फिजीबाट १३२ वर्षपछि आफ्ना पुर्खाको थातथलो आइपुग्दा…

भक्तपुर,  रोजगारीको सिलसिलामा १३२ वर्षअगाडि फिजी पुगेका नेपाली परिवार आफ्ना पुर्खाको थातथलो खोज्दै नेपाल आएर परिवारसँग पुनर्मिलन हुँदा सञ्जीवकुमार घर्तीका आँखा रसाए ।
रफत सञ्चार क्लब भक्तपुरको सभाकक्षमा आयोजना गरेको पुनर्मिलन कार्यक्रममा १८९२ मा आफ्ना जिजु हजुरबुबा कालुसिंह घर्तीले छाडेर गएको भूमि टेक्दा सञ्जीवका आँखा मात्रै रसाएनन् निकै बेर गला अवरुद्ध भयो ।
उहाँले भन्नुभयो, “मेरो जन्मभूमि फिजी भए पनि मेरो मातृभमि नेपाल हो, मेरो मातृभूमिमा पाँच पुस्तापछि टेक्न पाउँदा निकै भाग्यमानी ठानेको छु, यो देशमा टेक्ने बित्तिकै मैले एक मुठ्ठी माटो निधारमा लगाएँ, अब फर्कंदा यहीँको माटो फिजी लगेर पूजा गर्नेछु ।”नेपाल र आफ्ना पुर्खाको गाउँ टेक्न पाउनु जीवनकै ठूलो अहोभाग्य भएको उल्लेख गर्दै उहाँले नेपालमा रहेका उहाँका आफन्तबीचको ऐतिहासिक पुनर्मिलनले माटो र आफन्तको मायाको मूल्यको पहिचान भएको बताउनुभयो ।
विश्व साइकल यात्रीद्वय भगत खत्री र अजय मिश्रले पुनर्मिलनको अवसर जुराउनुभएको थियो । कार्यक्रममा मिश्रले भन्नुभयो, “विश्व साइकल यात्राकै क्रममा अष्ट्रेलियाको यात्राका क्रममा हाम्रो फिजीमा सञ्जीवसँग भेट भयो, भेटका क्रममा सञ्जीवले नेपालमा रहेका आफ्ना पुर्खालाई भेट्ने उत्कृट इच्छा व्यक्त गर्नुभयो, यही इच्छालाई साकार पार्न साइकल यात्रीद्वयले महत्वपूर्ण भूमिका खेल्दै एक वर्षको प्रयासपछि सञ्जीवको सपना पूरा भयो ।”
नेपाल आएपछि सञ्जीवले चितवनमा बसोबास गर्ने आफ्ना काका जयबहादुर घर्ती, बहिनी रश्मी जिसी लगायतका परिवारहरुसँग भेट गर्नुभयो । १३२ वर्षपछि भएको यो पुनर्मिलनले अत्यन्तै भावुक बनायो ।
काकासँग अँगालो मार्दै सञ्जीवले बहिनी र आफन्तसँग भेट्दा आफ्नै घर फर्किआएको जस्तो लागेको सुनाउनुभयो । नेपालको १० दिनको बसाइ सकेर फिजी फर्कंदा अविस्मरणीय क्षण लिएर फर्कने उहाँले बताउनुभयो । अब नेपाल र फिजीबीचको आफ्नो नाता सम्बन्ध कहिल्यै नटुट्ने उल्लेख गर्दै उहाँले सुन्दर नेपाललाई त्यहाँका आफ्नो परिवारले सधैँ छातीमा राख्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विश्व साइकल यात्री खत्री र मिश्रले  यो  पुनर्मिलनले विदेशमा बसेका नेपालीलाई आफ्नो जरासँग जोड्न प्रेरणा मिलेको बताउनुभयो । उहाँले विश्व साइकल यात्राका क्रममा धेरै प्रवासी नेपालीसँगको भेटमा देशको माया र सम्झनाका अनगिन्ती कथा रहेको सुनाउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ,  साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ ।साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उहाँले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गर्नुभएको हो ।   मन्त्रीपरिषद्का पूर्वअध्यक्ष...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

खोज पत्रकारिता तालिम सम्पन्न, सिकेका सीप व्यवहारमा उतार्न सहभागीको प्रतिबद्धता

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको आयोजनामा सञ्चालित तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ। असार ११, १२ र १३ गतेसम्म सञ्चालन भएको तालिममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयमा सहजीकरण गरिएको थियो। तालिम समापन कार्यक्रम बर्दगोरिया गाउँपालिकाका सामाजिक विकास संयोजक तथा प्रवक्ता र वडा नम्बर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

खोज पत्रकारिता तालिम सम्पन्न, सिकेका सीप व्यवहारमा उतार्न सहभागीको प्रतिबद्धता

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको आयोजनामा सञ्चालित तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ। असार ११, १२ र १३ गतेसम्म सञ्चालन भएको तालिममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयमा सहजीकरण गरिएको थियो। तालिम समापन कार्यक्रम बर्दगोरिया गाउँपालिकाका सामाजिक विकास संयोजक तथा प्रवक्ता र वडा नम्बर...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९