धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

धरान (सुनसरी),  धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड पिण्डेश्वर बाबाधाम आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।मुलुकका विभिन्न जिल्लाका साथै छिमेकी भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ आउने तीर्थालुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुहुन्छ ।

 

 

चारैतिर बाक्लो जङ्गल, वरपीपलका रुख र चौताराले घेरिएको विजयपुर डाँडामा अवस्थित यो मन्दिर पूजापाठका साथै घुमफिर र मानसिक शान्तिका लागि पनि यात्री बाबाधाममा आउने गरेका उहाँ बताउनुहुन्छ । विशेषगरी तराईमा तापक्रम बढ्दै जाँदा यहाँको शीतल वातावरण र हरियालीको आनन्द लिन टाढाटाढाबाट आन्तरिक पर्यटकको आउने गरेका गरेका छन् । मन्दिर परिसरबाट धरान बजार, चारकोशे जङ्गल र इटहरी क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

 

 

यहाँ पूजापाठ गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । धरान–१६ की पवित्रा श्रेष्ठ पिण्डेश्वर बाबाधाममा मागेको कुरा पूरा हुने विश्वासका कारण आफू नियमित रूपमा त्यहाँ भोलेबाबाको आराधनाका निम्ति जानेगरेको बताउनुहुन्छ । हरियाली र शान्त वातावरणले पनि उहाँलाई पिण्डेश्वर क्षेत्रले आकर्षित गर्छ ।

 

 

विराटनगरबाट शिवाराधनाका निम्ति परिवारसहित आउनुभएकी सुनिता श्रेष्ठ यहाँ पूजा गरेपछि मन शान्त हुने र सोचेका काम पूरा हुने बताउनुहुन्छ ।पुराणमा वर्णनभएअनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष भगवान् शिवले आफ्नो कण्ठमा धारण गर्नुभएको थियो । त्यसपछि निस्किएको अमृत भगवान् विष्णुले देवताहरूलाई मात्र पान गराउनुभएको र बाँकी रहेको अमृतको पिण्ड फालिएको स्थानमा पिण्डेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ । यहाँ अमृतपिण्डका रूपमा भगवान् शङ्करको पूजार्चना गरिन्छ ।

 

 

पिण्डेश्वर बाबाधाम समितिकी सदस्य रन्जिता कटुवालका अनुसार मन्दिरमा दैनिक सरदर एक हजारभन्दा बढी दर्शनार्थी आउने गरेका छन् । यो सङ्ख्या सोमबार र शनिबार भने तीन हजार नाघ्ने गरेको छ । पितृलाई प्रशन्न तुल्याउन श्राद्ध गर्नेहरूको पनि यहाँ उल्लेखनीय भीड हुने गरेको छ । साथै यहाँ आर्थिक गतिविधिले पनि गति लिएको छ ।

 

 

विगत २१ वर्षदेखि पसल सञ्चालन गर्दै आउनुभएकी इन्दिरा खड्काले शनिबार र सोमबार आफूहरूलाई भ्याइनभ्याई हुने बताउनुभयो । उहाँले दिङ्लाबाट रुद्राक्ष खरिद गरी आफैँ माला तथा डाली तयार गरेर बिक्री गर्दै आउनुभएको छ । हाल पिण्डेश्वर बाबाधाम परिसरमा त्यस्ता ३० वटा फूल पसल सञ्चालनमा छन् ।

 

 

बाहिरबाट हेर्दा पिण्डेश्वर मन्दिर साना देखिए पनि भित्र सानाठूला१० भन्दा बढी मन्दिर छन् । शिवालयको द्वारमा स्थापना गरिएको भीमकाय नन्दीको प्रतिमा, मन्दिरको पश्चिमतर्फ ऐतिहासिक पोखरी र इनार तथा त्यसको मध्यभागमा स्थापित देवी सरस्वतीको मूर्ति साँच्चै चित्ताकर्षक छ ।

 

 

विशेषगरी साउनको पहिलो र अन्तिमसोमबार, अष्टमी, कात्तिक पूर्णिमा, माघे सङ्क्रान्ति, महाशिवरात्रि तथा तीजजस्ता पर्वमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको छ । साउनमा खाली खुट्टा सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरबाबालाई अर्पण गर्ने भक्तहरूको पनि भीड लाग्ने गरेको छ । यसरी महादेवलाई जल चढाउँदा पाप पखालिने र मनोकामना पूरा हुने उनीहरूको विश्वास छ ।प्रत्येक छ वर्षमा चतरा धाममा लाग्ने ‘पिण्डेश्वर अर्धकुम्भ मेला’ तथा प्रत्येक १२ वर्षमा एक महिना सञ्चालन हुने ‘पिण्डेश्वर पूर्ण महाकुम्भ’ मा पनि असङ्ख्य भक्तजन यहाँ आउने गरेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९