पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

गण्डकी, प्रत्येक अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले गर्दै आएको पोखरा सडक महोत्सव यहाँको विशिष्ट पर्यटकीय पहिचान बनेको छ ।
सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सुरु गरिएको सडक महोत्सवले आफ्ना २६ वटा संस्करण सम्पन्न गर्दै २७औँ संस्करणको तयारी थालिसकेको छ । यस वर्ष आगामी पुस १३ देखि १७ गतेसम्म फेवाताल किनार लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुुभयो ।‘सडक मै खाउँ, सडक मै नाँचौँ, सडकमै रमाउँ’ भन्ने नाराका साथ महोत्सवले खाना, संस्कृति र सङ्गीतलाई प्रवद्र्धन गर्नाका साथै पोखराको पर्यटनमा मात्र नभई नेपालको पर्यटकीय विकासमा विशिष्ट स्थान ओगटेको अध्यक्ष पौडेल बताउनुुहुन्छ ।

“कुनै समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा र थाइल्यान्ड जाने परम्परा थियो, तर पोखरा सडक महोत्सवले त्यो परम्परालाई तोड्दै पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रुपमा स्थापित गर्न सफल भएको छ”, उहाँले भन्नुुभयो, “वर्तमानमा यो महोत्सव केवल एउटा कार्यक्रम मात्र नभई पोखराको पहिचान, ‘ब्रान्ड’ र गौरवमय इतिहासको अभिन्न हिस्सा बनिसकेको छ ।”
 
यस महोत्सवले पोखरामा मात्र नभई आसपासका क्षेत्रमा समेत यहाँको समग्र पर्यटन प्रवद्र्धनसँगै आर्थिक रुपमा महत्वपूर्ण प्रभाव पारिरहेको पर्यटन व्यवसायीहरूको अनुुभव छ । महोत्सवका कारण पर्यटनसम्बद्ध सबै क्षेत्र लाभान्वित बनेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो ।
 
उहाँका अनुसार अङ्ग्रेजी नयाँ वर्षका अवसरमा गरिने पोखरा सडक महोत्सवका समयमा यहाँका होटेलमा क्षमताको ९० प्रतिशत भरिभराउ हुन्छन् । महोत्सवकै कारण अङ्ग्रजी नयाँ वर्षका केही दिन यहाँको पर्यटन क्षेत्र चलायमान हुने जनाउँदै उहाँले यसले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बताउनुुभयो ।
 
पोखराको पर्यटन क्षेत्रमा कुल रु आठ खर्ब लगानी भइसकेकामा होटेल क्षेत्रमा मात्रै रु छ खर्ब लगानी भएको उहाँको भनाइ छ । उहाँका अनुसार पोखरामा प्रत्येक दिन ४० हजार जनासम्म पर्यटक राख्न सक्ने क्षमता छ । “अङ्ग्रेजी नयाँ वर्षमा विदेशी पर्यटकसँगै देशका विभिन्न स्थानबाट आउने पर्यटकले यहाँका होटेल भरिभराउ हुने गरेको छ”, उहाँले भन्नुुभयो ।
 
यस महोत्सवको सुरुआतीसँग प्रत्यक्ष रुपमा पोखराका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई जोडिनुुभएको छ । सन् १९९७ मा घुमघामका लागि भट्टराई भारतको गोवा जाँदा त्यहाँ ‘फुड एन्ड म्युजिक फेस्टिभल’ चलिरहेको थियो । पर्यटक लक्षित उक्त फेस्टिभल प्रत्यक्ष अवलोकन र अनुुभूति गर्नुुभएका भट्टराईलाई पोखरामा पनि यस्तै फेस्टिभल गर्न सकिने आशा एवम् विश्वास जागेको थियो ।

उक्त फेस्टिभल हेरेर फर्केलगत्तै तत्कालीन समयमा पोखरा घुम्न आउनुुभएका तत्कालीन राजा वीरेन्द्रसँग उहाँको भेटघाट भयो । सो क्रममा राजा वीरेन्द्रले जाडोयाममा पोखरामा पर्यटक नदेख्दा चिन्ता व्यक्त गर्नुुभएको थियो । राजा वीरेन्द्रको चासोसँगै गोवामा भर्खरै देखेको फेस्टिभलको अनुुभव समेतले यस समयमा त्यस किसिमको पर्यटकीय गतिविधि गर्नुुपर्छ भन्ने सोच जागेको उहाँले अनुुभव सुनाउनुुभयो ।
 
“राजपरिवारका सदस्य पोखराको भ्रमण रहेको त्यस समयमा मैले तत्कालीन युवराज दीपेन्द्रसँग लेकसाइडस्थित बुम¥याङ रेष्टुरेन्टमा सँगै पारिवारिक डिनर गर्नका लागि गरेको आग्रहलाई स्वीकार्दै उहाँहरू सपरिवार डिनरका लागि आउनुुभएको थियो”, उहाँले भन्नुुभयो, “त्यस क्रममा भएको कुराकानीमा राजा वीरेन्द्रले यस समयमा पोखरामा पर्यटकको कमी भएको चिन्तासँगै पर्यटक बढाउने गतिविधि आदिबारे जिज्ञासा राख्नुुभएको थियो ।”
 
तत्कालीन समयमा राजा वीरेन्द्रले समेत पर्यटनका सम्बन्धमा देखाउनुुभएको चासो समेतका जगमा अर्को वर्षदेखि सन् १९९८ मा सुरु गरिएको महोत्सव वर्तमानमा यहाँको ब्रान्ड नै बनिसकेको भट्टराईले बताउनुुभयो । सुरुमा यहाँको जम्मा आधा किलोमिटर क्षेत्रफल समेटेर महोत्सव गरिएको उहाँले जानकारी दिनुुभयो ।यस समयमा चिसोका कारण हिमाली क्षेत्रको पदयात्रामा गएका पर्यटक फर्किसक्ने र आन्तरिक पर्यटकको चहलपहल पनि नहुने अवस्थामा गर्न थालिएको महोत्सवले केही दिन यहाँको पर्यटन चलायमान हुने गरेको उहाँको भनाइ छ ।
 
“हामीले महोत्सवलाई खाना, संस्कृतिसँगै धार्मिक र जातीय सद्भावका माध्यमबाट उत्पादनसँग जोड्नुु आवश्यक छ”, उहाँले भन्नुुभयो, “महोत्सवका अवसरमा हाम्रा घरेलु उत्पादनको बजारीकरणका लागि राज्यका निकायले सहयोग गर्नुु जरुरी छ ।” समग्र पर्यटनको विकासका लागि गुणस्तरीय पर्यटनमा जोड दिँदै अघि बढ्नुुपर्ने आवश्यकता उहाँले औँल्याउनुुभयो ।
यस समयमा नेपालमा पर्यटकीय चहलपहल पनि नहुने भएकाले यहाँ रहेका विदेशी पाहुना क्रिसमससँगै अङ्ग्रेजी नयाँ वर्ष मनाउन आफ्नो देश फर्कने गरेको अवस्थामा पोखरामा हुने महोत्सवले उनीहरूलाई समेत रोक्ने गरेको महोत्सवका संयोजक एवम् रेवान पोखराका प्रथम उपाध्यक्ष वसन्त गौतमले जानकारी दिनुुभयो ।
 
पछिल्लो समयमा कतिपय विदेशी पर्यटक पोखराको सडक महोत्सव हेर्नकै लागि आउने गरेको र देशका विभिन्न भागबाट आन्तरिक पर्यटकहरू पनि यस अवसरमा पोखरा आउने गरेको उहाँको भनाइ छ । “यस कार्यक्रमले क्रिसमस र न्यू इयर मनाउन स्वदेश फर्कने विदेशीलाई पोखरा नै रोक्न सकेको छ, देशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकको आगमन पनि बढाएको छ”, उहाँले भन्नुुभयो ।
 
पोखराका पर्यटन व्यवसायीका अनुुसार मेलाका अवसरमा यहाँको साढे तीन किलोमिटर क्षेत्रमा सडककै ठाउँठाउँमा विभिन्न खानाका परिकार खाँदै सांस्कृतिक माहौलमा नाच्दै पर्यटक रमाउने गरेका छन् । मेलाका अवसरमा आउने विदेशी पर्यटकले विशेषतः नेपालमा उत्पादित ह्यान्डिक्राफ्टका सामान आदि किन्ने गर्दछन् ।
 
त्यस्तै यस क्रममा माटोका भाडा, चकटी, ढाकाका सामानसँगै यहाँका स्थानीय उत्पादनको राम्रै व्यापार हुने गरेको छ । महोत्सवका अवसरमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक वेशभूषा र परम्परागत नृत्यको प्रदर्शन हुने रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिनुुभयो ।
‘सडकमै खाऔँ’ भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारहरूको प्रत्यक्ष स्वाद लिन पाइने बताउँदै उहाँले नेपालका ख्यातिप्राप्त कलाकारको ‘लाइभ कन्सर्ट’, मौलिक लोकदोहोरी गीत प्रस्तुत गरिने जानकारी दिनुुभयो ।
त्यस्तै महोत्सवमा फेवातालमा डुुङ्गा दौड, वेटर दौड, टग अफ वारका साथै पर्यटक लक्षित विभिन्न गतिविधि गर्ने गरिएको छ । पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग टक सो, पोखराको सौन्दर्य झल्कने वृत्तचित्र प्रदर्शनसँगै फोटो प्रदर्शनीसमेत गरिने उहाँले जानकारी दिनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९