जेनजी आन्दोलनका सहिदः ‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले झस्काउँछ जानतीलाई

सुरुङ्गा (झापा)   अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी पौरखी र मिलनसार स्वभावका युवा भनेर चिनिनुहुन्थ्यो । परिवारको मुस्कान, छिमेकीको भरोसा र समाजको आशा बनेका दिनेश अहिले केवल सम्झनामा मात्र बाँकी हुनुहुन्छ । गत भदौ २४ गते बिर्तामोडमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते हुनुभएका उहाँले तीन दिनको उपचारपछि भदौ २७ गते बीएन्डसी अस्पतालमा प्राण त्याग्नुभयो ।

 

दिनेशको परिवारमा अहिले पनि त्यो दिन सम्झँदा आँसुका धारा रोकिँदैनन् । ३० वर्षीया श्रीमती जानती, ५५ वर्षीया आमा सपना, छ वर्षीय छोरा रिदम र १३ महिनाकी छोरी दिपीका—सबै दिनेशकै भरमा थिए । बुबा मङ्गलु राजवंशी तीन वर्षअघि बितेपछि घरको आधार दिनेश नै हुनुहुन्थ्यो । दुई वर्ष कतारमा पसिना बगाएर कमाएको पैसाले घर बनाएका उनले स्वदेश फर्किएपछि केही उद्यम गरेर परिवारलाई आर्थिक स्थायित्व दिने सपना बोकेका थिए ।

 

रोजगारीको खोजीमा कतार पुगेका दिनेशले अब आफ्नो देशमा केही गर्छु, छोराछोरीलाई राम्रो पढाउँछु  भन्ने सोच बोकेर घर फर्किनुभयो ।  यही सोचले उहाँले शनिश्चरेमा मासु पसल सुरु गर्नुभयो । श्रीमती जानती पनि दैनिक ज्याला मजदुरी गर्नुहुन्थ्यो । श्रीमान्–श्रीमतीको संयुक्त मिहेनतले परिवार चलिरहेको थियो । तर, जेनजी आन्दोलनले दिनेशको परिवारको गति नै मोडिदियो ।

 

‘कान्छी म बिर्तामोड गएर आउँछु, मल पनि बुझ्छु, दोकान खोल्ने माहोल छ छैन त्यो पनि हेर्छु, नानी केटाकेटीलाई खुवाएर तिमी पनि खाना खानु है’ उहाँले मसँग बोलेको अन्तिम शब्द यही हो भक्कानिँदै जानती भन्नुहुन्छ, “श्रीमान्को निधनसंगै मेरो सिउँदो त उजाडियो नै छोराछोरीसमेत टुहुरा भए, अनि घर नै भताभुङ्ग भयो ।”

 

छोराले कहिल्यै बिर्सन नसक्ने प्रश्न गर्ने गरेको बताउँदै जानतीले भन्नुहुन्छ, “ममी, बाबालाई कसले गोली हान्यो होला ? नहान्दा पनि हुन्थ्यो नि ?” छोराको यो प्रश्नसँगै जानतीका आँखाबाट आँसुका बलिन्द्र धारा बग्छन्  । मोबाइलमा कहिलेकाहीँ आन्दोलनको भिडियो छोरा रिदमले देख्छ अनि भिडियो हेरेर भन्छ, “ममी, कति मान्छे त बाँचेका छन्, हाम्रो बाबा पनि बाँचेको भए हामी बाबासँगै बोल्थ्यौँ अनि  खेल्थ्यौँ नि,” जानतीले भन्नुभयो, “म आमा हुँ । उसको मन कति चिरिन्छ होला–शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ ।” भर्खर १३ महिनाकी छोरी दिपीकाको भर्खर बोली फुट्दैछ, जानतीले सुनाउनुभयो, “कहिलेकाहीँ छोरीले ‘बाबा’ भन्छिन् छोरीको त्यो आवाज सुन्दा मुटु नै फुट्लाजस्तो हुन्छ ।”

 

दिनेशकी आमा सपना अझै पनि निस्तब्ध हुनुहुन्छ  । “कान्छालाई दशाले बिर्तामोड पु¥यायो । छरछिमेकमा सानोतिनो झैझगडा हुँदा त नजाने मेरो छोरो कसरी त्यहाँ गयो”, उहाँले भन्नुभयो, “अब कान्छो फर्किंदैन थाहा छ,  तर पनि बाटामा कोही अरू नै हिँडे कान्छाकै झल्को आउँछ ।”

 

अहिले दिनेशको निधनपछि परिवारको सबै आधार सुस्ताएको छ । दिनेशको निधन हुँदा दाजु गोवद्र्धन विदेशमै रहनुभएको थियो । भाइको निधनको खबर सुनेर रातारात उहाँ स्वदेश फर्किनुभयो । भाइको काजकिरिया दाजु गोवद्र्धनले नै गर्नुभयो । “मुलुकका लागि भाइले प्राण त्याग्यो”, दाजु गोवद्र्धनले भन्नुभयो, “अब राज्यले कम्तीमा दिनेशका छोराछोरीलाई राम्रो शिक्षा पाउने व्यवस्था गरिदिनुपर्छ ।” भाइको काजकिरिया सकेलगत्तै उहाँ अहिले विदेश फर्कनुभयो । दाजु पनि विदेशिएपछि राजवंशी परिवारमा थप सन्नाटा छाएको छ ।

 

 

दिनेशको निधनपछि राज्यले दिनेशलाई सहिद घोषणा ग¥यो । सहिद परिवारलाई प्रदान गरिने रु १५ लाख परिवारलाई उपलब्ध गरायो । स्थानीय संस्थाहरूले पनि थप केही आर्थिक सहयोग रकम प्रदान गरेका थिए । अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधि घरै गएर  छोराछोरीलाई कक्षा १२ सम्म पढाइ दिने बचन छन् । जानतीको मनमा शान्ति पटक्कै छैन । उहाँ भन्नुहुन्छ, “पैसाले मात्र के हुँदोरहेछ र मान्छे नै नरहेपछि ।” अब राज्यले हामी सहिद परिवारलाई रोजगारी सहितको दीर्घकालीन व्यवस्था गरिदिओस् भन्ने उहाँको आग्रह छ । “छोराछोरीलाई निःशुल्क शिक्षा, स्वास्थ्य र पालनपोषणको जिम्मा राज्यले लिनुपर्छ”, उहाँ भन्नुहुन्छ, “परिवारलाई आत्मनिर्भर हुने रोजगारी उपलब्ध गरियोस् ।”

 

 

दिनेशको निधनसँगै जानतीलाई जिम्मेवारी थपिएको छ । “मासु पसल अहिले बन्द छ, पसल बन्द भएपछि आयस्रोत पनि बन्द छ”, उहाँले भन्नुभयो, “ठेक्कामा धान खेती गरेका छौँ । अहिले धान थन्क्याउन हामीलाई समस्या छ । घर हेर्नु कि नानीको हेरचाह गर्नु कि, धान थन्क्याउनु समस्याले एकै पटक गाज्यो ।” ससाना छोराछोरी, सासूआमाको हेरचाहसँगै व्यवहार गर्न अहिले उहाँलाई मुस्किल परेको छ । उहाँ भन्नुहुन्छ, “आफ्नो जमिनमा फलेको अन्नले मात्र खान पुग्दैन, ठेक्कामा धान खेत गरेका थियौँ, अहिले त्यही अर्मपर्म गरेर बाली उठाउँदैछु ।”
श्रीमान्को मृत्युपछि छिमेकीहरूको सद्भाव र आफन्तको साथले म सम्हालिन खोज्दैछु जानतीले भन्नुभयो, “छिमेकीहरु आउनुहुन्छ, मलाई सम्झाउनुहुन्छ, सान्त्वना दिनुहुन्छ । राम्रो मान्छेको आयु लामो हुँदैन भन्छन्–दिनेश पनि राम्रो मान्छे थियो, छोटो आयु लिएर आएछ पीर नगर्नू ।” छिमेकीका सान्त्वनाका यी शब्दहरूले पीडा कम गर्न खोजे पनि मन बुझाउन भने निकै गाह्रो हुने उहाँको भनाइ छ । जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली पेटमा लागेर ढल्नुभएका दिनेशका सपनाहरू जेनजी आन्दोलनको भीडसँगै निभे तर उहाँका छोराछोरी र परिवार अझै पनि भविष्यको उज्यालो खोजिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

सामुदायिक रेडियोलाई टिकाराइराख्न समस्या भयो : अकोराब

चितवन, सूचना र जानकारी समुदायमा पु¥याउन सशक्त माध्यम बनेको सामुदायिक रेडियो पछिल्लो समय संकटमा परेका छन् । यस्ता रेडियोको तीन दशकका यात्रामा टिकाइराख्न चरम आर्थिक संकट भएपछि कतिपय त बन्द समेत भएका छन् ।   सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का अनुसार सङ्घमा आवद्ध ३८७ रेडियोमध्ये...

पाँचखपनका थापा बढी धान उत्पादन गर्ने किसानका रूपमा सम्मानित

खाँदबारी (सङ्खुवासभा),  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ का किसान भीमकुमार थापालाई धान उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गरेबापत सम्मान गरिएको छ । चालु आर्थिक वर्षमा ६० मुरीभन्दा बढी धान उत्पादन गर्न सफल हुनुभएका उहाँलाई नगरपालिकाभित्र सबैभन्दा बढी उत्पादन गर्ने किसानका रूपमा सम्मान गरिएको हो ।   आज यहाँ आयोजित...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षा तथा स्वच्छता तालिम

काठमाडौँ,दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी तालिम आजदेखि काठमाडौँमा सुरु भएको छ ।नेपाल पर्यटन बोर्ड (एनटिबी) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटिपी)द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९