विचारः क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय

काठमाडौँ, नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ । फ्रेन्चाइज प्रतियोगिताका रुपमा व्यावसायिक प्रतिष्ठानहरुका साथै निजी क्षेत्रबाट करोडौं लगानी गरिएको एनपिएल क्रिकेटको पहिलो संस्करणको सफलतापछि हिमालय महोत्सवका रुपमा दोस्रो प्रतियोगिताको सुरुआत आज सोमबारदेखि हुँदैछ ।

 

 

नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने २४ दिनको उक्त प्रतियोगिताको उद्घाटन खेलको सबै टिकट तत्कालै बिक्री हुनु एनपिएल क्रिकेटप्रति अत्यधिक दर्शकको अपार मोहका साथै प्रतियोगिताको अपार प्रतिक्षाको सङ्केत मान्न सकिन्छ ।

 

 

 

यस प्रतियोगितामा गत वर्षको विजेता जनकपुर बोल्डसका साथै उपबिजेता बनेको सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स तथा कर्णाली याक्ससमेत गरी आठवटा टिमको सहभागिता रहेको छ । यी सबै टिमका लागि निजी क्षेत्रले उत्साहका साथ ठूलो लगानी गरेको छ । प्रतियोगिता ‘राउण्ड रोबिन’को आधारमा सञ्चालन हुनेछ भने त्यसपछि हुने ‘प्ले अफ’ खेलहरुले प्रतियोगिताको नतिजा निर्धारण गर्नेछ ।
मार्की खेलाडीहरु

 

 

यसपटक एनपिएल क्रिकेटका मार्की खेलाडीहरुमा जनकपुर बोल्डसका आशिफ शेख, सुदूरपश्चिम रोयल्सका दिपेन्द्रसिंह ऐरी, काठमाडौँ गुर्खाजका करण केसी, पोखरा एभेन्जर्सका कुशल भुर्तेल, चितवन राईनोजका कुशल मल्ल, बिराटनगर किङ्सका सन्दिप लामिछाने, लुम्बिनी लायन्सका रोहित पौडेल र कर्णाली याक्सका सोमपाल कामी रहेका छन् । मार्की खेलाडीहरुले जनही २० लाख रुपैयाँको दरले पारिश्रमिक प्रदान गरिंदैछ । टिममा परेका अन्य खेलाडीहरुलाई रु एक लाखदेखि १५ लाखसम्म पारिश्रमिक प्रदान गरिनेछ ।

 

 

विदेशी खेलाडीहरुको सहभागिताएनपिएल क्रिकेटको नयाँ सिजनका लागि विश्वका विभिन्न १३ मुलुकका प्रसिद्ध क्रिकेट खेलाडी तथा नेपाली खेलाडीहरु एकै टिममा आबद्ध भई यो प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा सहभागी आठवटै टिमले टेष्ट म्याच खेल्ने तथा एशोशिएट राष्ट्रका खेलाडी आ–आफ्नो टिममा भित्र्याउन ठूलो लगानी गरेका छन् ।

 

 

एनपिएल क्रिकेटमा भारत, अष्ट्रेलिया, इङ्गल्याण्ड, दक्षिण अफ्रिकालगायतका खेलाडीहरु विभिन्न नेपाली टिममा आबद्ध भएका छन् । क्यानले हरेक टिममा बढीमा चार विदेशी खेलाडी खेलाउन सक्ने अनुमति दिएको थियो ।
विदेशी प्रशिक्षक पनि

 

केही टिमले विदेशी प्रशिक्षकलाई समेत टिममा अनुबन्धित गराएको छ । नेपाली स्पिनर सन्दिप लामिछानेको खेल जीवनमा महत्वपूर्ण भूमिका निभाएका श्रीलङ्काली मूलका क्यानडाली प्रशिक्षक पुबुदु दशानायके यसपाली सन्दिप कप्तान रहेको विराटनगर किङ्गस टिममा मुख्य प्रशिक्षकको रुपमा आबद्ध रहेका छन् ।

 

 

 

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको अनुभव हासिल गरिसकेका उनको प्रशिक्षणमा गतवर्ष जनकपुर बोल्डस टिमले एनपिएल क्रिकेटको पहिलो संस्करण जितेको थियो । यसपालि जनकपुरले सिभनराइन चन्दरपललाई मुख्य प्रशिक्षकको रुपमा भित्र्याएको छ ।

 

 

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनिसकेका भारतीय नागरिक मोण्टी देसाई यसपालि काठमाडौँ गुर्खाज टिमको प्रशिक्षणमा ब्यस्त छन् । चितवन राइनोजले कलाम अली, पोखरा रेन्जर्सले राजीव कुमार, लुम्बिनी लायन्स टिमले टिनु योहान्नान जस्ता विदेशीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छन् । प्रतियोगिताका लागि नेपाली प्रशिक्षकले पनि टिम सम्हालिरहेका छन् ।

 

 

नेपाली राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सम्हालिसकेका जगत टमाटाले सुदूरपश्चिम रोयल्स तथा नेपाली क्रिकेट टिमको कप्तान तथा प्रशिक्षणको जिम्मेवारीमा रही कार्य गरिसकेका ज्ञानेन्द्र मल्लले कर्णाली याक्सको मुख्य प्रशिक्षकको रुपमा कार्य गरिरहेका छन् ।
नयाँलाई पनि अवसर

 

 

एनपिएल क्रिकेटका आठवटै सहभागी टिमले आफ्नो क्षेत्रमा रहेका विभिन्न जिल्लामा प्रतिभाहरुको छनोट गरी प्रतिभाशाली खेलाडीहरुलाई टिममा समावेस गरेका छन् । उपयुक्त अवसर नपाएर स्थानीय तहमै सीमित रहेका युवा खेलाडीहरुले एनपिएल क्रिकेटमा नेपालका राष्ट्रिय खेलाडीहरुका साथै विदेशीसँग समेत एउटै टिममा खेल्न पाउनु उनीहरुको खेल जीवनकै महत्वपूर्ण अवसर हो । यही प्रतियोगिता सिक्ने तथा आफ्नो खेल कौशल देखाउने महत्वपूर्ण मौका हो । यस्ता प्रतियोगिताको माध्यमबाट उनीहरु भोलि राष्ट्रिय टिममा प्रवेश गर्न सक्नेछन् । प्रतिभाशाली खेलाडीलाई खेल जीवनमा छलाङ मार्ने प्रवेशद्वारका रुपमा यस प्रतियोगितालाई हेरिएको छ ।
ठूलो पुरस्कार राशि

 

 

एनपिएल प्रतियोगिताको बिजेता टिमले गतवर्ष जस्तै रु एक करोड ११ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टिमले रु ५१ लाख, तेस्रो हुने टिमले रु २५ लाख तथा चौथो हुने टिमले रु १५ लाख रकम पुरस्कार पाउने छन् । यस्तै विभिन्न बिधाका खेलाडीलाई नगद तथा मोटरसाइकल आदि पुरस्कार प्रदान गरिनेछ । पुरस्कारहरु अझै घोषणाको क्रममै रहेका छन् ।
विश्वकपको तयारी

 

 

एनपिएल क्रिकेट प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि आगामी विश्वकपको तयारीको महत्वपूर्ण अवसरका रुपमा पनि हेरिएको छ । सन् २०२६ मा भारत तथा श्रीलङ्कामा आयोजना हुने टि–ट्वाण्टी विश्वकपको छनोट चरणमा अपराजित हँुदै समूह बिजेताका रुपमा तेस्रोपटक विश्वकपमा प्रवेश गर्न सफल नेपाली टिमका सबैजसो खेलाडी विभिन्न टिमका तर्फबाट एनपिएल क्रिकेटमा मैदानमा उत्रिंदैछन् ।

 

 

करिब एक महिनासम्मको अवधिमा एनपिएल क्रिकेट प्रतियोगितामा नेपाली क्रिकेट खेलाडीहरुले स्वदेशी तथा विदेशी खेलाडीहरुसँग अभ्यास गर्नुका साथै खेल कौशल सिक्ने अवसर पाउने छन् । केही महिनादेखि नै अत्यन्त व्यस्त तालिकामा रहेको नेपाली राष्ट्रिय टिमलाई एनपिएल लगत्तै टेष्ट खेल्ने राष्ट्रसँग दुई देशीय वा त्रिदेशीय श्रृङ्खला खेलाएर थप अभ्यास गराउने लक्ष्य क्यानले राखेको छ ।

 

 

यसका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हालै भारतको नयाँ दिल्लीमा इण्डियन क्रिकेट काउन्सिल (आइसिसी)का अध्यक्ष जय शाहसँग भेट गरेका थिए ।
सरकारको प्राथमिकतामा क्रिकेट

 

 

एनपिएलको दोस्रो प्रतियोगिताका लागि लामो समयदेखि तयारी सुरु गरिएको थियो । विशेषगरी प्रतियोगिता स्थल कीर्तिपुर रङ्गशालामा निर्माण तथा मर्मतसम्भारका लागि केही महिनादेखि नै कार्य प्रारम्भ गरी सरकारी तबरबाटै अनुगमन गरिएको थियो ।

 

निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि सम्बन्धित ठेकेदारले जरिवाना समेत ब्यहोर्नु परेको थियो । क्रिकेट सुरु हुने अन्तिम चरणमा समेत काम भैरहेको कीर्तिपुर रङ्गशालामा निर्माणका लागि नेपाल सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरी अन्तर्राष्ट्रियस्तरको मैदानका रुपमा परिणत गर्ने प्रयास गरेको छ ।

 

 

कीर्तिपुर रङ्गशालामा वर्षौंदेखि मानिसहरु घाँसे वा धुले मैदानमा बसेर वा रुखमा चढेर खेल हेर्ने गर्दथे । अब त्यो अवस्था रहेन । कीर्तिपुर रङ्गशालामा पुनःनिर्माणपछि दर्शकहरुले विभिन्न रङ्गिन सिटमा बसेर खेलको आनन्द लिन पाउने भएका छन् । कीर्तिपुर रङ्गशालाको दर्शक क्षमता करिब १० हजार रहेको छ । यसपालि एनपिएल क्रिकेट प्रतियोगिताका बेला प्रत्येक खेलमा करिब आठ हजार टिकट बिक्री गरिदैंछ ।

 

 

सरकारले कीर्तिपुर क्रिकेट रङ्गशालालाई भविश्यमा अझ विस्तार गरी ठूलो बनाउनका लागि गुरुयोजना स्वीकृत गरिसकेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माण गर्न करिब रु १० अर्ब लाग्ने अनुमान गरिएको छ । गुरुयोजना अनुसार निर्माणपछि कीर्तिपुर रङ्गशालाको दर्शक क्षमता २५ हजार बनाइने लक्ष्य राखिएको छ ।
पहिलो खेल रातिमा

 

 

नेपालको क्रिकेट इतिहासमा पहिलोपटक रातिको समयमा फ्लडलाइटमा खेल हुँदैछ । एनपिएल क्रिकेटका खेलहरु दिउँसो तथा रातिको समयमा सञ्चालन गरिंदैछ । कीर्तिपुर रङ्गशालामा छ वटा पोलमा जडान गरिएका फ्लडलाइटका टावरहरुबाट उज्यालो भएपछि नेपाल पनि अब राति पनि क्रिकेट प्रतियोगिता गर्न सक्षम भएको छ ।
टेलिभिजनबाट प्रत्यक्ष प्रसारण

 

 

यसपालि एनपिएल क्रिकेटका खेलहरु स्टार स्पोर्टस टेलिभिजनमार्फत विभिन्न मुलुकमा हेर्न सकिने भएको छ । यसैगरी नेपाली च्यानलले पनि क्रिकेटको प्रत्यक्ष प्रसारण गर्दैछन् । नेपाल प्रिमियर लिगअन्तर्गतको जति पनि विज्ञापनदाता तथा प्रायोजकको विज्ञापन नेपाली च्यानलमा मात्र आउने व्यवस्था मिलाइएको छ । स्टार स्पोर्टसको प्रत्यक्ष प्रसारणमा भने गतवर्ष जस्तै विज्ञापनरहित क्लिन फिड दर्शकहरुले देख्न सक्नेछन् । यस्तै ओटिटीतर्फ डिजिटल फर्ममा क्लिन फिड आउने भएको छ ।
प्रख्यात कमेण्टेटरहरु पनि

 

 

नेपाली क्रिकेटप्रेमीहरु माझ लोकप्रियता कमाएका क्रिकेट कमेण्टेटर एण्ड्रु लियोनार्डले यसपालि एनपिएल क्रिकेटमा टेलिभिजन कमेण्टेटरको भूमिका निभाउँदैछन् । नेपाललाई आफ्नो दोस्रो घर भनेर बनाउने एण्ड्रुले केही वर्षदेखि नेपालले खेलेका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको प्रत्यक्ष प्रसारणमा उद्घोषण गरेका छन् । उनको विशेषता भनेको प्रत्यक्ष प्रसारणको क्रममा नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यताको प्रशंसा गर्नु हो ।

 

 

 

यस्तो कार्यबाट मुलुकमा नयाँ पर्यटकहरु भित्र्र्याउन निकै सहयोग पुग्नेजाने अपेक्षा गर्न सकिन्छ । इण्डियन प्रिमियर लिग एपिएल क्रिकेटमा टेलिभिजन कमेण्टेटरका रुपमा संलग्न भएका भारतीय सञ्चारकर्मी आकाश चोपरा एनपिएलको टेलिभिजन प्रत्यक्ष प्रसारणमा कमेण्टेटरको रुपमा संलग्न हँुदैछन् । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एचडी एकरमान, इङ्गल्याण्डका पूर्व फाष्ट बलर डारिन गोह पनि टेलिभिजन कमेण्टेटरका रुपमा नेपाल आउँदैछन् ।

 

रु ४० करोड आम्दानीको लक्ष्य

यसपालि एनपिएलबाट क्यानले करिब रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको छ । क्यानले आठ वटा टिमसँग १० वर्षको सम्झौता गरेको छ । यसपटक ती सबै टिमबाट रु नौ करोड प्राप्त हुने क्यानले जनाएको छ । एनपिएलका लागि विभिन्न प्रायोजकसँग रु १५ करोड ४० लाखको सम्झौता गरिएको छ । क्यानले नयाँ प्रयोगमा ल्याएको डिजिटल प्लेटफर्मको ओटिटीबाट रु पाँच करोड ३० लाख प्राप्त गर्नेछ ।

 

 

यसपालि घरेलु प्रसारणबाट रु एक करोड प्राप्त हुनेछ । गतवर्ष घरेलु टेलिभिजनमा क्रिकेट प्रसारण गरिएको थिएन । यसपटक आठ देखि १२ करोड टिकट बिक्रीबाट आए हुने अनुमान गरिएको छ ।

 

 

 

ट्रफी परिक्रमा
एनपिएल क्रिकेटको प्रतियोगिता सुरु हुनुअघि प्रतियोगिताको बिजेताले जित्ने ट्रफीलाई नेपालका विभिन्न शहरमा परिक्रमा गराइएको थियो । तर गतवर्षको तुलनामा यसपालि ट्रफी परिक्रमा त्यति भव्य रुपमा आयोजना गरिएन । मुलुकको पछिल्लो विकसित घटनाक्रमको कारण ट्रफी परिक्रमा कार्यक्रम भव्य रुपमा आयोजना नगरिए पनि परिक्रमामा नेपालको क्रिकेट तथा अन्य खेलका स्थापित खेलाडीहरुको समेत संलग्नता रहेको थियो ।

 

 

यस्तै कार्यक्रममा स्थानीय वासिन्दाहरुको समेत सहभागिता रहेको थियो । विश्वको सर्बोच्च शिखर सगरमाथा नजिक पर्ने कालापत्थरबाट ल्याइएको ढुङ्गा उक्त ट्रफीमा जडान गरिएको छ । ट्रफीको तौल तीन किलो रहेको छ । यसबाहेक यसपटक डिजिटल प्रबद्र्धनमा पनि क्यानले जोड दिएको छ ।
‘म्याच–फिक्सिङ’प्रति सचेतता

 

 

गतवर्ष जस्तै यो वर्षपनि क्यानले नेपाल प्रहरीको सिआइबी, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसिसँग सिधै समन्वयमा रहेको एण्टी करप्सन युनिटसँग सहकार्य गरेर ‘म्याच फिक्सिङ’प्रति सचेतता अपनाएको छ । प्रतियोगितामा सहभागी रहेका आठवटै टिममा प्रहरी निरीक्षक तहको प्रहरी अधिकृत संलग्न रही खेलाडी तथा खेलसँग सम्बन्धित सबैलाई २४ घण्टा नै निगरानी गरिने व्यवस्था मिलाइएको छ । गतवर्ष जस्तै यसपालि पनि मैदान तथा दर्शकदिर्घाको निरगानीका लागि छुट्टै टिम खटाइएको छ ।

 

 

आइसिसिले कुनै पनि क्रिकेट प्रतियोगिताको मूल्याङ्कन नै एण्टी करप्सन युनिटमार्फत गर्ने गरेको छ । क्रिकेट मैदानभन्दा बाहिर हुने गतिविधिको जिम्मेवारी लिन कठिन भए पनि मैदानभित्र गर्नुपर्ने सबै व्यवस्थापनको जिम्मेवारी आयोजकको हुन्छ । क्यानको एण्टी करप्सन युनिटले आठवटै टिममा खटिएका सुरक्षा अधिकृतलगायत सबैको दैनिक प्रतिबेदन आइसिसिमा पठाउने व्यवस्था मिलाएको छ । एनपिएल क्रिकेट प्रतियोगिताको आयोजनाको सफलताको आधारमा नै आइसिसीले नेपालमा आगामी महिलाको विश्वकप छनोट चरण आयोजनाका लागि अनुमति दिने भएको छ । एनपिएल क्रिकेट भव्यरुपमा सम्पन्न गर्नु पर्ने दायित्व क्यानका साथै सम्पूर्ण नेपालकै रहेको छ ।

 

 

नेपालमा सन् २०१० मा क्रिकेट प्रतियोगिता हुँदा ढुङ्गामुढा भएपछि नेपाल दुई वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बञ्चित भएको थियो । गतवर्ष एनपिएल क्रिकेटको पहिलो दिनमै ठूलो सङ्ख्यामा दर्शकहरु कीर्तिपुर रङ्गशालामा उपस्थित भएपछि आयोजकहरुलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण अवस्था सिर्जना भएको थियो । यसपालि नेपालमा राजनैतिक परिस्थिति परिवर्तन भएको तथा बेलाबेलामा विभिन्न आन्दोलन तथा प्रदर्शन भैरहेकाले आवश्यक सुरक्षाको प्रबन्ध मिलाउनु जरुरी छ ।

 

 

राति पनि खेल हुने भएपछि सुरक्षातर्फ विशेष सतर्कता अपनाउनु पर्ने देखिएको छ । नेपालको छवि उजिल्याउन भैरहेको महत्वपूर्ण प्रयासमा हातेमालो गर्नु आज सम्पूर्ण नेपालीहरुको कर्तब्य हो । एनपिएल क्रिकेट प्रतियोगिताले विश्वलाई नेपाल अब विगतको सामान्य अवस्थामै फर्किएको सन्देश दिन सफल हुने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु),  यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ ।इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

लागूऔषधसहित चौध जना पक्राउ

काठमाडौँ, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई÷दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक÷एक जना पक्राउ परेका हुन् ।लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९