‘प्राज्ञिक अनुसन्धानले सुशासन र पारदर्शितामा सघाउँछ’

काठमाडौँ, अनुसन्धान क्षेत्रका विज्ञहरूले प्राज्ञिक अनुसन्धानले देशको शैक्षिक विकासका अतिरिक्त मुलुकको बृहत्तर क्षेत्रको दिगो विकासका साथै सुशासन र पारदर्शीताको स्थापनामा समेत सहयोग पुर्‍याउने बताएका छन् । उनीहरुले वैज्ञानिक विधि अपनाएर गरिएका यस्ता अनुसन्धानहरुबाट प्राप्त निष्कर्ष एवं सुझावहरुले नीतिनिर्माण, योजना तर्जुमा र विकासका कार्यक्रमहरू निर्माण तथा सञ्चालन गर्न सहयोग पुग्ने धारणा राखेका हुन् ।

 

 

नेपाल फिलोसफिकल रिसर्च सेन्टर (एनपिआरसी) र अनुसन्धानदाता समाजद्वारा भक्तपुरमा आयोजित अनुसन्धानदाताहरुको दुईदिने दोस्रो राष्ट्रिय सम्मेलनको समापनका अवसरमा आज धारणा राख्दै उनीहरुले शिक्षा, स्वास्थ्य, कृषि, समाज, राज्यको सेवा प्रवाहको आवश्यकता र अवस्था, प्रविधि, वातावरण लगायतका कैयाँै क्षेत्रमा गरिने अनुसन्धानले विद्यमान समस्याको पहिचान गरी समाधानका नयाँ उपाय सुझाउने हुन् ।

 

 

यसले राज्यका सरकारी निकाय, निजी क्षेत्र तथा सबै सरोकारवालाहरूलाई सही नीतिनिर्माण गर्न, आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गर्न र निर्णय लिन सहयोग पुग्ने धारणा राख्दै यस्ता प्राज्ञिक अनुसन्धानहरुलाई राज्यको सम्पत्तिका रुपमा लिन र आवश्यकताअनुसार तिनको कार्यान्वयनको वातावरण बनाउन आग्रह पनि गरे । वैज्ञानिक र तथ्यमा आधारित अनुसन्धानलाई प्राथमिकता दिन सकिएमा देशको आर्थिक तथा सामाजिक विकासले थप गति लिने भएकाले विश्वविद्यालयहरुमा अनुसन्धानमैत्री वातावरण निर्माण गर्नुपर्ने सुझाव उनीहरुको थियो ।

 

 

वैज्ञानिक तवरबाट गरिएका प्राज्ञिक अनुसन्धानहरुले मुलुकको शैक्षिक उन्नयनमा योगदान पर्याउनु त छँदैछ, यसबाट देशको विकास र सुशासनका क्षेत्रमा पनि ठूलो सघाउ पुग्ने धारणा वरिष्ठ अनुसन्धानदाता डा दशरथ न्यौपानेले राख्नुभयो । एनपिआरसीका उपाध्यक्ष डा न्यौपानेले नेपालमा यस्तो वातावरणको बन्न नसकेको चर्चा गर्दै भन्नुभयो, “राज्यको नीतिनिर्माण, नयाँ योजना या कार्यक्रम सञ्चालन, राज्यले प्रदान गर्दै आएका सेवाहरुको प्रभावकारिता लगायतका क्षेत्रमा गरिने राम्रो अनुसन्धानले सुशासन र पारदर्शिता स्थापनामा सहयोग गर्छ ।”अनुसन्धानदाता डा जनार्दन घिमिरेले नेपालमा ‘आइएसओ ९००१ सर्टिफिकेट’ सम्बन्धी अनुसन्धान प्रस्तुत गर्दै सुशासन कायम गर्न तथा उपभोक्ता अधिकारको संरक्षण गर्न यो अन्तरराष्ट्रिय मापदण्डको महत्व रहेको भए पनि यसको उचित पालना हुन नसकेको बताउनुभयो ।उहाँले भन्नुभयो, “आइएसओ प्रमाणपत्र पाएपछि कतिले यसको नवीकरण नै नगरी वर्षौंसम्म यसैको प्रचार गरेका हुन्छन् भने कतिले लिएकै हुँदैनन् । यस विषयमा गरिएका कैयौँ अनुसन्धान छन्, तर तिनको कार्यान्वयनको पक्ष भने निराशाजनक छ ।”

 

 

विद्यावारिधि या त्यसभन्दा माथिको अध्ययनमा शोधार्थीले बडो गहन र महत्वपूर्ण विषय या क्षेत्रमा अनुसन्धान गरेको भए पनि ती शोधहरुको कुनै प्रयोग नहुने गरेको र विश्वविद्यालयका पुस्तकालयहरुमा यसै थन्किएर बस्ने गरेको प्राध्यापक एवं अनुसन्धानदाताहरुको भनाइ थियो । राज्यभित्रका कँैयौँ अनियमितता, राष्ट्रिय आवश्यकता र अन्य कैयौँ सान्दर्भिक विषयमा हुने गरेका यस्ता अध्ययनहरु विश्वविद्यालयका पुस्तकालयहरुमा थन्किएर रहने गरेकाले ती अनुसन्धानदाताबाट राज्यले लाभ पनि लिनसक्ने उनीहरुको सुझाव थियो । एनपिआरसीका अध्यक्ष डा तेजबहादुर कार्कीले भन्नुभयो, “प्राज्ञिक अनुसन्धानहरुको प्रयोजन सम्बन्धित विद्यार्थी या शोधार्थी दीक्षित हुने नै हो, तर वर्षौं लगाएर, वैज्ञानिक विधि अपनाएर सूक्ष्म ढङ्गबाट गरिएका ती अनुसन्धानका निष्कर्षलाई राज्यले सार्वजनिक सम्पत्तिका रुपमा कसरी लिन सकिन्छ भन्ने बारेमा सोच्दा राम्रो हुन्छ ।”

 

 

एनपिआरसीका अनुसन्धान निर्देशक डा दीपक महतले अनुसन्धान क्षेत्रलाई व्यापक बनाई राष्ट्रलाई योगदान दिनुपर्छ भन्ने उद्देश्यले एनपिआरसीको स्थापना गरिएको स्मरण गर्दै अनुसन्धानलाई व्यक्तिगत लाभका रुपमा नभएर राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा लगाउनुपर्ने बताउनुभयो । अनुसन्धानलाई प्राथमिकता दिएका कारण नै विश्वका धेरै मुलुक विकासको गतिमा अगाडि बढेका बताउँदै एनपिआरसीका संस्थापक डा कृष्णप्रसाद धिताल, अथर्व बिजनेस कलेजका प्राचार्य डा हिरालाल श्रेष्ठ, डा महेश्वरप्रसाद यादव, डा माला खरेल, डा लता घिमिरेलगायतले अनुसन्धान क्षेत्रलाई राज्यले नै प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । सम्मेलनमा विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि तथा महाविद्यावारिधि (पोष्ट डक्टोरेट) गर्नुभएका ५० भन्दा बढी अनुसन्धानदाताको सहभागिता थियो । त्यस अवसरमा महाविद्यावारिधि (पोष्ट डक्टोरेट) गर्नुभएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९