न्यायको अनुभूति हुनेगरी काम गर्न पीडितको सुझाव

बाजुरा, तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएका यहाँका नागरिकले राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई न्यायको अनुभूति गराउने गरी काम गर्न सुझाव दिएका छन् । शान्तिसम्झौता भएको २३ वर्ष बितिसक्दा पनि आफूहरूले न्याय नपाएको भन्दै न्यायका पक्षमा कार्यरत सबैले पीडितका लागि प्रभावकारी काम गर्नुेपर्ने सुझाव दिएका हुन् ।

 

तत्कालीन माओवादी र राज्यपक्षबाट पीडित भएका नागरिकको अवस्था बुझ्न शनिबार यहाँ आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँग स्थानीयले द्वन्द्व पीडितलाई राहत र क्षतिपूर्तिभन्दा पनि निर्दोषको हत्या गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारसँग पहल गरिदिन आग्रह गरेका हुन् ।

 

पछिल्लो समयमा द्वन्द्व पीडित, बेपत्ता पारिएका, घाइतेको अवस्था र उनीहरूको जनगुनासासहित सुझाव सङ्कलनका लागि यहाँ पुगेको आयोगको टोलीलाई दशवर्षे द्वन्द्वका समयमा राज्य र विद्रोही पक्षबाट मारिएका, बेपत्ता पारिएका र घाइते पार्नेलाई कानुनी कारबाही गरी पीडितलाई न्यायको अनुभूति गराउनेतर्फ काम गर्न स्थानीय मदन रोकायाले आग्रह गर्नुभयो । उहाँले द्वन्द्वकालमा भाइको हत्या भएको भन्दै सरकारले बनाएका विभिन्न आयोगमा उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

 

पीडितको घाउलाई कोट्याएर फेरि बल्झाउनुभन्दा मलम लगाउने गरी न्याय दिलाउनेतर्फ काम गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई रोकायाले आग्रह गर्नुभयो । पीडितको गुनासो तथा अवस्था बुझ्न आयोजना गरिएको अन्तरक्रियामा द्वन्द्वपीडित जुना बोहराले श्रीमान्लाई यातना दिएर बेपत्ता पारिएको तथा देवरको हत्या गरिएको विषय सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा उजुरी दिँदा पनि हालसम्म कुनै खोजी नभएको गुनासो गर्नुभयो ।

 

 

जिल्लामा राज्य र माओवादी पक्षबाट पीडित भएकाको हालसम्म यकिन  तथ्याङ्क प्राप्त भएको छैन । तत्कालीन सरकारले बनाएको स्थानीय शान्ति समितिमार्फत द्वन्द्वपीडितका नाममा अन्य कारणले मृत्यु भएकालाई पनि रु १० लाख रकम दिइएको पीडित गङ्गा थापाले बताउनुभयो । वास्तविक पीडितले भने हालसम्म राहत र न्याय नपाएका उहाँको भनाइ छ ।उहाँसहित स्थानीयले मानव अधिकार आयोगको टोलीलाई द्वन्द्व पीडितको न्यायका लागि सञ्जाल गठन गर्न आग्रह गरेका छन् । तत्कालीन समयमा लुटपाट,  चोरीका घटनाभन्दा हत्याका बढी भएका स्थानीयको भनाइ छ ।

जिल्लामा ५२ जना द्वन्द्व पीडितले उजुरी दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख लोकबहादुर रावलले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कुनै उजुरी नपरेको बताउँदै सत्यनिरुपण तथा मेलमिलापमा ५२ जना पीडितले उजुरी दर्ता गरेका जानकारी दिनुभयो ।

 

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका निमित्त कार्यालय प्रमुख झङ्करबहादुर रावलले द्वन्द्वपीडितको विवरण पूर्ण रूपमा सरकारलाई सिफारिस गरिएको बताउनुभयो । राजनितिक दबाब वा विविध कारण मृतकको क्षतिपूर्ति उपलब्ध नभएको हुनसक्ने भन्दै यसमा आयोगले पुनःपहल गर्ने बताउनुभयो ।

 

राष्ट्रिय मानव अधिकार आयोगका कानुनी मामिला विभाग प्रमुख श्यामबाबु काफ्लेले बेपत्ता आयोगमा एक हजार १०० उजुरी परेका बताउनुभयो । उहाँले आयोगद्वारा ७८ प्रतिशत द्वन्द्वपीडितको सिफारिस गरेको उल्लेख गर्दै करिब १३ प्रतिशत मात्र कार्यान्वयन भएको जानकारी दिनुभयो ।
देशभरि द्वन्द्वबाट पीडित भएकाहरूको तथ्याङ्क स्थानीय निकायसँग नभएको कानुनी मामिला विभाग प्रमुख काफ्लेले बताउनुभयो । यहाँका नौवटै स्थानीय तहमा द्वन्द्वपीडितका लागि कुनै नीति ल्याइएका छैन भने नौवटै पालिकामा द्वन्द्व पीडितको यकीन तथ्याङ्क पनि नभएको उहाँले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ,  साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ ।साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उहाँले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गर्नुभएको हो ।   मन्त्रीपरिषद्का पूर्वअध्यक्ष...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

खोज पत्रकारिता तालिम सम्पन्न, सिकेका सीप व्यवहारमा उतार्न सहभागीको प्रतिबद्धता

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको आयोजनामा सञ्चालित तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ। असार ११, १२ र १३ गतेसम्म सञ्चालन भएको तालिममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयमा सहजीकरण गरिएको थियो। तालिम समापन कार्यक्रम बर्दगोरिया गाउँपालिकाका सामाजिक विकास संयोजक तथा प्रवक्ता र वडा नम्बर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

खोज पत्रकारिता तालिम सम्पन्न, सिकेका सीप व्यवहारमा उतार्न सहभागीको प्रतिबद्धता

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको आयोजनामा सञ्चालित तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ। असार ११, १२ र १३ गतेसम्म सञ्चालन भएको तालिममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयमा सहजीकरण गरिएको थियो। तालिम समापन कार्यक्रम बर्दगोरिया गाउँपालिकाका सामाजिक विकास संयोजक तथा प्रवक्ता र वडा नम्बर...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९