जेनजी आन्दोलनका शहिदः परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

धरान (सुनसरी),  सङ्खुवासभाको पहाडी गाउँमा २०४१ सालमा जन्मिनु भएका धरान उपमहानगरपालिका–५ का साजन मेवाहाङ राई देश र समाजमा न्याय, पारदर्शिता र उत्तरदायी नेतृत्वको खोजीमा निस्किएका आम नागरिकमध्ये एक हुनुहुन्थ्यो ।

 

गत भदौमा भएको ‘जेनजी आन्दोलन’को दोस्रो दिन उहाँ भक्तपुरको ठिमीस्थित सानो मैदानमा प्रहरीको गोली लागेर ढल्नुभयो । देश परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिनुभएका साजनले त्यसैदिन ज्यान गुमाउनुभयो । अहिले उहाँका दुई नाबालक छोराले बाबु र आमा दुवै गुमाएर संसारमै एक्लिन पुगेका छन् ।

 

साजन केही वर्षदेखि भक्तपुर ठिमीमा ज्याला मजदूरी गरेर जीविका चलाउँदै आउनु भएका एक मजदूर हुनुहुन्छ, करिब दुई वर्षअघि श्रीमतीको निधन भएपछि उहाँ आफ्ना दुई छोरासहित भाडाको सानो कोठामा बस्दै मजदूरी गरेर जीवन चलाउँदै आउनुभएको थियो । “काकाको आर्थिक अवस्था कमजोर थियो”, उहाँका भतिज भरत राई सम्झिनुहुन्छ तर उहाँ सधैँ देशमा भएको भ्रष्टाचार र अन्यायप्रति आक्रोशित रहनुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्योे, “यी भ्रष्ट्रले देश बिगारे, मेरो जीवन त यतिकै बित्नेभयो, तर छोराहरूको भविष्य के होला ?”
त्यो आक्रोशले नै साजनलाई जेनजी आन्दोलनतर्फ तानेको थियो । पहिलो दिन उहाँ आन्दोलनमा जानु भएन तर पहिलो दिन प्रहरीको गोली र दमनको दृश्य देखेपछि काका निकै रिसाएर आवेशमा आउनुभएको थियो, भरतले भन्नुभयो, “भोलि म पनि जान्छु भनेर निर्णय गर्नुभयो ।” काका साजनले भन्नुभएको थियो, “हामी सर्वसाधारणका छोराछोरीमाथि गोली हान्ने ?” उहाँलाई ‘जेनजी’ के हो भन्ने पनि राम्ररी थाहा थिएन, तर ‘भ्रष्टाचारविरुद्धको आन्दोलन’ भनेर सुनेपछि उहाँ पनि सहभागी हुनुभएको थियो ।

 

भदौ २४ गते बिहान साजन र भरत दुवै आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँहरू पेप्सीकोलाबाट बानेश्वरसम्मको शान्तिपूर्ण जुलुसमा जोडिनुभयो, हामी एक डेढ सय जना थियौँ । कोही चिनेजानेका, कोही अपरिचित । सबैको उद्देश्य एउटै शान्तिपूर्ण रूपमा भ्रष्टाचारविरुद्ध आवाज उठाउने । भरतले भन्नुभयो, “तर, दिन ढल्दै जाँदा प्रदर्शन नियन्त्रणभन्दा बाहिर गयो । प्रहरीले अश्रुग्यास र गोली चलायो, केही समूहले ढुङ्गा हाने र तोडफोड सुरु भयो । हामीले बारम्बार भन्यौँ, ‘ढुङ्गा नहानौँ, तोडफोड नगरौँ’ तर केही अराजक समूहले आन्दोलनलाई गलत दिशातिर धकेल्यो ।”

 

साजनको ठिमीको मैदानमा अन्तिम सास
त्यसै भिडभाडबीच साँझ करिब ५ः३० बजे ठिमीको सानो फिल्डमा प्रहरीले गोली चलायो । गोली सिधै साजनको छातीमा लाग्यो । हामीले थाहा पाउँदा काका ढलिसक्नुभएको थियो, भरतले भन्नुभयो, “साथीहरूले तुरुन्तै उहाँलाई केएमसी अस्पताल लगेका रहेछन्, तर हामी त्यहाँ पुग्दा डाक्टरले मृत घोषणा गर्नुभयो ।”

 

त्यस क्षण साजनका दुई साना छोराले सायद बुझ्न पनि सकेनन् कि उहाँहरुका बाबा अब कहिल्यै फर्किने छैनन् । छोराहरु १२ वर्षका एक्जन र छ वर्षका जिमी राई अहिले टुहुरो बनेका छन् । काकी दुई वर्षअघि बित्नुभयो, अहिले काका पनि रहनुभएन, उहाँका भतिज भरत भन्नुहुन्छ “अब ती दुई बच्चाको भविष्य कसरी सुरक्षित हुने भन्ने चिन्ता हामी सबैलाई छ ।”

 

साजन मेवाहाङ पहिले ड्राइभरका रूपमा काम गर्नुहुन्थ्यो, उमेर बढ्दै जाँदा उहाँले ड्राइभर काम छाडेर घर बनाउने, पर्खाल लगाउने, सिमेन्ट घोट्ने काम गर्दै दुई छोराको हेरचाह गर्नुहुन्थ्यो, कठिन जीवनबीच पनि देश र समाजप्रतिको माया कहिल्यै घटेन, उहाँ सधैँ भन्नुहुन्थ्यो, हाम्रो पुस्ताको जिन्दगी त अब यसै सकियो तर अबका बालबालिकाले पनि अन्याय सहनु नपरोस् । भरतले सम्झनुहुन्छ, उहाँको यही सोच र असन्तोषले उहाँलाई आन्दोलनको बाटोमा पु¥यायो, जहाँ उहाँले अन्तत ज्यान नै गुमाउनुभयो ।

 

साजनको मृत्युले परिवार मात्र होइन, समुदाय नै स्तब्ध बनाएको छ । धरानका आफन्त अझै विश्वास गर्न सकिरहेका छैनन् कि सधैँ आशावादी र देशप्रेमी साजन अब हुनुहुन्न । भतिज भरत भन्नुहुन्छ, “उहाँ कहिल्यै आक्रामक हुनुहुन्थेन सिधा सरल मान्छे । तर, अन्याय र असमानता देख्दा आवाज उठाउनुहुन्थ्यो, यही आवाजले अन्ततः उहाँलाई सधैंँका लागि चुप पारिदियो ।”

 

जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाएका साजन मेवाहाङ राईको सम्मानका साथ धरानमा ल्याई अन्त्येष्टी गरिएको थियो । धरान उपमहानगरपालिका–५, आपँटार चौरमा टिन र काठले बनाइएको सानो घर छ । त्यही घरमा उहाँका दुई नाबालक छोरा दाइ, नइन्द्रकुमार राई र भाउजू उत्तरकुमारी राईसँग बसिरहेका छन् । दाइ, भाउजू दुवै दैनिक ज्याला मजदूरी गर्दै आफ्नो परिवारको गुजारा चलाउँदै आउनु भएको छ अब थप साजनका दुई छोराको पालनपोषणको जिम्मेवारी पनि उहाँहरूको काँधमा आएको छ ।

 

साजनको असामयिक निधनले परिवार मात्र होइन, उहाँका बालकको भविष्यमा पनि गहिरो चुनौती थपेको छ । दाइ नइन्द्रकुमार भन्नुहुन्छ, “हाम्रो आफ्नै छोराछोरी हेर्न गाह्रो छ, अब भाइका दुई छोराको भविष्य कसरी बनाउने भन्ने पिर मनमा छ । हाम्रो आर्थिक अवस्था निकै कमजोर छ । परिवारको लालनपोषण आफैँ गाह्रो छ, अब थप दुई बालकको जिम्मेवारी पनि हामीमाथि आएको छ । हामीले पनि बाबाआमाको माया पाउन सकेनौं । त्यसैले जीवनभर सङ्घर्षमै बिताएका हौँ । अब यी बच्चाको भविष्य सुनिश्चित गर्नु हाम्रो लागि सजिला भने छैन ।”

 

साजनका दुई छोरामध्ये अहिले एक्जन राई जेठा छोरा कक्षा ७ र जिमी राई कान्छा छोरा कक्षा १ मा पढिरहनु भएको दाइ नइन्द्रले बताउनुभयो । छोराका बारेमा नसोची साजनले राष्ट्रका लागि आफ्नो प्राण नै आहूति दिनुभयो, मुलुकको आमूल परिवर्तनको क्रममा उहाँले वीरगति प्राप्त गर्नुभयो तर उहाँका बालकहरूको भविष्य अझै अन्योलमा छ । “नानीहरूको लागि थोरैथोरै सहयोग जुटिरहेको छ, तर सहयोगले मात्र दीर्घकालीन सुरक्षा दिन सक्दैन”, उहाँले भन्नुभयो,
साजनको भाउजू उत्तरकुमारी भन्नुहुन्छ, “कम्तीमा नानीहरूको भविष्य सरकारले सुनिश्चित गर्नुपर्छ । हाम्रो आर्थिक अवस्था कमजोर छ । त्यसैले पढाइ, स्वास्थ्य र आधारभूत आवश्यकता सरकारले सुनिश्चित गर्नुपर्छ । नानीहरूलाई हेरेर रुन आउँछ, तर अब न्याय र सहारा कोसँग कहाँबाट पाउने ? दुई छोरा हुर्काएर केही दिन शान्ति पाउने हो कि भनेर साजन भाइ मजदूरीमा लागेका थिए, तर उसलाई भाग्यले साथ दिएन ।”

 

साजनको मृत्युसँगै उहाँका बालकहरूको भविष्य अझै अनिश्चित छ । दाइ, भाउजू परिवारको सीमित साधन र दैनिक सङ्घर्षबीच बालकको शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकता सुनिश्चित गरिरहनु भएको छ । साजनको बलिदानले राष्ट्र र समाजका लागि अर्थ राखे पनि व्यक्तिगत र पारिवारिक क्षति गहिरो रहेको छ । जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाउनु भएको साजन मेवाहाङको शवलाई धरानमा ल्याएर सम्मानका साथ अन्त्येष्टी गरिएको थियो । धरान उपमहानगरपालिका–५स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा जातीय संस्कारअनुसार उहाँको अन्त्येष्टी गरिएको हो ।

 

 

साजनको शव एक हप्तापछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगर ल्याइयो र त्यहाँबाट बाहनमार्फत धरान पु¥याइयो । सम्मानका लागि इटहरीबाट नेपाली सेनाको टोलीसमेत धरानमा पुगेको थियो । भानुचोकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले राष्ट्रिय झण्डा ओढाएर साजन मेवाहाङलाई सम्मान गर्नुभयो । श्रद्धाञ्जलि कार्यक्रम सकेर स्वर्गीय साजनको शवलाई जङ्गलमा लगेर पारम्परिक मुन्दुमअनुसार खाल्डो खनेर गाडिएको थियो ।

 

 

साजनको जीवन र मृत्युले स्पष्ट सन्देश दिएको छ सामाजिक परिवर्तन र भ्रष्टाचारविरुद्धको आवाज उठाउनु साधारण नागरिकको लागि चुनौतीपूर्ण र कहिलेकाहीँ जोखिमपूर्णकार्य हो । साधारण जीवनयापन गर्ने मजदूर भए पनि उहाँ देशको भविष्यप्रति सचेत र सक्रिय नागरिक हुनुहुन्थ्यो, सामान्य परिवारमा जन्मिनु भएका उहाँ जीवनभर सङ्घर्षमै बिताउनु भएका राईले आफ्ना बालकको भविष्य सुनिश्चित गर्न सक्ने अवस्था थिएन, तर राष्ट्र र समाजको सुधारका लागि सडकमा निस्किनुभएको थियो । यही बलिदानले नागरिक चेतना र युवाहरूको सक्रियता उजागरसमेत गरेको छ ।

 

 

साजनका छोरा बाबाको सपना, देशप्रतिको प्रतिबद्धता र बलिदान छोराका लागि प्रेरणा बन्न सक्छ । आर्थिक र सामाजिक सहयोगको अभावमा बालकको भविष्य अन्योलमा छ । दाइ, भाउजूको सीमित स्रोतले मात्र यो जिम्मेवारी पूरा गर्न कठिनाइ छ । यही परिस्थितिले राज्य र समाजप्रतिको जिम्मेवारी आवश्यक छ । साजनको बलिदानले राष्ट्रको भविष्यमा परिवर्तनको आवश्यकता मात्र देखाएन, व्यक्तिगत र पारिवारिक मूल्य, सामाजिक उत्तरदायित्व र आम नागरिकको सङ्घर्षसमेत उजागर गरेको छ ।

 

 

साजनको कथा समाजलाई सम्झाउँछ कि परिवर्तनका लागि सडकमा निस्किने साहसका बाबजुद पनि व्यक्तिगत पीडा र परिवारको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ । उहाँका छोराको उज्ज्वल भविष्य सुनिश्चित गर्नु अहिले सम्पूर्ण समाज र राज्यको दायित्व बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

राष्ट्रपति ट्रम्पद्वारा ४३ दिनको शटडाउन अन्त्य गर्दै सरकारी कोष विधेयकमा हस्ताक्षर

वासिङ्टन, राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति सरकारी कोष विधेयकमा हस्ताक्षर गर्नुभएसँगै ४३ दिन लामो रेकर्ड शटडाउन अन्त्य भएको छ । शटडाउनले हजारौँ सङ्घीय कर्मचारीलाई तलबबिहीन बनाएको थियो । यस अवरोधका कारण हवाई यात्रुहरू फसेका थिए र खाद्य सहायता केन्द्रहरूमा लामो लाइनहरू लागेका थिए ।   यस...

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

मुस्ताङ,  नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो ।   भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९