दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

भक्तपुर, बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल । अनि किनै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका हिमाली दृश्य । यी अहिले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटको डाँडाबाट देखिने दृश्य हुन् ।

 

 

सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ ।

 

 

नगरकोटसँगै विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारयण मन्दिरसहितका सम्पदालाई पर्यटन प्रवर्द्धनका माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले गत वैशाख १ गतेदेखि आगामी चैत मसान्तसम्मका लागि आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले पर्यटकलाई थप आकर्षित बनाएको छ ।

 

 

पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म निर्माण कम्पनीले अलपत्र पारेपछि करिब रु १७ करोडको लागतमा उक्त मार्ग नगरपालिकाले कालोपत्र गरेसँगै नगरकोट जान सहज भएपछि पर्यटकहरूको आगमन बढेको पर्यटन व्यवसायी बताउँछन् ।

 

 

नगरकोट बसपार्कसँगै रहेको होटल मेरिगोल्डका सञ्चालक एवं पर्यटन व्यवसायी गोकुल लामिछानेले ११ वर्षदेखि सुस्ताएको पर्यटन व्यवसाय सडक कालोपत्र गरेपछि फस्टाएको बताउनुभयो । यसअघि यहाँको पर्यटन व्यवसाय सडककै कारणले सुस्ताएको थियो । एघार वर्षसम्म एउटा ठेकेदारले सडक मात्रै अलपत्र पारेन, सिङ्गो पर्यटन व्यवसाय नोक्सानमा पारेको उहाँको भनाइ छ ।

 

 

लामिछानेले भन्नुभयो, “सडककै कारणले नगरकोट आउने पर्यटक घटेका थिए, सोही कारण व्यवसायीले मार खेप्नु पर्‍यो तर अहिले चाँगुनारायण नगरपालिकाले भ्रमण वर्ष सुरु गरेसँगै नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा सडक कालोपत्र गराएपछि पर्यटकको आगमन बढेको छ, यहाँका व्यवसायीमा अहिले उत्साह थपिएको छ ।”

 

 

नगरकोटस्थित होटल चौतारीका सञ्चालक एवं पर्यटन व्यवसायी बद्रि माकले पर्यटकको आगमनले व्यवसायमा लगानी थप गर्न आँट आएको बताउनुभयो । विसं २०७२ को भूकम्पले भत्किएको होटललाई नयाँ स्वरुपमा निर्माण गरेर व्यवसायमा लगानी बढाएको बताउँदै उहाँले बिदा र शुक्रबारको दिन अग्रिम बुकिङ नगरे ठाउँ पाउन मुस्किल पर्ने उल्लेख गर्नुभयो ।

 

नगरकोटका होटलदेखि डाँडाहरूबाट देखिने सूर्योदय, सूर्यास्त, सगरमाथा र हिमाली दृश्यहरूले पर्यटकको मन आनन्दित बनाउने बताउँदै उहाँले आन्तरिक पर्यटक एक रात बसेर जाने र बाह्य पर्यटकहरू तीन–चार दिनसम्म नगरकोटमा रमाउने जानकारी दिनुभयो ।

 

नगरप्रमुख खत्रीले भूकम्प, कोरोना र अलपत्र सडकका कारण थिलथिलो बनेको यहाँको पर्यटन व्यवसाय अहिले चलायमान बन्दै गएको बताउनुभयो । सरकारले नगरकोट सडकको ठेक्का रद्द गरेलगत्तै नगरपालिकाले तीव्र गतिमा भक्तपुर–नगरकोट १४ किलोमिटर सडक कालोपत्र सम्पन्न गराएपछि पर्यटकको आगमन बढेको उहाँको भनाइ छ ।

 

नगरप्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायणबाट नगरकोटसम्म यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरू छन् । त्यसैले नगरले निर्णय गरेर नगरकोट सडकको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेर तीव्र गतिमा निर्माण सम्पन्न गरायौँ, यहाँको पर्यटन व्यवसायको विकास र प्रचारप्रसारका लागि नगरकोट भ्रमण वर्षको सुरुआत गरेका छौँ, पर्यटकको आगमनले व्यवसायी उत्साहित हुनुहुन्छ ।”

 

 

चाँगुनारायण, मण्डनदेउपुर र बनेपा नगरपालिकाको समन्वयमा पर्यटन प्रवर्द्धनका लागि संयुक्त रूपमा गुरुयोजना निर्माण गरी अगाडि बढ्ने सहमति बनेको बताउँदै भ्रमण वर्ष सफल पार्न सबै नगरपालिकाको क्रियाशीलता रहेको उहाँले उल्लेख गर्नुभयो ।

 

 

नगरकोटमा सामान्य, मध्यमवर्गदेखि उच्च तहका व्यक्तिहरू बस्न सक्नेगरी सामान्यदेखि पाँचचारे र साततारेसम्मका होटलहरू सञ्चालनमा आएका जनाउँदै नगरप्रमुख खत्रीले नयाँ होटलहरू पनि धमाधम थपिँदै गएका बताउनुभयो ।

 

 

“नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गराउन सरकारसँग संवादमार्फत पहल गरिरहेका छौँ । पर्यटन प्रवर्द्धनका लागि प्रदेश र केन्द्रीय सरकारसँग पनि पहल गर्दै जाने छौँ”, नगरप्रमुख खत्रीले भन्नुभयो । नगरकोटको प्रकृति, संस्कृति र समुदायलाई बचाउँदै यस क्षेत्रका बस्ने, महसुस गर्ने, सिक्ने, प्रचारप्रसार गर्ने र अनुसन्धान गर्ने विषयमा योजनाबद्ध काम गर्दै जाने उहाँले बताउनुभयो ।

 

 

पर्यटन व्यवसायी एवं होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले यहाँ पर्यटकको आगमन बढेपछि व्यवसायीले होटलमा लगानी बढाउन थालेका बताउनुभयो । नगरकोटको विकासमा भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौँ जिल्लाले लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

 

काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित नगरकोट समुद्री सतहबाट दुई हजार १७३ मिटर उचाइमा छ । व्यवसायी ध्वजुका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथासहित लाङटाङ, दोर्जे लाक्पा, धौलागिरि, कञ्चनजङ्घा, मनास्लु, गणेश, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालुलगायत विश्वका उत्कृष्ट हिमशृङ्खलाहरू यहाँबाट देख्न सकिन्छ । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यावलोकनका लागि पनि प्रसिद्ध मानिन्छ ।

 

प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, शान्त वातावरण, सूर्योदय–सूर्यास्तको अनुपम सौन्दर्य, र सांस्कृतिक विविधताको सङ्गमका रूपमा परिचित छ । यहाँबाट लाङटाङ, गणेश, हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँसम्म कि मौसम अनुकूल भएमा माउन्ट एभरेष्टसमेत देख्न सकिन्छ ।

 

 

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले एक दिनमा फरकफरक मौसमको अनुभूति गर्न पाइने नगरकोट हिमाली दृश्य, सूर्योदय र सूर्यास्तमात्रै नभई यहाँका हरियालीले भरिएको घना वनजङ्गल, पाखा–पखेरा, घाँसेमैदान र खुल्ला प्राकृतिक वातावरणले पर्यापर्यटनमा समेत आकर्षण बढाएको बताउनुभयो ।

 

 

यहाँका गुरुङ, तामाङ, शेर्पालगायत जातिको स्थानीय संस्कृतिले पनि पर्यटकलाई सांस्कृतिक अनुभव दिनुका साथै आकर्षित गर्ने उहाँले बताउनुभयो । यहाँका ट्रेकिङ मार्ग, साइकलिङ ट्रेल, घरबास, साहसिक खेलहरूलगायत विविध किसिमका पर्यटकलाई आकर्षित गर्ने गतिविधिका कारण बहुपक्षीय पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।

 

 

‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले नगरकोटलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन ठूलो भूमिका खेलेको अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नुभयो । उहाँले यीयस्ता विशेषताका कारण पर्यटकलाई नगरकोटतर्फ आकर्षित गर्नुका साथै स्थानीय व्यवसायीहरूलाई पनि उत्पादन र सेवा सुधार गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन

काठमाडौँ,  सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हँुदै आएको अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन भएको हो ।   सर्वोच्च अदालतको गत कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

तेल अभिभ (इजरायल), इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा असहमति जनाउँदै आफूले यस्तो पहललाई दृढ रूपमा रोक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ ।   यसैबीच, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजासम्बन्धी अमेरिकाद्वारा तयार पारिएको प्रस्तावमा मतदान गर्नुपर्ने समय नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय कूटनीतिक...

राप्ती नदी सरसफाइ अभियान

चितवन,  हेटाैँडाबाट गोलाघाटसम्म राप्ती नदी सरसफाइ महाअभियान सञ्चालन गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनले तेस्रो राप्ती नदी सरसफाइ दिवसका अवसरमा नदीको मुहानदेखि नारायणीको सङ्गमस्थल गोलाघाटसम्म अभियान सञ्चालन गरेको हो । विगत तीन वर्षदेखि मङ्सिर १ गते राप्ती नदी दिवस मनाउँदै आएको...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ, लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

बालबालिकामा कुपोषण दर उच्च

दोधारा चाँदनी (कञ्चनपुर), भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल ६ किलो ४०० ग्राममात्र थियो ।   उमेरअनुसार शिशुको तौल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

‘समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउनुपर्ने’

काठमाडौँ, आज नोभेम्बर १७ प्रत्येक वर्ष यस दिन समय अगावै जन्मिएका नवजात शिशु दिवस (वल्र्ड प्रिम्याचुरिटी डे) मनाउने गरिन्छ ।चिकित्सकका अनुसार समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्छ र त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी छ । यस दिवसले समयपूर्व जन्मिएका शिशुहरू...

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौँ,  नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको हो ।   प्रहरी उपरीक्षक पवनकुमार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९