च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी

मुस्ताङ, हिजोआज यहाँका मासु पसलमा च्याङ्ग्राको मासु प्रतिकिलो रु एक हजार ३०० छ । यो मूल्य सुन्दा धेरैलाई लाग्न सक्छ रु एक हजार लगानी गरेर  च्याङ्ग्रापालन सम्भव होला र ? तर यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमका पूर्णबहादुर नेपालीले पाँच वर्षअघि एक हजार लगानी गरेर च्याङ्ग्रापालन सुरु गर्नुभएको थियो ।

 

 

हिमाली उपआयोजनाले उद्यमशीलता गर्न चाहने व्यक्तिहरुलाई अनुदान सहुलियत दिन थालेपछि नेपाली र दलित समुदायका केही व्यक्तिहरु त्यहाँ पुगेका थिए । घरपझोङ–४ जोमसोमका ३० घरपरिवारले सामूहिक च्याङ्ग्रापालन गर्ने प्रस्ताव गरे । आयोजनाले सो प्रस्ताव पारित ग-यो र अनुदान सुनिश्चित ग-यो ।

 

 

पूर्णबहादुरसहित दलित समुदायका ३० घरधुरीले प्रतिघरधुरीका लागि तीन/तीनवटा च्याङ्ग्राको माउ (रमा) पाए । एक घरधुरीलाई च्याङ्ग्रा खरिद गर्दा लाभग्राही घरधुरीले रु एक हजार तिरेँ । बाँकी रकम उपआयोजनाले अनुदान सहयोग ग-यो । सुरुमा ३० घरधुरीका दलित समुदायले सगोलमा नै च्याङ्ग्रापालन गरे । तर, सामूहिक रुपमा च्याङ्ग्रापालन गर्न कठिनाइ भयो । कतिपय च्याङ्ग्राहरु हराउने र मर्न थाले ।  एक वर्ष नपुग्दै अनुदानमा खरिद गरिएको च्याङ्ग्राको सङ्ख्या घट्दै जान थालेपछि उनीहरुले एक्लाएक्लै बाँडेर पाल्ने निर्णय गरे । पूर्णबहादुरले सगोलबाट भागबन्डा गरी लिँदा भागमा दुईवटा प-यो ।

 

 

पूर्णबहादुरको भागमा परेको दुईवटा च्याङ्ग्रामा १० वटा थपेर १२ वटा पु-याउनुभयो । त्यसपछि सुरु भयो पूर्णबहादुरको च्याङ्ग्रापालनको व्यवसायिक यात्रा । उहाँको च्याङ्ग्रापालन अहिले लोभलाग्दो छ । उहाँको फार्ममा हाल १३० बढी  च्याङ्ग्रा छन् । यसै वर्ष मात्र पूर्णबहादुरले २० वटाभन्दा च्याङ्ग्रा रु ४० हजार मूल्यमा बिक्री गर्नुभयो । उहाँ भन्नुहुन्छ, “पाल्न त धेरै पनि सकिन्थ्यो, तर हिउँचितुवा र अन्य वन्यजन्तुबाट बचाउन गाह्रो पर्छ ।”

 

उहाँले च्याङ्ग्रापालनका लागि एक जना गोठाले पनि राख्नुभएको छ । उहाँसँगै च्याग्रापालन सुरु गरेका ३० घरधुरीमध्ये हाल सात घरधुरीले मात्रै च्याङ्ग्रापालन गरिरहेका छन् । च्याङ्ग्रापालनको मुख्य उद्देश्य मल उत्पादन र पाठीपाठी उत्पादन गर्नु हो । हाल बर्सेनि २०० झोपा मल बिक्री गरी रु दुई लाख बढी आम्दानी गर्ने गरेको पूर्णबहादुर बताउनुहुन्छ । पूर्णबहादरले भन्नुभयो, “मल बिक्री गरेको पैसाले दाना किन्न र गोठालेलाई दिने खर्च उठ्छ, अरू सबै मुनाफा हुन्छ ।”

 

औसतमा वार्षिक रु पाँच लाख बढी आम्दानी हुने गरेको पूर्णबहादुरको भनाइ छ । पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको जोखिमका कारण धेरैले च्याङ्ग्रापालन व्यवसाय छाडेको अवस्थामा आफूले कृषि कर्मसँगै पशुपालनलाई निरन्तरता दिने प्रतिबद्धता उहाँको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

साहित्यकार कोइरालाद्वारा काठमाडौँ बाल अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ,  साहित्यकार रामप्रसाद कोइरालाले काठमाडौँ बाल अस्पताललाई रु एक करोड ५० लाख आर्थिक सहयोग गर्नुभएको छ ।साहित्यकार कोइरालाको उपन्यास ‘मेरी, उनी र म’ उपन्यासको दोस्रो संस्करणको शुक्रबार विमोचन समारोहमा उहाँले काठमाडौँ बाल अस्पतालको इएनटी सेवा स्थापनाको लागि उक्त रकम सहयोग गर्नुभएको हो ।   मन्त्रीपरिषद्का पूर्वअध्यक्ष...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

खोज पत्रकारिता तालिम सम्पन्न, सिकेका सीप व्यवहारमा उतार्न सहभागीको प्रतिबद्धता

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको आयोजनामा सञ्चालित तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ। असार ११, १२ र १३ गतेसम्म सञ्चालन भएको तालिममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयमा सहजीकरण गरिएको थियो। तालिम समापन कार्यक्रम बर्दगोरिया गाउँपालिकाका सामाजिक विकास संयोजक तथा प्रवक्ता र वडा नम्बर...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

खोज पत्रकारिता तालिम सम्पन्न, सिकेका सीप व्यवहारमा उतार्न सहभागीको प्रतिबद्धता

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको आयोजनामा सञ्चालित तीनदिने खोज पत्रकारिता तालिम सम्पन्न भएको छ। असार ११, १२ र १३ गतेसम्म सञ्चालन भएको तालिममा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयमा सहजीकरण गरिएको थियो। तालिम समापन कार्यक्रम बर्दगोरिया गाउँपालिकाका सामाजिक विकास संयोजक तथा प्रवक्ता र वडा नम्बर...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९