नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति

सुरुङ्गा (झापा),  नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनःनिर्माणलाई तीव्रता दिने उद्देश्यले दुवै देशका अधिकारीबीच झापाको विर्तामोडमा संयुक्त समीक्षा बैठक सम्पन्न भएको छ ।नापी विभाग, सीमा शाखा काठमाडौँको आयोजनामा भएको बैठकमा पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङसँग जोडिएका सीमा क्षेत्रमा सञ्चालित फिल्ड कार्यको प्रगति मूल्याङ्कन गरिएको थियो । हालै सम्पन्न बैठकमा संयुक्त टोलीले पछिल्ला तीन महिनामा गरेका कामको विवरण प्रस्तुत गर्दै मर्मत गरिएका तथा पुनःनिर्माण आवश्यक रहेका सीमास्तम्भबारे जानकारी गराएको थियो ।

 

 

सीमासम्बन्धी प्राविधिक विषयमा नियमित रूपमा हुने बैठकले सीमाङ्कनको स्पष्टता कायम राख्न तथा सीमास्तम्भको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सीमा क्षेत्रमा देखिएका प्राविधिक समस्याको समाधान, आवश्यक समन्वय तथा आगामी कार्ययोजनाबारे पनि छलफल भएको थियो ।

 

 

नापी विभागका प्रमुख नापी अधिकृत हरेराम यादवले सीमास्तम्भको मर्मत र पुनःनिर्माणसम्बन्धी द्विपक्षीय समझदारीअनुसार अघि बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार फिल्डमा खटिएका संयुक्त प्राविधिक टोलीले स्थलगत निरीक्षणपछि तयार पारेका प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिने अभ्यास जारी छ ।

 

 

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले नेपाल–भारत सीमासम्बन्धी द्विपक्षीय फिल्ड कार्यअन्तर्गतको सर्भे बैठक बिर्तामोडमा सम्पन्न भएको जानकारी दिनुभयो । सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल उहाँको भनाइ छ ।

 

 

बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईं र अञ्जन न्यौपाने, नापी अधिकृत शिवप्रसाद लम्साल, डिभिजन वन अधिकृत नथुनी गोहीयारी यादव, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्का सहभागी हुनुहुन्थ्यो ।

 

 

त्यसैगरी, इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी उपरीक्षक कुलदीप चन्द, सशस्त्र प्रहरी नायब उपरीक्षक हेम पौडेल, डिभिजन वन अधिकृत राजकुमार खत्री, सहायक अनुसन्धान अधिकृत सुशान्त बराल तथा सशस्त्र प्रहरी उपरीक्षक केशवराज प्याकुरेलको सहभागिता थियो ।

 

 

ताप्लेजुङबाट सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, कार्यवाहक डिभिजन वन अधिकृत ललितकुमार यादव, प्रहरी नायब उपरीक्षक उमेश जोशी र सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठक सहभागी हुनुहुन्थ्यो । पाँचथरबाट प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, प्रमुख अनुसन्धान अधिकृत दुर्गाप्रसाद चापागाईं, प्रहरी नायब उपरीक्षक अनिशकुमार कर्ण, डिभिजन वन अधिकृत पशुपति दाहाल तथा सशस्त्र प्रहरी नायब उपरीक्षक चिरञ्जीवी प्रसाईंको उपस्थिति थियो ।

 

 

भारतीय पक्षबाट विहार राज्यको किशनगन्ज जिल्लाका ‘डिस्ट्रिक्ट मजिस्ट्रेट’ विशालराज, सशस्त्र सीमा बल (एसएसबी) का १९औँ बटालियनका कमान्डेन्ट योगेशकुमार सैनी, ३६औँ बटालियनका कमान्डेन्ट सञ्जीव कुमार, उपकमान्डेन्ट अभिजित दास, आठौँ बटालियनका कमान्डेन्ट वसन्त सामी तथा सर्वेक्षक अधिकृत सन्तोष प्रसाद र हिमाद्री शेखर चक्रवर्तीलगायत अधिकारी सहभागी हुनुहुन्थ्यो ।नेपाल र भारतबीच सीमासम्बन्धी प्राविधिक विषयमा समयसमयमा संयुक्त बैठक आयोजना हुने गरेका छन् । सीमास्तम्भको संरक्षण र व्यवस्थापनलाई व्यवस्थित बनाउँदै सीमावर्ती क्षेत्रमा पारस्परिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले बैठकले आगामी कार्ययोजनासमेत तय गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९