विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण

त्रिवेणी (नवलपरासी),  पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ । बौदीकाली–२ डेढगाउँका १५ परिवारलाई पाडी वितरण गरिएको हो ।गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठका अनुसार विपन्न परिचयपत्र प्राप्त गरेका परिवारलाई पाडी वितरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई वडाबाटै विनियोजित रु चार लाख ५० हजार बजेटबाट पशुपालनका लागि पाडी वितरण गरिएको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा आम्दानीको स्रोत वृद्धि गर्न पशुपालनलाई प्रोत्साहन गर्न ९० प्रतिशत अनुदानमा पाडी वितरण गरिएको हो ।

 

 

गत वर्ष पनि पाडी तथा बङ्गुर अनुदानमा वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । यस वर्ष पनि पाडी तथा केही परिवारलाई बाख्रासमेत वितरण गरिएको छ । केही दिनभित्र ९० बङ्गुरका बच्चा वितरणको तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।पशुपालनतर्फ स्थानीयलाई आकर्षित गर्दै आयआर्जनसँग जोड्नका लागि पालिकास्तरमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाइएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । “हामीकहाँ आयआर्जनका स्रोत कम छन् । यसलाई विस्तार गर्दै लैजाने योजनाअनुसार पशुपालनलाई समेत जोड दिँदै आएका छौँ । गत वर्ष बङ्गुर वितरण गरेकाले मासु उत्पादन पर्याप्त भयो, स्थानीयले आम्दानीसमेत राम्रो गरे । त्यसैले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।

 

 

गाउँपालिकाले दुग्ध उत्पादनलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ । जसअनुसार पशुपालन विस्तार गर्न इच्छुक किसानका लागि सहुलियत कृषि ऋणको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । स्थानीय वित्तीय संस्थासँगको समन्वयमा गाउँपालिकाले ९० प्रतिशत ब्याज व्यहोर्ने गरी ऋण कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

 

 

दुग्ध उत्पादनमा पनि पालिकाले अनुदान उपलब्ध गराउँदै आएको अध्यक्ष ओझाले बताउनुभयो । अकला दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गरेर उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । जसअनुसार प्रतिलिटर दूधमा सात रुपैयाँ ५० पैसा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । दूध सङ्कलन तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सहकारी संस्थालाई प्रतिलिटर रु दुई रुपैयाँ ५० पैसा सहयोग उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो ।

 

 

 

कालीगण्डकी करिडोर निर्माण भएपछि यातायातको पहुँच वृद्धि भएकाले पशुपालन गरी पशुजन्य उत्पादन बढाउनसके सहजै बजार पुर्याउन सकिने हुँदा यसलाई प्राथमिकता दिइएको अध्यक्ष ओझाले बताउनुभयो । “अहिले बाटोको सुविधा भएको छ । सजिलै नजिकका ठूला बजारमा यहाँ उत्पादन गरिएका वस्तु पुर्याउन सकिन्छ । यसकारण कृषि र पशुपालनलाई जोड दिँदै उत्पादन बढाउने योजनामा लागेका छौँ । यसले यहाँका स्थानीयको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने विश्वास छ”, उहाँले भन्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९