बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…

राष्ट्रिय समाचार समिति (रासस)
काठमाडौँ, १० मङ्सिरः सर नमस्कार … म बोलेको (नाम मर्यादाका लागि गोप्य) । छोरीको पाठेघर निकाली दिनुप¥यो । नेपाल परिवार नियोजन सङ्घ, काठमाडाँै उपत्यका शाखाका वरिष्ठ शाखा प्रबन्धक शरद्कुमार अर्याललाई एक अपरिचित महिलाले फोन गरेर थप सुनाउनुभयो, “छोरीले विवाह गर्छु भनेर हैरान पारिन् । केटा मान्छे देख्नै हुन्न । आकर्षित, लालहित भइहाल्छिन् । लौन पाठेघर नै झिकिदिनुप¥यो । टन्टैसाफ ।”

 

 

प्रबन्धक अर्यालले ती महिलालाई तत्काल अलि चर्काे स्वरमा जवाफ फर्काइदिए, “हुन्न हुन्न म्याम ! म शाखाका साथी शिक्षिकाअर्थात् ‘च्याम्पियन’लाई हजुर कहाँ परामर्शका लागि पठाइदिन्छु, उहाँहरुले के भन्नुहुन्छ, यसपछि के गर्नुपर्छ म सल्लाह दिउँला ।”

 

 

फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा, बृहत्तर यौनिकता शिक्षा, सरसफाइ (विशेष गरेर महिनावारीका समयमा) लगायतका आवश्यक स्वास्थ्य शिक्षाको परामर्शअर्थात् ‘काउन्सिलिङ’ कसरी गर्ने भन्ने तालिम लिएका शाखामा कार्यरत ती अब्बल ‘च्याम्पियन’ले फोन गर्ने महिला र उनकी बौद्धिक अपाङ्गता भएकी किशोरीलाई भेटघाट गरेँ । च्याम्पियन’का अनुसार ती किशोरीले आफूलाई विवाह गर्ने र बच्चा पाउने र केटा मान्छेसँग गफिने रहर भएको तर आमाले आफ्नो कुरा सुनुवाइ नगरेको दुःखेसो व्यक्त गरिन् ।

 

 

‘च्याम्पियन’ ले भन्नुभयो “किशोरीकी आमालाई बृहत्तर यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध आयाम, फरक क्षमता भएकाको आवश्यकतालगायत अन्य विषयमा आवश्यक परामर्श दिऔँ । छोरीको पाठेघर निकाल्न नहुने कुरामा आमालाई ‘आश्वस्त’ पारेर फर्किऔँ ।”

 

 

अपाङ्गतामैत्री छैनन् परिवार व्यवस्थापनको अस्थायी /स्थायी साधन

 

अपाङ्गता भएका किशोरीहरु पनि महिनावारी हुन्छन् । यस्तो समयमा उनीहरुलाई आवश्यक पर्ने सामग्री एवं सरसफाइमा ध्यान देलान त ? अभिभावक अथवा हेरचाह कर्ताले कस्तो व्यवहार गर्लान् ? प्रबन्धक अर्यालले भन्नुभयो, “अपाङ्गता भएकी किशोरी महिनावारी हुँदा आफूलाई अभिभावकले गर्ने व्यवहार हाम्रा ‘च्याम्पियन’लाई, क्लिनिकमा सेवा लिन आउँदा अथवा हामीले उनीहरुकै लागि आयोजना गरेका स्वास्थ्य शिविरमा भन्दछन्, यो सुन्दा बृहत्तर यौनिकता शिक्षाका बारेमा अभिभावकमा सचेतना नै छैन ।”

 

 

अपाङ्गता भएका व्यक्तिलाई पनि विवाह गर्न, बच्चा जन्माउन मनलाग्दो हो । के उनीहरुको सहज विवाह भएको छ त ? पछिलो जनगणनाअनुसार कूल जनसङ्ख्याको दुई प्रतिशतअर्थात् सात लाख विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति छन् ।

 

 

उनीहरुलाई पनि परिवार योजनाका स्थायी अथवा अस्थायी साधन प्रयोग गर्न मन लाग्दो हो ? यस्ता साधनमा उनीहरुको सहज पहुँच छैन । नेपालमा परिवार व्यवस्थापनको अस्थायी साधन पिल्स मात्र अपाङ्गतामैत्री छ । अर्काेतर्फ स्वास्थ्य सस्थाका पूर्वाधार, सेवा, औषधिमा अपाङ्गता भएका व्यक्तिको पहुँच न्यून छ । पछिल्लो जनसाङ्ख्यिक सर्वेक्षण अनुसार स्वास्थ्य सस्थामा अपाङ्गता भएका व्यक्तिमध्ये दुई प्रतिशतको मात्र पहुँच छ ।

 

 

‘अपाङ्गतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षा’सम्बन्धी परियोजनाको समीक्षा गर्न मङ्गलबार आयोजित कार्यक्रममा प्रबन्धक अर्यालले अपाङ्गता भएका व्यक्ति, तिनका अभिभावक र हेरचाहकर्ता (केयरटेकर)का आ आफ्नै व्यथाका पुलिन्दा प्रस्तुत गर्दै सीमान्तकृत अपाङ्गता भएका व्यक्तिको शिक्षा र स्वास्थ्यका क्षेत्रमा राज्य गम्भीर बन्न आग्रह गर्नुभयो ।

 

 

नेपाल परिवार नियोजन सङ्घद्वारा फिनल्याण्ड सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा काठमाडौँ उपत्यकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि ‘अपाङ्गतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षा’ परियोजना सञ्चालित छ । अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षामा कसरी पहुँच सुनिश्चित गर्ने भन्ने प्रमुख ध्येय रहेको सो परियोजनाले त्यस्ता व्यक्तिका लागि अलग्गै स्वास्थ्य शिविर, अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम, बृहत्तर यौनिकता शिक्षा, विद्यालय तहमा अपाङ्गता समावेशी शिक्षाका बारेमा सरोकार निकायसँग मिलेर काम गरिरहेको छ । परियोजनाका संयोजक विवेक रिसालले परियोजनाका गतिविधि प्रस्तुत गर्दै अपाङ्गतामैत्री स्वास्थ्य सेवा र समावेशी शिक्षाका लागि निरन्तर पैरवी जारी रहेको जानकारी दिनुभयो ।

 

 

उहाँले भन्नुभयो, “स्वास्थ्य शिविर र सङ्घद्वारा सञ्चालित क्लिनिकमार्फत अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवा पु¥याइरहेका छौँ ।” उहाँका अनुसार सन् २०१९ देखि कार्यान्वयमा आएको सो परियोजनाले हालसम्म १० हजार अपाङ्गता भएका व्यक्तिलाई सो सेवा प्रदान गरिसकेको छ ।

 

 

दृष्टिसम्बन्धी अपाङ्गता भएकी सन्ध्या श्रेष्ठले भन्नुभयो, “अपाङ्गता भएका व्यक्ति पनि महिनावारी हुन्छन्, उनीहरुलाई केटासँग गफिने, विवाह गर्ने, बच्चा पाउने रहर हुन्छ । अपाङ्गता भएका व्यक्तिको रहर र चाहनालाई नत अभिभावक, नत ‘केयर टेकर’ले नै बुझिदिन्छन् । हामीलाई पाइलापिच्छे अवरोध र समस्या छन् ।” सङ्घका केन्द्रीय सदस्य एवं ‘च्याम्पियन’समेत रहेकी श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्था र सेवा अपाङ्गतामैत्री नरहेको गुनासो गरिन् ।

 

 

अपाङ्गतामैत्री सेवा छ, पहुँच र जानकारी छैन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रमुख डा सतिष विष्टले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका स्वास्थ्य प्रदायक संस्थाबाट अपाङ्गता भएका व्यक्तिले प्राप्त गरेका सेवालाई केन्द्रीय सूचना तथा तथ्याङ्क प्रणालीभित्र प्रविष्ट गराउन सुरुआत भइसकेको जानकारी दिनुहुँदै अझै स्वास्थ्य सस्था, सेवा, निःशुल्क औषधिलगायतका क्षेत्र अपाङ्गता भएका व्यक्तिको सहज पहुँच छैन भन्नुभयो ।

 

 

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेगालले स्वास्थ्यकर्मी सहित विशेषज्ञ चिकित्सकलाई समेत अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य समस्या सम्बोधन गर्न कसरी व्यवहार गर्ने भन्ने विषयमा सञ्चारको ज्ञान आवश्यक रहेको, स्वास्थ्य संरचना र सेवालाई अपाङ्गता भएका व्यक्तिमैत्री बनाउन जरुरी रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “अझै पनि समाजमा अपाङ्गता भएका व्यक्तिलाई परिवार व्यवस्थापनको साधन चाहिन्छ र भन्ने प्रश्न गर्नेहरु छन् ।”

 

 

परिवार कल्याण महाशाखाका परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेलले अपाङ्गतामैत्री सुरक्षित तथा प्रजनन स्वास्थ्य सेवा नीतिगत प्रावधान भएपनि व्यवहारिक कार्यान्वयनमा समस्या रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिका लागि सेवा छ, पहुँच र जानकारी नहुँदा समस्या भयो । यसलाई अन्त्य गर्दै सूचना र जानकारीलाई अपाङ्गतामैत्री बनाउनुपर्छ । विद्यालय तहका पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षालाई पुनः अनिवार्य गरिनुपर्छ ।”

 

 

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीनानाथ गौतमले विद्यालय तहका पाठ्यक्रमलाई समावेशी बनाउँदै लगिने नीति सरकारको रहेको जानकारी दिनुहुँदै यसमा आवश्यक सहयोग गर्न सरोकारवाला निकायसँग आग्रह गर्नुभयो ।

 

 

नेपाल परिवार नियोजन सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको चर्चा गर्दै यो जनस्वास्थ्य, आर्थिक, सामाजिक, राजनीतिक ‘इस्यु’ बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल परिवार नियोजन संघको प्राथमिता क्षेत्र मध्ये अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्न सरकारलाई सहयोग गर्नु पनि रहेको छ ।”

 

 

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले भन्नुभयो, “स्वास्थ्य सस्था र सेवा अपाङ्गतामैत्री छैन । यस्ता व्यक्ति यौन तथा प्रजनन स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित छन् । बनेका नीति कागजमा सीमित छन् । विद्यालय तहका पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षालाई अनिवार्य गरिनुपर्छ । निजी क्षेत्रबाट प्रकाशित पाठ्यक्रमभित्र अपाङ्गता भएका व्यक्तिका आत्मसम्मानमा ठोस पुग्ने शब्दावली हटाउनुपर्छ ।” दृष्टिविहीनहरुको हक अधिकारका क्षेत्रमा पैरवी गर्दै आएको सस्था बायोनका अध्यक्ष कलाधर अधिकारीले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवा पहुँच नभएको र बृहत्तर यौनिकता शिक्षा आवश्यक रहेको बताउनुभयो ।

 

 

नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाका सभापति तारा पुडासैनीले अपाङ्गता भएका व्यक्ति यौन तथा प्रजनन स्वास्थ्य सेवा पाउने अधिकारलाई पैरवी गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रभाकर श्रेष्ठ र सुरेश प्रधानलागायतले अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवामा सहज पहुँचका लागि सरोकारपक्ष ध्यान दिन, बृहत्तर यौनिकता शिक्षाको महत्वलाई उजारग गर्न विद्यालय तहमा अनिवार्य गर्न सुझाव दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
–––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९