बस्तीबीचमा भलबारी डिपो, अव्यवस्थित पार्किङ र आगलागीको जोखिमले स्थानीय त्रसित

भलबारी (रुपन्देही),दुई दशकदेखि नेपाल आयल निगमको ट्याङ्कर चलाउँदै आउनुभएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्याङ्कर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ । डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यता छ ।

 

सडकमा पार्किङ गर्दा दुर्घटना र ट्राफिक कारबाहीको डर तथा बस्ती नजिक स्थानीयले रोक्नसमेत नदिँदा खरेलजस्तै ३०० हाराहारी ट्याङ्कर चालकले हैरानी बेहोर्दै आएका छन् । “डिपोमा पार्किङ नहुँदा सडकमै ट्रक तथा ट्याङ्कर राख्नुपर्ने, ट्राफिक प्रहरीले जरिवाना तिराउने, बुटवल–भैरहवा सडकको सर्भिस लेनबाट निगमको डिपोभित्र प्रवेश गर्नुपर्दा अत्यधिक जामको समस्या आएको छ”, चालक खरेलले भन्नुभयो ।

 

पेट्रोलियम पदार्थ लिन निगमकै अन्य तथा इण्डियन आयल कर्पोरेशन (आइओसी) का विभिन्न डिपो पुग्नुभएका उहाँसँग डिपो सुरक्षाका लागि छुट्टै पार्किङको विशेष व्यवस्था भएको अनुभव छ । “सडकमा रोकी राख्दा कहिलेकाहीँ दुर्घटना हुनसक्छ, त्यसको जिम्मेवार को भन्दा ट्याङ्कर चालक नै हुने गरेका छन्”, ट्याङ्कर एकाइ कमिटी भलबारीका अध्यक्ष खरेलले भन्नुभयो, “निगमले पार्किङको ठाउँ छुट्टाइदिएको भए चालक र स्थानीयलाई पनि ढुक्क हुन्थ्यो ।”

 

पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी सङ्घका कोषाध्यक्ष धनेन्द्र पौडेल ठूल्ठूला ट्याङ्कर आवातजावत गरिरहँदा पार्किङको अभाव भएको बताउनुहुन्छ । इन्धन लोड गरेर ल्याएको ट्याङ्कर यत्रतत्र राख्नुपर्ने बाध्यता छ । “पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर घरमा  लगेर राख्ने होइन, अति प्रज्वलनशील पदार्थ सडकमा राख्न पनि मिलेन”, उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको माग बढेका दिन लस्करै वल्लो चोकदेखि पल्लो चोकसम्म ट्याङ्कर राख्नुपर्ने बाध्यता छ, यसबाट सडक दुर्घटना मात्र नभई अन्य समस्या पनि बेहोर्नुपरेको छ ।”

 

रुपन्देहीकै रोहिणी क्षेत्रमा डिपो सार्ने खबरले ट्याङ्कर व्यवसायी र चालक उत्साहित छन् । “रोहिणी क्षेत्रमा डिपो स्थानान्तरण हुने जानकारी पाएका छौँ, नयाँ ठाउँमा पार्किङको उचित व्यवस्था हुन्छ भन्ने आशा छ”, उहाँले भन्नुभयो ।

 

ट्याङ्कर चालक मात्रै होइन वरपरका नागरिकलाई पनि डिपोले तनाव नै दिएको छ । विसं २०३६ मा डिपो स्थापना भएको हो ।  त्यति बेला भलबारी गाउँ नै थियो । अहिले सो क्षेत्र सहरमा परिणत भएको छ । बुटवल–भैरहवा ६ लेन सडक यही हुँदै गएको छ । चार बिघा १४ कट्ठामा फैलिएको सो डिपो अहिले घनाबस्तीको बीचमा छ ।

 

इन्धन बोकेका ट्रक तथा ट्याङ्कर घरै अगाडि सडकमा पार्किङ गरेर राख्दा जोखिम बढेको तिलोत्तमा–७ भलबारीस्थित मनकामना टोल विकास संस्थाका अध्यक्ष विसन शाही बताउनुहुन्छ । केही वर्षअघि भलबारी डिपोमा आगलागी हुँदा त्रास बढेको भन्दै स्थानीयले सङ्घर्ष समिति गठन गरी डिपो तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न निगमलाई पटक पटक ज्ञापनपत्र बुझाएका छन् ।

 

ज्ञापनपत्रमा तत्काल डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउने, त्यसअघि ट्याङ्करको निश्चित स्थानमा पार्किङको व्यवस्था, बुटवल–भैरहवा सडकखण्डको ‘सर्भिस लेन’मा ट्रक ट्याङ्कर पार्किङ गर्ने अवस्था तत्काल हटाउनेलगायत विषय उल्लेख गरिएको सङ्घर्ष समितिका संयोजक गङ्गा शाहीको भनाइ छ ।

 

निगमको लुम्बिनी प्रादेशिक डिपो प्रमुख शैलेन्द्र भुसाल भलबारी डिपोमा जग्गा अभावका कारण तत्काल भण्डारण क्षमता र पार्किङ क्षेत्र विस्तार गर्नसक्ने अवस्था नरहेको बताउनुभयो । “भण्डारण क्षमता अभिवृद्धि गर्नका लागि जग्गा छैन, थप पूर्वाधार निर्माण गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “डिपोमा पार्किङ क्षेत्र नै छैन, ट्रक तथा ट्याङ्कर सडकमै राख्नुपर्ने बाध्यात्मक अवस्था छ, यिनै कारणले तत्काल डिपो सार्नुपर्नेछ ।”

 

रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी र रुकुम पूर्वसहित बागलुङका केही पम्पमा इन्धन आपूर्ति गर्दै आइरहेको छ । सो डिपोअन्तर्गत २०० भन्दा बढी डिलर सञ्चालित छन् । डिपोमा इन्धन ल्याउने र डिलरमा पु¥याउन करिब ३०० ट्रक ट्याङ्कर छन् । भलबारी डिपोमा अमलेखगञ्जबाट डिजेल तथा पेट्रोल भारतको बेतालपुर डिपोबाट आयात हुँदै आएको छ । भलबारी डिपोमा हाल पेट्रोलको ५१९ किलोलिटर, डिजेल तीन हजार ५० किलोलिटर र मट्टितेलको भण्डारण क्षमता १४० किलोलिटर रहेको छ ।

 

दैनिक ३०० किलोलिटर पेट्रोल, सात सय किलोलिटर डिजेल र १२ किलोलिटर मट्टितेल बिक्री हुँदै आएको छ । सरकारले हरेक प्रदेशमा तीन महिनासम्म पुग्ने भण्डारण क्षमता वृद्धि गर्ने भने पनि बिक्री अवस्थाका आधारमा सो डिपोको मौज्दात न्यून छ । भलबारी डिपोको हालको मौज्दातले पेट्रोल दुई दिन, डिजेल करिब चार दिनको माग धान्ने प्रमुख भुसालले जानकारी दिनुभयो ।

सडक अवरुद्ध भए चार दिनमै डिपो ‘रित्तिने’ डर
भण्डारण क्षमता न्यून भएपछि सडक अवरुद्ध हुँदा वा इन्धन लोड हुन नसक्दा डिपो ‘रित्तिने’ अवस्था देखिएको प्रमुख भुसालको भनाइ छ । केही कारणले एक÷दुई दिन इन्धन लोड हुन नसकेमा डिपो खाली हुने र बिक्री वितरणमा समस्या पर्न सक्ने अवस्था रहेको उहाँले बताउनुभयो । “हामीसँग पर्याप्त मौज्दात गर्ने टयाङ्क छैन”, उहाँले भन्नुभयो, “कहिलेकाहीँ बाटो बिग्रन सक्छ, समयमै ‘लोड’ नहुन सक्छ, यहाँको अवस्था दयनीय छ ।”

 

केही महिनाअघि वर्षाका कारण बुटबल–नारायणगढ सडक अवरुद्ध हुँदा अमलेखगन्जबाट इन्धन ल्याउन नसकिएपछि डिपोले पोखराबाट इन्धन आपूर्ति गरेको थियो । भलबारी डिपो स्थानान्तरण गर्न रुपन्देहीकै रोहिणी खोला किनारमा जग्गा व्यवस्थापन गरिएको छ । निगमले बस्तीभन्दा टाढा र पर्याप्त जग्गा रहेका कारण सो क्षेत्रमा आधुनिक सुविधा सम्पन्न डिपो निर्माण गर्ने घोषणा गरे पनि अझै प्रक्रिया अघि बढ्न सकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९