मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल

पाटन (ललितपुर),  गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्व एवम् एजिङ नेपाल र युनिफिकेसन नेपालको सहसंयोजकत्वका साथै मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा सक्रिय १२५ संस्थाको सहकार्यमा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १७औँ राष्ट्रिय मानवअधिकार महाभेलालाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले वर्तमान सरकार मानवअधिकारको अभिभावक सरकार भएको र हिंसालाई कहिल्यै स्वीकार नगर्ने बताउनुभयो ।

“मानवअधिकार लोकतान्त्रिक समाजको मेरुदण्ड हो, देशमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु, नीतिगत सुधार गरी भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नु वर्तमान सरकारको दायित्व हो, जेनजेड आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज हो, आन्दोलनको म्यान्डेट सुशासन हो, जेनजेड आन्दोलनले जवाफदेहिता खोजिरहेको छ, हामी हिंसालाई निरुत्साहित गर्छौं, प्राकृतिक विपद्बाट हुने घटना रोक्न प्रयास गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

गृहमन्त्री अर्यालले वर्तमान सरकारलाई देशमा चुनाव गराउने जिम्मेवारी रहेको स्मरण गर्दै चुनावका लागि शान्तिसुरक्षा अनिवार्य भएको बताउनुभयो । उहाँले मानवअधिकार आयोग र महिला अधिकार आयोगले गरेका सिफारिस कार्यान्वयन नभएको विषयलाई ‘नोटिस’ मा लिएर प्राथमिकता दिएको छु भन्नुभयो ।

“अहिले राष्ट्रिय रूपमा मनोबल खस्किएको अवस्था हामी सचेत भएर लागेका छौँ, हामीले अलिकति विवेक पु¥याउन सकेनौँ भने हिंसा र प्रतिशोधको भावना विकास हुनेछ, यसका हामी सचेत छौँ, प्रधानमन्त्रीले अभिभावकीय भूमिका निर्वाह गरिरहनुभएको छ, उहाँको अभिभाकीय सोचअनुसार गृहमन्त्रीले काम गर्ने हो, राज्यले दमनकारी काम गर्दैन, त्यस्तो आभास भयो भने भन्नुहोला, कानुन कार्यान्वयन पहिलो प्राथमिकता हो, दण्डहीनता हुन दिँदैनौँ,” गृहमन्त्री अर्यालले भन्नुभयो ।

नागरिक समाजले समाजका विषयमा आफ्ना धारणा राख्नुपर्नेमा जोड दिँदै उहाँले नागरिक समाजले आवश्यक विषयमा बोल्दा सरकारलाई पनि सहज हुन्छ भन्नुभयो । गृहमन्त्री अर्यालले मानवअधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट सरकार र सम्बन्धित पक्षलाई जवाफदेही बनाउने उद्देश्यले आयोजित यस महाभेलाको सफलताको कामना गर्दै देशमा हिंसा नदोहोरिने गरी सुशासनको प्रत्याभूति गर्नुपर्नेमा प्रतिबद्ध छौँ भन्नुभयो ।

मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस कार्यान्वयन नहुँदा आयोगप्रति जनआस्था घट्दै गइरहेको भन्दै सिफारिस कार्यान्वयन गराउन गृहमन्त्री अर्यालको ध्यानाकर्षण गराउनुभयो । उहाँले सीमान्तीकृत समुदाय, एकल महिला र पिछडिएको समुदायको मानवअधिकारको रक्षाका लागि अझैसम्म पनि प्रभावकारी काम हुन नसकेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य भएर सुशासन कायम नभएसम्म मानवअधिकारको रक्षा नहुने भन्दै भ्रष्टाचार मौलाउँदा मानवअधिकार ओझेलमा पर्ने बताउनुभयो ।

अध्यक्ष मगरले ऐन कानुन बनाएर मात्रै मानवअधिकारको रक्षा नहुनेतर्फ इङ्गित गर्दै बनेका र भएका मानवअधिकारमैत्री कानुनलाई व्यावहारिक रूपमा लागू गर्दै कार्यान्वयन गर्न तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले जेनजी आन्दोलनपश्चात् विभिन्न किसिमका धम्कीहरू आउन थालेको र राज्य व्यवस्था गलत दिशातर्फ उन्मुख हुँदै गरेको भन्दै निष्पक्ष र स्वतन्त्र रूपमा देशभर काम गर्न पाउने अधिकारको संरक्षण गर्दै मावनअधिकारको रक्षा गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल सरकारको मातहतमा रहेको समाजकल्याण परिषद्ले आवश्यकताअनुसार काम गर्न नसकेको भन्दै विभिन्न किसिममा चुनौती थपिँदै गएको बताउनुभयो ।

सोह्रौँ राष्ट्रिय मानवअधिकार महाभेलाका संयोजक भोला भट्टराईले हरेक वर्ष हुने मानवअधिकार महाभेलाले थुप्रै कानुन निर्माण गर्न, मानवअधिकार आयोगलाई प्रदेश तहमा पु¥याउन र अधिकारमुखी आन्दोलनलाई उचाइमा पु¥याउन सहयोग पु¥याएको बताउनुभयो । उहाँले सबै मानिसका लागि मानपरव अधिकार अनिवार्य भएको भन्दै नेपाली समाजमा हरेक मानिसको जमिन र पानीमाथिको अधिकार सुनिश्चित गर्न नसकेसम्म मानवअधिकारको रक्षा र संरक्षण हुन नसक्ने बताउनुभयो ।

मानवअधिकार महाभेलाका संस्थापक संयोजक चरण प्रसाईंले मानवअधिकारका पक्षमा क्रियाशील मानवअधिकारकर्मीहरू एकजुट हुन सक्दैनन् भन्ने भाष्यलाई चिर्दै मानवअधिकारका मुद्दामा एकताबद्ध हुन् यो भेलाले सहयोग पु¥याएको बताउनुभयो । उहाँले सरकारले मानवअधिकार र नागरिकको भावनालाई नबुझेको कारणले जेनजी आन्दोलन भएको बताउनुभयो ।

मानवअधिकार महाभेलाको संयोजक संस्थाको अध्यक्ष शोभा विसीले मानवअधिकारका विषयमा थ्रुपै मुद्दाका विषयमा सबै आन्दोलनका घाइते, पीडित, जोखिममा रहेका समुदाय र व्यक्तिहरूको मानवअधिकारको रक्षा गर्नका लागि, प्रभावकारी कदम चाल्न यो सप्ताहव्यापी महाभेला सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

महाभेलामा धारणा राख्ने सरोकारवालाहरूले बजेट कम भएको बहानामा मानवअधिकार आयोगलाई निस्प्रभावी बनाउने, असक्षम मानिसलाई आयोगमा नियुक्ति गर्ने प्रवृत्तिले पनि मानवअधिकारको हनन हुने भन्दै यसतर्फ ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

गण्डकी, “भर् जन्म घाँस तिर मन् दिई धन कमायो । नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन यस्तो ।।” नेपाली साहित्य क्षेत्रमा आदिकवि भानुभक्तले घाँसीबाट पाएको प्रेरणालाई लिपिबद्ध गरी लेखेको कविताको यो पङ्क्ति आज पनि उत्तिकै...

सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन

काठमाडौँ,  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नक्खुस्थित एनसेल कार्यालय अवलोकन गर्नुभएको छ । मन्त्री खरेललाई एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले स्वागत गर्दै जेनजी आन्दोलनका क्रममा भएको क्षतिबारे जानकारी गराउनुभएको थियो ।   गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको...

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी

महेन्द्रनगर,  एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।   “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

टानका पूर्वअध्यक्ष सिंहको निधन

काठमाडौँ,  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी जेवी सिंहको निधन भएको छ ।सन् १९८१ देखि १९९६ सम्म चारपटक टानको अध्यक्ष बनेर नेपालको पर्वतीय पर्यटन क्षेत्रको विकासमा लाग्नुभएका सिंहको आज बिहान निधन भएको टानका निवर्तमान अध्यक्ष नीलहरि बाँस्तोलाले राससलाई जानकारी...

सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल

सुदूरपश्चिम,  अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र र समष्टिगत विकासका लागि उत्तर—दक्षिण सिधासम्पर्क स्थापित हुने भरपर्दो राजमार्ग आवश्यक रहेको बताउनुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८२ को आज उद्घाटन गर्दै उहाँले गुणस्तरीय र भरपर्दो उत्तर—दक्षिण सडक सञ्जाज नहुँदा सुदूरपश्चिम प्रदेशमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कालीकोटमा विषयगत शिक्षक पाउन कठिन

मान्म (कालीकोट),कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षक पाउन कठिन हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्र्रेजी विषयका शिक्षक पाउन कठिन हुने गरेको हो ।जिल्लाको नरहरिनाथ गाउँपालिका–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक विद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः आज खेल नहुने

काठमाडौँ,  यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज विश्राम दिन कुनै खेल हुने छैनन् । लिग चरणका खेल सकिएपछि मैदान व्यवस्थापनका लागि आज विश्राम राखिएको हो । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वालिफायर खेल हुनेछ त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा अपरान्ह ४...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९