरस्कार प्राप्त गरेका जिल्ला बास्केटबल सङ्घ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ जिल्ला बास्केटबल सङ्घले सहभागिता जनाएका थिए । गण्डकी प्रदेशका शिक्षा, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, सङ्घका अध्यक्ष धोजकुमार गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































