आलेख : मौलिक पर्व यःमरी पुन्ही मनाईंदै नेवार समुदाय

आलेख : मौलिक पर्व यःमरी पुन्ही मनाईंदै नेवार समुदाय
लक्ष्मी गारु/रासस
भादगाउँ, १८ मङ्सिर : नेवार समुदायले मनाईने चाडपर्वहरुमध्ये प्रमुख मौलिक पर्व हो, ‘यःमरी पुन्ही’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमाको अवसरमा बिहीबार धुमधामले मनाइँदैछ । नेपाल सम्बतको दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्ही’ पनि भनिन्छ ।
नेवार समुदायमा कृषिसम्बन्धी धेरै चाड पर्वहरु मनाउने गर्दछन् । मौसम अनुसारको खानपान गर्न सिपालु नेवार समुदायले खाने पकवानको नामबाटै चाडपर्वलाई परिचित गराएका छन् । मार्ग शुक्ल पूर्णिमाको दिन मनाइने यःमरी पुन्ही पर्वको नाम स्वादिष्ट पकवान यःमरीबाट प्रख्यात छ ।

 

 

“विशेषगरी चामलको पिठोबाट बनाइने पकवान यःमरी खाने पूर्णिमाको दिन मनाइने भएकाले यसपर्वको नाम यःमरी पुन्ही रहन गएको हो,” संस्कृतिकर्मी हरिशरण राजोपाध्यले भन्नुभयो । कृषि कर्म गर्नेहरुका लागि यो पूर्णिमाठूलो पर्व मानिन्छ । यसदिन पुर्वी पहाडी जिल्लाका किराँत समुदायले उभौली पर्व मनाउँछन भने उपत्यकाका ज्यापु समुदायले ज्यापु दिवसका रूपमा मनाउने गर्दछन् । यस्तै खसआर्य समुदायले यस दिन कुल पूजा, देवाली पुजा गर्ने प्रचलन रहेको छ ।

 

 

नेपाल भाषामा ‘यः’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ । यःमरी लाई पञ्चतत्वको रुपमा पनि स्वीकार गर्छन् । यःमरीमा धरतीको रुपमा चामलको पिठो, अग्नीको रुपमा चाकु, जलको रुपमा पानी, आकाशको रुपमा खाली ठाउँ र वायुको रुपमा तिललाई लिइन्छ ।

 

 

नयाँ धान भित्र्याएको खुशीयालीमा मनाउने यो चाडमा भर्खरै भित्रार्याएको धानको चामलबाटै यःमरी बनाई नयाँ धान राखिएको भकारी एवं भण्डारमा यःमरीसँगै लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्तिसहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी (मुतुमारी) बनाई पूजा गरी चढाउने गरिन्छ ।

 

 

धानका भकारी र अन्नका भण्डारमा यःमरी चढाउँदा धनलक्ष्मी प्रसन्न भई घर अन्नले भरिपूर्ण हुनुका साथै धनलाभ हुने जनविश्वास रही आएको छ । यसरी चढाएको यःमरी चार दिनपछि प्रसादको रूपमा बिहे भएका छोरीचेलीलाई बोलाएर परिवारसँगै बाँडेर खाने चलन रहेको छ ।

 

 

यःमरी पुन्हीको साँझपख टोलटोलमा केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने प्रचलन रहेको छ । यःमरी माग्ने प्रचलन यस दिनको एक महत्वपूर्ण सांस्कृतिक पक्ष पनि हो, जसलाई ‘त्यसिंत्य’ भन्ने गरिन्छ । यःमरी माग्दा गाइने गीत यस प्रकार छ ः

त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यःमरी छगः ति यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा

 

अर्थात चार माना, दुई माना अट्ने भाँडामा देउ, यो सालको बाली भित्रियो यःमरी एउटा देउ, यःमरी दिए तरुनी नदिए चाउरी बुढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, मानापाथी भरिभरि देउ, यःमरी मीठो, त्यसभित्र चाकु, दिए तरुनी नदिए बुढी ।

 

 

उल्लेखित लोकभाका आजका नयाँ पुस्तालाई गाउन त आउँछ, तर उनीहरु त्यो भाका गाउँदै यःमरी माग्न जान छाडेका छन । युवा वर्ग आधुनिक संस्कृतिमा रम्न थालेसँगै लोकसंस्कृतिबाट विमुख हुँदैं जाँदा यःमरी माग्न छाडेपछि यो प्रचलन लोप हुँदैं गएको संस्कृतिकर्मीहरु बताउँछन् ।

 

 

यःमरी नयाँ धानको चामलको पिठोलाई शुद्ध घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ । यःमरीको लागि ताइचिन धानको चामलको पिठो भए राम्रो मानिन्छ । नरम हुने गरी मुछिएपछि हावाबाट बचाउन सफा कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुन्छ । पिठो कडा भएमा यःमरी बनाउन कठिन पर्नेका साथै यःमरी फुट्छ ।

 

 

त्यसपछि पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ । यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ । तल्लो भागमा खोक्रो ठाउँ बन्छ । खोक्रो भागमा तिल र चाकुको मिश्रण राखेर बन्द गरी यःमरी तयार गरिन्छ । पछिल्लो समय यःमरीमा खुवा, मासु, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखी पकाउने चलन छ ।

 

 

यःमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको भाँडोमा पिँढमा प्वाल प्वाल भएको हाँसी (माटोको विशेष प्रकारको भाँडो) राखिन्छ । सो हाँसीमा यःमरी राखेर वाफले पकाइन्छ । करिब १० मिनेट जति वफाएपछि यःमरी तयार हुन्छ ।

 

 

पानीको वाफबाट पकाइने यो पकवान निक्कै स्वादिलो हुन्छ । धेरैैलाई मन पर्ने रोटी भएकाले नै यसको नाम यःमरी अर्थात मनपर्ने रोटी रहन गएको इतिहास तथा संस्कृतिविद प्राडा पुर्षोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ । पछिल्लो समय यःमारी मःमः पकाउने भाँडोमा पकाउने चलन छ । नेवार समुदायमा यःमरीको सांस्कृतिक एवं धार्मिक महत्व रहेको छ । धन सम्पत्ति वृद्धि र धनधान्यले भरिपूर्ण हुने जनविश्वासले नेवार समुदायमा यःमरी पुन्हीका दिन सबैले यःमरीसहित विभिन्न देवीदेवताको पूजा गरी दान गरिन्छ ।

 

 

विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा यःमरी नभई नहुने पकवान हो । यःमरी मठमन्दिर, बालबालिकाको दुई र चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको प्रा.डा श्रेष्ठले बताउनुभयो । “बच्चाहरूको जन्मदिन मनाउँदा १२ वर्षसम्म यःमरीको माला बनाई पूजा गर्नुपर्ने र माला लगाइदिने चलन छ,” उहाँले भन्नुभयो ।

 

 

त्यस्तै छोरीको गर्भावस्थामा बच्चा जन्मिनु केही समयअघि माइतीबाट दही च्यूरा खुवाउन जाने चलन छ । त्यसबेला पनि कुनै कुनै समुदायमा एक सय आठवटा यःमरी लैजानुपर्ने चलन रहेको छ । त्यस्तै नयाँ घर वा मन्दिर बनाउँदा, मन्दिरमा नयाँ पताका चढाउँदा पनि घर र मन्दिरको धुरीबाट पूजा गरेर लडुसँगै यःमरी खसाल्ने चलन छ ।

 

 

वैज्ञानिक हिसाबले पनि यःमरीको महत्व रहेको पाईन्छ । जाडो महिनामा मनाईने यःमरी पुन्हीमा पकाइने पक्वान यःमरीमा रहेको चाकु र तिलले शरिरमा न्यानो दिने र चिसोबाट हुने विभिन्न रोगबाट समेत सुरक्षित राख्न मद्दत गर्दछ ।

 

 

यस पुर्णिमाका रातलाई सबै भन्दा लामो रातको रुपमा पनि लिइन्छ । यस रातका सुत्न नपुग्ने मान्छेहरुलाई जिन्दगीमा कहिले पनि सुत्न पुग्दैन भन्ने लोककथन पाइन्छ । यस पूर्णिमाको भोलिपल्टदेखि यःमरीको चुच्चो जत्तिकै दिन लम्बिन्दै जान्छ भन्ने जनविश्वास रहेको छ ।

 

 

 

धार्मिक कथन अनुसार तत्कालीन पाँचाल देशमा सुचन्द्र नाम गरेका दानी महाजनको पतिपत्नी दुबैले गरिबहरूप्रति अत्यन्त दया राखी खानेकुरा र लुगाफाटा दान गर्ने गर्दथे । उनीहरुको दयालु स्वभावको सर्वत्र चर्चा थियो । एक दिन कुबेरले यी दुवै पति पत्नीको एक पटक परीक्षा गर्नुप¥यो भन्दै गरिवको भेष धारण गरी सुचन्द्रको घर आँगनमा माग्न गएछन् । गरिब रूप धारण गरेको कुबेरलाई सुचन्द्र दम्पत्तिले साहै्र श्रद्धापूर्वक घरभित्र लगेर नयाँ लुगा लगाउन दिई मीठो मीठो खाने कुरा खुवाएछन् । त्यसपछि गरिवरूपी कुबेरलाई साह्रै लज्जा भएछ र उनले आफ्नो सक्कली रूपमा दर्शन दिएछन् । केहीबेर ज्ञानगुणका कुराहरू गरेछन् । त्यसपछि यःमरी बनाउने विधि सिकाई बफाउने तामाको भाडा समेत दिई अन्तघ्र्यान भएछन् ।

 

 

 

कुबेरले सिकाएबमोजिम सुचन्द दम्पत्तीले नयाँ चामलको पिठोको यःमरी, कुबेर र अन्नपूर्ण देवी बनाइ अन्नको भकारीमा ४ दिनसम्म पूजा गरेछन् । यःमरी आफूले खाई अरूलाई पनि बाँडेछन् । त्यसपछि उनीहरुले अन्नहरू जति दान दिन्छन् त्यत्ति नै भरिने भएछ । श्रीसम्पत्ति पनि अभिवृद्धि भएछ । कुबेरको प्रतीक यःमरी बनाई धानको भकारीमा राखी पूजा गर्नाले धान कहिल्यै पनि नसकिएको हुनाले त्यस बेलादेखि नै यो परम्परा चलेको हो भन्ने जनश्रुति छ ।यो चाड बौद्धमार्गीहरूले पनि मनाउँदै आएका छन् । बौद्धमार्गीहरूले यःमरीको प्रतीकलाई चैत्यको रूप हो भन्छन् भने हिन्दू मार्गी नेवारहरूले सिन्हम्हुको प्रतीक भनेर अथ्र्याउँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

महेन्द्रनगर (धनुषा),  जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।   विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९