दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी),  नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गोलपोखरी पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।उत्तरतर्फ देखिने हिमशृङ्खला, नवलपुरको पहाडी क्षेत्रका बस्ती, कालीगण्डकी नदी आसपास नवलपुर र तनहुँका पहाडका टाकुराको रमणीय दृश्य सहज रूपमा अवलोकन गर्न सकिने हुँदा गोलपोखरी क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । छोटो दूरीको पहाडी यात्राको अनुभव लिँदै हिमाली दृश्य सहज रूपमा अवलोकन गर्न सकिने हुँदा गोलपोखरी क्षेत्र सुन्दर लागेको गोलपोखरी घुम्न पुग्नुभएका कावासोती–१५ का दुर्गा महतोले बताउनुभयो ।

 

 

बजार क्षेत्रबाट केही किलोमिटरको यात्रा गरी यति सुन्दर हिमाल र पहाडका दृश्यहरू देख्दा आफूलाई निकै रमाइलो लागेको उहाँले बताउनुभयो । नवलपुरबाटै यति सुन्दर हिमशृङ्खला अवलोकन गर्न पाइन्छ भन्ने आफूलाई नलागेको र गोलपोखरी आउँदा फरक अनुभूति गरेको महतोले बताउनुभयो । “बजार क्षेत्रमै रहँदा कस्तो होला भन्ने थियो, यहाँ आउँदा साँच्चै नवलपुरको यस्तो ठाउँ पनि रहेछ भन्ने भयो, सेता हिमाल आँखै अगाडि देख्दा धेरै आनन्द आयो”, उहाँले भन्नुभयो ।

 

 

महतोजस्तै अहिले नवलपुरको बजार क्षेत्रबाट गोलपोखरी पुग्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । नवलपुरको कावासोती फलफूल चोक तथा देवचुलीको दलदलेबाट कुमसोत–पोखरी हुँदै करिब २५ किलोमिटर यात्रा गरेपछि गोलपोखरी पुग्न सकिन्छ ।

 

गोलपोखरी क्षेत्रमा मुख्य गरी सार्वजनिक बिदाका दिनमा आन्तरिक पर्यटकको चहलपहल धेरै हुने गरेको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानामगरले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाले गोलपोखरीसहितको धौबादी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वाधार निर्माणको काम गरेको वडाध्यक्ष रानामगरले बताउनुभयो ।

 

 

गालेपोखरी पार्क क्षेत्रमा दुईवटा प्रतीक्षालय निर्माण गरिएको छ । गोलपोखरी पुग्ने पर्यटकलाई पदयात्रासँगै हिमाली दृश्यको सहज अवलोकनका लागि एक हजार १०० मिटर लम्बाइको पदमार्ग पनि निर्माण गरिएको वडाध्यक्ष रानामगरले बताउनुभयो । गोलपोखरीबाट धौबादी पहाडमा पदमार्ग निर्माण गरेसँगै पर्यटकको आगमन थप बढेको उहाँले बताउनुभयो । पदमार्ग हुँदै यात्रा गर्दै हिमालसहित जिल्लाको पहाडी बस्तीको अवलोकन गर्न सकिने हुँदा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको उहाँले बताउनुभयो । गोलपोखरी क्षेत्रबाट लामो दूरीमा फैलिएको उत्तरतर्फका हिमशृङ्खला सहज रूपमा अवलोकन गर्न सकिने वडाध्यक्ष रानामगरले बताउनुभयो । “गोलपोखरी मुख्यगरी लामो रेन्जमा हिमाल देख्न सकिन्छ, यसकारण पनि हिमालको दृश्य हेर्न, पहाडमा निर्माण गरिएको पदमार्गमा डुल्न आउने क्रम बढेको छ”, वडाध्यक्ष रानामगरले भन्नुभयो ।

 

 

गोलपोखरीमा उद्यान पनि निर्माण गरिएको छ । तारबारले घेरेर गोलपोखरी शान्ति पार्क निर्माण गरिएको भए पनि अहिले उक्त पार्क बन्द छ । समिति मातहतबाट सञ्चालन गर्नेगरी केही वर्षअघि पार्क क्षेत्रभित्र विभिन्न संरचना निर्माण गरिएको भए पनि समितिबाट तदारुकताका साथ सञ्चालनको काम नहुँदा अहिले उक्त पार्क बन्द अवस्थामा रहेको वडाध्यक्ष रानामगरले बताउनुभयो । पार्कलाई व्यवस्थित गरी थप पर्यटकीय गतिविधि सञ्चालनको उद्देश्य रहेको उहाँको भनाइ छ ।

 

 

गोलपोखरी क्षेत्रमा थप पर्यटकीय पूर्वाधार निर्माण गर्न सक्ने हो भने जिल्लाको पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने वडाध्यक्ष रानामगरले बताउनुभयो । उक्त क्षेत्रमा अहिले खानेपानीको समस्या छ । खानेपानी पुर्याउन सक्ने हो भने वनभोजस्थलका रूपमा पनि विकास गर्न सकिने उहाँले बताउनुभयो । पोखरी गाउँदेखि गोलपोखरीसम्मको बाटोमा केही क्षेत्र अलि जीर्ण रहेकाले त्यसलाई राम्रो बनाउन सके थप सहज रूपमा पर्यटक गोलपोखरी आउन सक्ने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९