उधौली साकेला मनाउँदै किरात समुदाय

धरान (सुनसरी)/खोटाङ,  प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उधौली चाड मनाउने गर्छन् । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती पुर्खाहरुले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने चलन छ । किरात ऐतिहासिकस्थल तथा भूमे थानमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत राखिएको छ ।

 

वर्षको दुई पटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । उधौली र उभौली दुवै चाडमा कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगसन किरातले जानकारी दिनुभयो ।

 

साकेला उधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ–जायजुम, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोटगढी, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङलगायत साकेला थानमा पूजाआजा गर्दै साकेला सिली नाच्ने चलन छ । उधौली र उधौलीमा किरात राईको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ ।

 

दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोलो, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी, धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चराचुरुङ्गी र जीवजनावरका हाउभाउ गर्दै नाच्नेको आज लर्को छ ।धरानका युवा पुस्ता पनि पछिल्लो समय उधौली, उभौलीजस्ता सांस्कृतिक चाडपर्वमा उत्तिकै रमाउने गरेका छन् । अहिले हरेक साकेला थानमा युवा पुस्ताको बाक्लो उपस्थिति देखिन्छ ।

 

धरान उपमहानगरपालिका–१४ की निरुता राई साकेलामा साथीसँगै मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताउनुहुन्छ । “हाम्रा पुर्खाहरूले मान्दै आएको चाडपर्वमा एउटा मुख्य उधौली साकेला पनि हो”, उहाँले भन्नुभयो । धरान–१३ का सरोज किराती भन्नुहुन्छ, “हामीले साकेलामा बान्तावा सिलीका रूपमा विभिन्न गीतहरू प्रस्तुत गरेर नाच्ने गर्छौँ । आफ्नो संस्कृतिलाई बचाइ राख्नुपर्छ, साकेलाको अवसर पारेर भाइबहिनीलाई साकेला सिली सिकाएर धरानबाहेक अरु ठाउँहरूमा पनि नाच्न जाने गरेका छौँ ।”

 

उधौली साकेला सांस्कृतिक रूपमा किराती समुदायले अन्नबाली थन्काउने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न खेतीबाली गरेको र चराचुरुङ्गीझैँ अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि समुदायअनुसार फरक फरक हुने किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताउनुभयो ।

 

साकेला विशेषगरी मङ्सिर पूर्णिमामा उधौली र वैशाख पूर्णिमामा उभौलीको बेला नाच्ने गरिन्छ । बुढापाकाको भनाइ अनुसार पूर्वी पहाडी भेगमा उधौली अर्थात् उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृपूजा (लेवा ) गरिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुँदैन भन्ने मान्यता छ ।

 

यस चाडमा किरात राईहरूले पुर्खालाई सम्झेर सिलीमार्फत सम्मान गर्छन् । किरात समुदायमा पुर्खाहरूको ठूलो स्थान र महत्व छ । वर्षमा दुई पटक उधौली र उभौली पर्व मनाइन्छ । साकेला किरात राईहरूको पहिचानसँग जोडिएको छ । किरात राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेग खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायतका जिल्लामा साकेला सिली नाच्नेहरू उत्तिकै हुन्छन ।

 

काठमाडौंमा पनि राई समुदायको बसोबास भएका क्षेत्रमा युवा पुस्ताकै बाक्लो उपस्थितिमा साकेला नाच नाच्ने गर्छन् । काठमाडौँका टँुडिखेल, हात्तीवनलगायतका स्थानमा साकेला नाच्ने गरिन्छ । चार किरात (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायमा मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने उधौली र वैशाख पूर्णिमालाई बाली लगाउने समयका रूपमा भव्यताका साथ मनाउने प्रचलन छ ।

 

सोही प्रचलनअनुसार आज राईहरूले साकेला/साकेन्वा मनाइरहेका छन् भने लिम्बू समुदायले चासोक तङ्नाम, याक्खाले चासुवा र सुनुवारले फलेस्याँदर मनाइरहेका छन् । उधौलीलाई लिम्बू, सुनुवार र याख्खा समुदायले भव्य उत्सवका रूपमा मनाउँछन् भने राईहरूले मङ्सिर पूर्णिमा अर्थात् उधौलीमा एक दिन साकेला थानमा सिली नाचेर मनाउने गर्छन् । वैशाख पूर्णिमा अर्थात् उभौलीमा भने एक महिनासम्म टोलटोलमा ढोल–झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ ।

 

हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौली पर्व किराती मान्यताअनुसार आजदेखि हिउँद सुरु भएको मानिन्छ । बुढापाकाको भनाइअनुसार मार्गशीर्ष (मङ्सिर) शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत भेडीगोठ र नदीका माछा पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एमाले महाधिवेशनः मतदान जारी

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो ।   आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की

पाटन (ललितपुर), प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति...

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ,  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

वित्तीय सङ्घीयता कार्यान्वयन सुदृढ गर्न एडिबीको सहयोग

काठमाडौँ,नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयन, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा तीनवटै तहका सरकारमा बजेट प्रणाली सुधारका लागि एसियाली विकास बैंक (एडिबी) ले १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहयोग प्रदान गर्ने भएको छ । सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरण तथा सेवा प्रवाह सुधार कार्यक्रमअन्तर्गतको उपकार्यक्रम–२...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौँ,  यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई विद्युतीय सवारीसाधन प्रदान गरेको छ । मङ्गलबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रममा दूतावासका प्रतिनिधिले चीनमा निर्मित एउटा विद्युतीय सवारीसाधन अस्पताललाई हस्तान्तरण गरेका हुन् ।   चिनियाँ दूतावासका अनुसार ‘सुखी समुदाय’ परियोजनाअन्तर्गत चीनले उक्त बहान अस्पताललाई हस्तान्तरण...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९