सेति राजमार्गमा पहिलोपटक कर्णाली रिभर साइड बस सेवा — मोहन्यालवासीका लागि ठूलो राहत

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका बौनिया बजारबाट पहिलोपटक मोहन्याल गाउँपालिकाको खिमडीसम्म कर्णाली रिभर साइड बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। सेति राजमार्गको नियमित यातायात सेवा प्रारम्भसँगै स्थानीयवासीले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।

 

उद्घाटन कार्यक्रम बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वारको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बौनिया बजारको अध्यक्ष रहँदा तल्लापानी र फलेबिसौना सम्म बस पुर्याउने योजना कसरी बनेको थियो भन्ने स्मरण गरे। सडक विस्तारका बेला कुनै संघ–संस्था वा दाता नभएकाले व्यापारीहरूले रु. ५०० देखि १,००० सम्म रकम उठाएर, बर्दगोरिया–२ र ३ का स्थानीय नागरिकसँग सरसहयोग लिएर १७ किलोमिटर सडक निर्माण गरिएको उनले बताए।

 

सेति राजमार्ग निर्माणका लागि विभिन्न चरणमा दबाब दिने क्रममा अर्थमन्त्री वर्षमान पुन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चस्तरीय व्यक्तिहरूलाई महोत्सवमार्फत बौनिया बोलाइएको स्मरण गर्दै उनले चोसेकाँडामा रोकिएको सडक वन कार्यालय, कर्मचारी तथा जनप्रतिनिधिहरूबीच समन्वय गरेर खोलिएको जानकारी दिए। अध्यक्ष कुँवरले सेति राजमार्गको काम छिटो गर्न स्थानीय सरकार निरन्तर सक्रिय रहेको र बस सञ्चालनमा सरकारबाट आवश्यक सबै सहयोग पुर्याइने बताए।

 

विशिष्ट अतिथि मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय हिमशिखरले बस सेवा मोहन्यालवासीकै पुरानो सपना रहेको उल्लेख गर्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिए। बस सञ्चालकलाई उचित भाडा कायम गर्न र क्षमताभन्दा बढी यात्रु नबोक्न अनुरोध गर्दै उनले यो सेवा मोहन्याल र आसपासका पहाडी भू–भागका नागरिकका लागि ठूलो राहत हुने बताए।

 

कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठ, प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष मिथुन गौतम, वडा नं.२ का अध्यक्ष गोविन्द बिक, रिभरसाइड यातायातका प्रतिनिधि बलबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख डम्बर बिष्ट, व्यवसायी, सामाजिक अगुवाहरू तथा गाडी सञ्चालक पवन रावललगायतको उपस्थिति थियो।

 

पहिलोपटक बौनिया बजारदेखि मोहन्याल गाउँपालिकाको कार्यालय खिमडीसम्म बस सेवा सञ्चालनमा आएपछि मोहन्याल क्षेत्र, सुदूरपश्चिमका पूर्वी पहाडी इलाका तथा कर्णाली प्रदेशका केही जिल्लाका जनताले यातायातमा सहजता र सुगमता पाउने विश्वास गरिएको छ।

स्थानीय विकास र यातायात पहुँच विस्तारतर्फको यो कदम क्षेत्रकै लागि प्रेरणादायी मानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौँ,  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् ।   यसैगरी...

प्रतिनिधिसभा निर्वाचन ६१ दिन बाँकी : आयोगद्वारा उम्मेदवारलाई खर्चको सीमा निर्धारण

काठमाडौँ,  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विभिन्न २६ निर्वाचन क्षेत्रका उम्मेदवारले मात्रै अधिकतम रु ३३ लाख खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबैभन्दा बढी खर्च गर्न पाउनेछन् ।   यसैगरी...

पाँच वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार

काठमाडौँ,  नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

‘बेलबारी रन’ : कार्की , शेर्मा र राई प्रथम

बेलबारी (मोरङ), १९ पुसः मोरङको लक्ष्मीमार्गमा सम्पन्न ‘बेलबारी रन’को १० किमी प्रतियोगितामा खुला पुरुषतर्फ ओखलढुङ्गाका टङ्कबहादुर कार्की प्रथम हुनुभएको छ । यसैगरी महिलातर्फ पाँचथर मिक्लाजुङकी पुष्पा शेर्मा र भेट्रानतर्फ सुनसरी धरानका बिजयकुमार राई प्रथम बन्न सफल हुनुभएको छ ।   बेलबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा हुनलागेको...

धुलिखेलमा ‘डी–टाउन बास्केटबल एकेडेमी’ स्थापना

काभ्रेपलाञ्चोक, धुलिखेल नगरमा खेलकूदको प्रवद्र्धन गर्ने उद्देश्यले डि–टाउन बास्केटबल एकेडेमी स्थापना गरिएको छ । एकेडेमीको धुलिखेल नगरका प्रमुख अशोक ब्याञ्जूले शुक्रबार प्रशिक्षित खेलाडीलाई बास्केटबल हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो । एकेडेमीमा करिब चार दर्जन खेलाडीले पहिलो चरणमा प्रशिक्षण लिने कार्यक्रम रहेको जनाइएको छ । एकेडेमीको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

भान्साबाट व्यवसायसम्म : जानकी रावत थापाको आत्मनिर्भर यात्रा

लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ ।   यस्तै उदाहरण हुन्...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ (स्याङ्जा),  स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् ।   नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेका हुन् । विद्यालयमा...

भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

नेपालगन्ज, भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा...

विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौँ,  भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ । आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९