जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

काठमाडौँ, सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनार/सुन्तलाले पहेँलपुर भएको छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीका रूपमा बढाएपछि त्यस क्षेत्रका बगैँचामा अहिले लटरम्म जुनार/सुन्तला फलेका छन् ।
परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा दश गुणा बढीसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा परेको छ । किसानको उत्पादनको प्रचारप्रसार र विश्व बजारसम्म पहुँच विस्तार गर्न स्थानीय सरकारले पछिल्ला वर्ष ‘जुनार महोत्सव’ गर्दै आएका छन् ।

 

यसवर्ष पनि जिल्लाको पहिचान र गोलञ्जोरको गौरवका रूपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन यही मङ्सिर २३ देखि २५ सम्म गोलन्जोर गाउँपालिका–४ तीनकन्या माझकुभिण्डेमा महोत्सव गर्न लागिएको छ ।
गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले सिन्धुलीको पहिचानका रूपमा रहेको जुनारखेती अहिले गोलञ्जोरको गौरव बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जुनारको प्रवर्द्धन, क्षेत्रविस्तार, बजारीकरण, गुणस्तर तथा देश विदेशमा प्रचारप्रसार पु¥याउने यस वर्षको महोत्सवको उद्देश्य हो ।”

 

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको भनाइ छ । गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ । सरकारी आँकडा अनुसार यहाँबाट गत आर्थिक वर्ष २०८१÷८२ मा करिब रु ३४ करोडको जुनार बिक्री भएको छ ।किसानले आफ्नै घर आँगनको बगैँचामा प्रतिकिलो रु ५० देखि ६० सम्ममा बिक्री गर्दै आएको जुनार बजरमा प्रतिकिलो रु ८० देखि १०० मा उपभोक्ताले खरिद गर्दै आएका छन् ।

 

गोलञ्जोर गाउँपालिकाको कृषि विकास शाखा कार्यालयका प्रमुख चन्द्रकान्त चौधरीले भन्नुभयो, “पालिकको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा यस पालिकाबाट रु ३४ करोड १९ लाख ९० हजार बराबरको जुनार बिक्री भएको छ । जिल्लाबाट समग्रमा रु ३६ करोड ६४ लाख १० हजारको कारोबार देखिन्छ । जिल्लामा जुनार उत्पादनको सम्भावना बढी छ, त्यसैअनुसार क्षेत्र विस्तारको काम पनि भइरहेको छ ।”जिल्ला जुनार सहकारी सङ्घले भने सरकारी तथ्याङ्कभन्दा दोब्बर अर्थात् करिब रु ७५ करोड मूल्य बराबरको वार्षिक कारोबार हुने जनाएको छ । सिन्धुलीमा जुनारखेती पहिलेदेखि हुँदै आएको छ । जिल्लाभरमा एक हजार १०० हेक्टरमा जुनारखेती गरिन्छ ।
व्यावसायिक जुनारखेती ७५० हेक्टर क्षेत्रफलमा छ । हावापानीका हिसाबले गोलञ्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ । गोलञ्जोरमा मात्र एक हजार हेक्टरमा जुनारखेती भइरहेको छ । व्यावसायिक खेती भने करिब ७०० हेक्टरमा भइरहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

 

कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “उत्पादकत्व प्रतिहेक्टर १३ दशमलव शून्य तीन छ । गाँउपालिकामा मात्रै गत आर्थिक वर्षमा नौ हजार १२१ मेट्रिकटन जुनार उत्पादन भएको थियो । उत्पादनको करिब २१ प्रतिशत रोग तथा किराबाट नष्ट हुने तथा कोसेलीका रूपमा बाँडिने गरिएको छ ।

 

गतवर्ष रु ५५ हजार प्रतिमेट्रिकटनका दरले जुनार बिक्री भएको थियो । बेलाबखत जुनारमा विभिन्न रोग तथा किराको सङ्क्रमणका कारण समस्या देखिने गरेको छ । विगतमा जुनारमा लाग्ने औँसाले किसानलाई ठूलो नोक्सानी पु¥याएको जनाउँदै सरकारको ठूलो लगानी र प्रयासमा त्यसको नियन्त्रण गरेको चौधरीले बताउनुभयो ।

 

पछिल्ला वर्ष फेरी सुडेपुतलीको समस्या किसानले झेल्नु परेको छ । उक्त पुतलीले फलमा गुलियोपन आउना साथ सुडले रस चुस्ने र त्यसपछि कुहिने समस्या हुने गर्दछ । पुतलीको समस्या नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेका छन् ।ढुसीजन्य रोगले पनि जुनार किसानलाई हैरान पारेको छ । अर्कातर्फ जलवायु परिवर्तनको असरले एक हजारदेखि एक हजार २०० मिटर उचाइसम्मका जुनार तथा सुन्ताका बोट सुक्दै गएका छन् ।बजारीकरणको समस्या छ । किसानले कम मूल्य पाउने तथा उपभोक्ताले बढी पैसा तिरेर खानुपर्ने समस्या पनि उत्तिकै छ । ठूला व्यावसायिक बगैँचा भएका किसानले सिधै बगँैचाबाट सजिलै बेच्न सकिने हुँदा एकमुष्ट पैसा प्राप्त भएपछि किसान खुसी छन् ।

 

 

निरन्तर देखिँदै आएका रोगकिराको सङ्क्रमण, विभिन्न रोग नियन्त्रण र बजार लैजाने पहुँच मार्ग कालोपत्र किसानको पहिलो सर्त छ । त्यस क्षेत्रमा व्यवस्थित सडक भएको खण्डमा कृषि पर्यटन विकास र विस्तारको ठूलो सम्भावना छ ।सिन्धुलीमा उत्पादित जुनार काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, सिरहा, पाँचथर, नारायणगढ, विराटनगर, झापा मात्र नभई सीमा क्षेत्रका भारतीय बजारसम्म पुग्ने गरेको छ । ‘सुपरजोन’ कार्यालयमार्फत जुनार÷सुन्तला किसानले तालिम, नर्सरी सुधार, सिँचाइ, बगैँचा विस्तार, यान्त्रीकरणका लागि सहयोग पाइरहेका छन् ।

 

 

गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जुनार किसानका लागि सडक र बजारीकरण मुख्य समस्याका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि सडक कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारले सहयोग गर्दैन, पालिकाको बजेटबाट सम्भव भएन । सडकलाई केन्द्रित गरी प्रचारप्रसार गर्ने महोत्सवको लक्ष्य हो ।”

 

 

उपाध्यक्ष न्यौपानेले स्थानीय धापचौकीबाट बाहुनतिल्पुङसम्मको महाभारत क्षेत्रको कृषि सडक कोरिडोरलाई कालोपत्रका लागि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सिन्धुलीको महाभारत क्षेत्रका युवालाई जुनार÷सुन्तलाखेतीले केही हदसम्म रोजगारी प्रदान गरेको छ । एक जना किसानको बगैँचामा एक हजार ७०० सम्म जुनारका बोट छन् ।  एउटा बोटबाट अधिकतम रु २१ हजारसम्मको फल बिक्री भएको तथ्याङ्क छ ।

 

 

पछिल्लो समय टाढा–टाढाबाट जुनार÷सुन्तला खेती हेर्न र यससम्बन्धी अध्ययन गर्ने आउनेको सङ्ख्या बढेसँगै ग्रामीण पर्यटन प्रवर्द्धनको सम्भावनासमेत बढेको छ । गोलञ्जोरमा उत्पादन भएका जुनारका कारण फलफूल व्यापारी र अन्य व्यवासायीको पनि आर्थिक उन्नति देखिएको छ ।जुनार गुणस्तरका हिसाबले टिप्ने मौसम मङ्सिर–पुस भए पनि कात्तिकदेखि फागुनसम्म बोटमा रहने फल हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण  विगतमा कम उचाइमा फल्ने यो फलले अग्गो ठाँउतिर सर्दै गएको छ ।

 

जिल्ला जुनार सहकारी सङ्घका अध्यक्ष निर्मल रम्तेलले यही मङ्सिर २३–२५ गते हुने यसवर्षको महोत्सव सिन्धुलीको जुनारलाई चिनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले राखिएको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “यो वर्षको उत्पादन नौ हजार ५०० मेट्रिकटन हुने अनुमान छ । त्यो भनेको करिब रु ८५ करोड बराबरको जुनार–सुन्तला हो । उत्पादितमध्ये करिब १५ प्रतिशत कोसेलीमा जान्छ । पछिल्लो समय जुनारको क्षेत्र विस्तार र मूल्य बढदै गएको छ ।”

 

जुनारखेती प्रवर्द्धनका लागि प्रविधि हस्तान्तरण र चिसान केन्द्र निर्माण भइरहेको छ । जुनारबाट जुसलगायत २१ प्रकारका परिकार बन्छन् । जुनार बगैँचाबाट उठाउँदा थोक मूल्य रु ६५ प्रतिकिलो पाइने जानकारी दिँदै अध्यक्ष रम्तेलले भन्नुभयो, “उपभोक्ताले उपभोक्ताले त्यही जुनार बजार पुगेपछि रु १०० तिरेर लिनुपर्ने अवस्था छ, यो बीचको ‘मार्जेन’लाई घटाउनुपर्ने छ ।”

 

पछिल्लो समय जलवायु परिवर्तन असरका कारण हुन सक्छ फल लाग्ने र गुणस्तर कायम गर्ने सवालमा उचाइले गडबड गरेको उहाँको भनाइ छ । अहिले आठ सयदेखि एक हजार मिटरसम्मको उचाइमा लागेका दाना दसैँतिहारमा खानयोग्य हुन्छन् भने त्यो भन्दामाथिको मङ्सिर, पुस र माघसम्म रहन्छन् । रुखबाट टिपेर चिस्यान केन्द्रमा राखेको जुनार सुन्तला वैशाखसम्म रहन्छन् ।

 

सिन्धुलीमा नयाँ प्रविधियुक्त करिब १५ वटा चिस्यान केन्द्र छन् । ती सबैमा गरी करिब एक हजार २०० मेट्रिकटन जुनार भण्डारण गरेर राख्न सकिन्छ । अहिले सिन्धुलीको महाभारत क्षेत्रमा जुनारबारे जानकारी लिन, बगैँचामै पुगेर आफ्नै हातले टिपेर खानेको सङ्ख्या प्रतिदिन बढोत्तरी भएसँगै आन्तरिक ग्रामीण पर्यटन प्रवद्र्धनको सम्भावना बढेको छ ।

 

अध्यक्ष रम्तेलले भन्नुभयो, “कृषि क्षेत्रको विकास र विस्तारका लागि पनि बाटो र बिजुली सबैभन्दा महत्वपूर्ण छ । यहाँ जुनार सुन्तलाको गुणस्तर राम्रो भएकाले बजारसम्म पहुँच विस्तारका लागि सडक, नवीनतम् प्रविधि हस्तान्तरण, विश्व बजारसम्म पु¥याउने वातावरण बनाइनुपर्छ ।”

 

देशकै पहिचान बोकेको महत्वपूर्ण फलका रूपमा जुनारको विकास र विस्तार भइरहेकाले अन्तरराष्ट्रिय बजारमा पु¥याउने वातावरण बनाइदिन सरकारसँग माग गर्दै किसानले जिल्लामै जुनार अनुसन्धान केन्द्र स्थापना गरी रोगकिरा नियन्त्रण र ज्ञान सिकाउने वातावरण बनाउन ध्यानाकर्षण गराउँदै आएका छन् ।

 

जुनार खेतीप्रति युवाको आकर्षण बढेकाले एक जना कृषक परिवारले वार्षिक रूपमा पाँच लाख देखि ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । त्यस्ता किसानले जुनार बेचेरै काठमाडौँमा घर बनाएका मात्र होइन, ठूलो रकम लगानी गरी सन्ततिलाई डाक्टर र इञ्जिनियरिङ पढाउने सफलता मिलेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु),  यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ ।इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

लागूऔषधसहित चौध जना पक्राउ

काठमाडौँ, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई÷दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक÷एक जना पक्राउ परेका हुन् ।लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९