धनगढीका विद्यार्थीले गरे एकआपसमा मनका कुरा 

कैलाली। धनगढीमा रहेको श्री सिद्धनाथ माध्यामिक विद्यालय कक्षा ११ मा अध्यनरत गिता विकले पहिलो पटक मनोसामाजिक समस्याको बारेमा थाहा पाएको बताईन् । लैंगिक हिंसाका कारणले पनि मनोसामाजिक समस्या हुन्छ भन्ने आफूले थाहा पाएको उनले बताईन् ।

 

एकआपसमा यसरी पहिलो पटक हामीहरुले विद्यालयमा मनका कुरा गर्न पाउँदा खुसी लागेको छ , समाजमा मन सम्बन्धी समस्या धेरैले भोगी रहेकाछन् । मनकै समस्याका कारण समाजमा आत्महत्याका घटना पनि घट्ने रहेछ भन्ने थाहा भएको छ । मनोसामाजिक समस्या र लैंगिक हिसाको बारेमा समुदायमा पनि अभिमुखिकरण कार्यक्रम गर्न आवश्यक रहेको भन्दै उनले स्थानीय सरकार संग कार्यक्रम संचालन गर्न अनुरोध समेत गरिन् ।

 

कक्षा ९ मा अध्यनरत सुनिता उपाध्यायले आफ्ना मनका कुरा भन्न पाउदा र साथीहरुका पनि मनका कुरा सुन्न पाउँदा खुसी लागेको बताईन् । तनावको व्यवस्थापन गर्नको लागि पनि खुलेर मनको कुरा भन्नुपर्ने सिकाई भएको छ ।

 

कक्षा १० मा अध्यनरत रुपेश सिंहले कार्यक्रम धेरै राम्रो र प्रेरणादायी लागेको बताए । मनोसामाजिक समस्या भयो भने कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा थाहा पाएको भन्दै यस्तो कार्यक्रम सबैलाई जरुरी भएको उनले बताए । कहिल्यै यसरी एकआपमा मनका कुरा गरेका थिएनौं । मनका कुरा भन्न पाउँदा मन शान्त र खुसी भएको छ ।

 

जेष्ठ १७ गते सिद्धनाथ माध्यामिक विद्यालयमा भएको अभिमुखिकरण कार्यक्रममा कक्षा ८ देखि ११ कक्षाका विद्यार्थीको सहभागिता रहेको थियो । कक्षा ८ का विद्यार्थी संग अलगै र कक्षा ९ देखि ११ कक्षा सम्मका विद्यार्थीलाई एकै ठाउँमा राखेर अलगै गरेको छलफल कार्यक्रममा करिब डेढसय विद्यार्थीको सहभागिता रहेको थियो ।

 

कार्यक्रमको सुरुवातीमा वडा नम्बर १२ का वडा अध्यक्ष शेर बहादुर महराले विद्यालयमा विद्यार्थी संग कार्यक्रम गर्नुको महत्व बारे बताएका थिए । समाजमा मनोसामाजिक समस्या र लैंगिक हिंसाको समस्या बढ्दै गएकोले यसको रोकथामको लागि विद्यार्थीको भूमिका प्रभावकारी हुने अपेक्षाले कार्यक्रम गर्न खोजिएको महराले बताए ।

 

धनगढी उपमहानगरपालिकाको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोग आइपास नेपाल, भिएसओ, पिसविन नेपाल र सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना संचालन भईरहेको छ । सोही परियोजना अन्र्तगत समुदायमा अभिमुखिकारण कार्यक्रम महिला शाखाको समन्वय र अगुवाईमा निरन्तर रुपमा संचालन हुदै आएकाछन् ।

धनगढी उपमहानगपालिका महिला विकास शाखामा कार्यरत महिला विकास अधिकृत पंकजा जोशीले बाल विवाह, जातीय छुवाछूत, हानिकारक सामाजिक अभ्यास लैंगिकमैत्री व्यवहार र लैगिक हिंसा निवारणको बारेमा विद्यार्थी संग छलफल गरेकी थिईन् । खुलेर विद्यार्थीले छलफल गरेको देख्दा आफूलाई खुसी लागेको भन्दै विद्यार्थी मार्फत घरपरिवार र समाजमा छिटो सुचना पुग्ने जोशीले बताईन् ।

 

विद्यार्थी संग मनोसााजिक परामर्शकर्ता धनराज विकले मनका विषयमा छलफल गरेका थिए । मनोसामाजिक समस्या भनेको के हो ? मनोसामाजिक समस्याका कारणहरु, मनोसामाजिक समस्याका लक्षण तथा असरहरु, पीडा व्यक्तगर्ने तरिकाहरु, आत्महत्या रोकथाम र मनोसामाजिक सहयोग सम्बन्धमा छलफल गरेका थिए । पिसविनका शिव सार्कीले लैंगिक रुपान्तरण र गिता पनेरुले ओसीएमसीको बारेमा बताएका थिए । शिक्षक टंकप्रसाद जोशीले कार्यक्रम धेरै राम्रो लागेको भन्दै यस्तो कार्यक्रम शिक्षक अभिभावक र विद्यालय व्यवस्थापन समिति संगपनि गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९