फु गाउँको गोरेटो बाटो स्तरोन्नति

मनाङ,गण्डकी प्रदेशको अति विकट मानिएको मनाङको नार्पाभूमि गाउँपालिका । हालसम्म स्थलमार्गका रूपमा सडक नपुगेको नार, फु गाउँमा आउजाउका लागि पैदलमार्ग अर्थात् गोरेटो बाटोको मात्रै प्रयोग हुन्छ । यहाँका गोरेटो बाटो जीर्ण अवस्थामा पुगेपछि स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ ।

गोरेटो बाटोले मात्रै जोडिएको नार, फु गाउँ आवतजावत सहज बनाउने उद्देश्यले जीर्ण बन्दै गएको गोरेटो बाटोको स्तरोन्नति गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको आर्थिक सहयोगमा फु गाउँका गोरेटो बाटो स्तरोन्नति गरिएको जनाइएको छ । यहाँको भूभागमा रहेका उकालो, ओरालो तथा भिरालो बाटोमा यात्रा गर्दा जोखिम हुने भएपछि जीर्ण बन्दै गएका गोरेटो बाटोको स्तरोन्नति गरी सहज बनाइएको हो ।

नार्पाभूमि–५ स्थित फु गाउँका पैदल हिँड्ने गोरेटो बाटो स्तरोन्नति गरिएको एक्यापले जनाएको छ । गोरेटो बाटो जीर्ण बन्दै जानुका साथै आउजाउमा जोखिम बढेपछि स्तरोन्नतिका निम्ति स्थानीयको मागअनुसार स्तरोन्नति गरिएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । उक्त क्षेत्रका रु पाँच लाखको लागतमा गोरेटो बाटो स्तरोन्नति गरी प्रयोगयोग्य र सुरक्षित बनाइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम जनसङ्ख्याको यात्रा तथा बसोबास हुने भएकाले सहजता कायम गर्न आवश्यक छ, यी क्षेत्रमा यात्रा सहज बनाउन गोरेटो बाटो स्तरोन्नति गरिएको छ, यस गोरेटोको स्तरोन्नतिले यहाँका गाउँमा आउने पर्यटक तथा स्थानीयवासीलाई सहज बनाउनेछ ।” समुद्री सतहबाट चार हजार १०० मिटरको उचाइमा अवस्थित फु गाउँभित्रको करिब १७७ मिटर लम्बाइका गोरेटो बाटोमा छपनी ओछ्याउने, पर्खाल लगाउने तथा सिँढी निर्माण गर्ने कार्य गरिएको भुजेलले बताउनुभयो ।

उकालो–ओरालो धेरै रहेको भौगोलिक अवस्थाका कारण पैदल आवतजावतमा कठिनाइ भोग्दै आएका स्थानीयवासी तथा गाउँ भ्रमणमा आउने पर्यटकको सहज यात्रा सुनिश्चित गर्न स्तरोन्नति कार्य महत्वपूर्ण भएकाले एक्यापको सहयोगमा गोरेटो बाटो स्तरोन्नति गरिएको हो । स्थानीयका अनुसार वर्षायाममा बाटो चिप्लो हुने, ढुङ्गा माटो बग्ने तथा कतिपय स्थानमा जोखिम बढ्ने भएपछि संरक्षण कार्यालयसँग पहल गरिएको थियो ।

उक्त मागलाई प्राथमिकताका साथ एक्यापले आवश्यक बजेट उपलब्ध गराएपछि निर्माण कार्य गरिएको हो । गोरेटो बाटो स्तरोन्नतिसँगै गाउँभित्रका दैनिक क्रियाकलाप, सामान ढुवानी तथा बालबालिकालाई विद्यालय आउजाउमा सहज हुने अपेक्षा गरिएको छ । पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको मनाङका पदमार्गको मर्मत–सम्भारले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायी पेम्बा धोर्जे लामाले बताउनुभयो । उहाँले व्यवस्थित पदमार्ग तथा आधारभूत पूर्वाधार निर्माणले पर्यटकको बसाइ अवधि लम्बिने र गाउँ आर्थिक रूपमा सबल बन्न सहयोग पुग्ने बताउनुभयो ।

गोरेटो बाटो स्तरोन्नतिले फु गाउँको समग्र विकासमा नयाँ ऊर्जा थपेको भन्दै स्थानीयमा हर्षित भएका छन् । एक्यापको निरन्तर सहयोगले गाउँका अन्य आवश्यक पूर्वाधार निर्माणमा पनि ध्यान पुग्ने विश्वास लिइएको छ । सडकसमेत नभएको यस स्थानको गोरेटो बाटो स्तरोन्नति भएपछि यात्रामा सहज बन्दै आएको छ । तीनै तहको सरकारले ध्यान दिनसके यस विकट क्षेत्रका स्थानीयको यात्रा तथा धेरै दिन लगाएर सदरमुकाम पुग्नुपर्ने बाध्यता हटाउने प्रयास गर्नुपर्ने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ,  नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता...

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी,  यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।     गतवर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ,स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने...

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी (बेनी), जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्घाटन गर्नुभएको छ ।   प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९