सङ्घीय सरकारको आधारभूत अस्पताल बनाउने योजना महत्वाकाङ्क्षी, कार्यान्वयन सुस्त

वीरगञ्ज (पर्सा),  सङ्घीय सरकारले २०७७ सालमा पहिलो चरणमा पर्साका चार पालिकासहित मुलुकभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सा¥यो । योजनामा पालिकाको क्षमताअनुसार क्रमशः पाँच, १० र १५ श्यया क्षमताका आधारभूत अस्पताल दुई वर्षभित्रै सम्पन्न हुने गरी बनाउने घोषणा गरिएको थियो ।

 

घोषणाअनुसार पर्सा जिल्लामा चार आधारभूत अस्पताल निर्माण हुनुपर्नेमा अहिलेसम्म भने एउटा  अस्पताल मात्रै सञ्चालनमा आएको छ । बाँकी तीन आधारभूत अस्पतालको निर्माण कहिले सकिने अझैसम्म पनि टुङ्गो लागेको छैन ।

 

 

पटेर्वा सुगौली गाउँपालिकामा १० श्ययाको आधारभूत अस्पताल सञ्चालनमा आइसकेको छ भने यहाँको ठोरी गाउँपालिकामा निर्माणाधीन १५ श्ययाको अस्पताल निर्माण अझैसम्म पूरा भएको छैन । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिकामा निर्माण गर्ने १५ श्ययाको अस्पतालको काम पूरा नभएको बताउनुभयो ।

 

 

“आधारभूत अस्पतालको भवन मात्रै ठडिएको छ”, उहाँले भन्नुभयो, ‘‘झ्याल÷ढोका, खानेपानीका पाइपलगायतका काम तथा अत्यावश्यक पूर्वाधारका संरचना अझैसम्म पनि तयार भएका छैनन”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीले बजेट अभाव देखाउँदै बाँकी रहेको काम सम्पन्न गर्ने तदरुपता देखाइरहेको छैन ।” आफूहरुले आधारभूत अस्पतालको भवन सम्पन्न गराउनको लागि पटकपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पहलकदमी गरे पनि अहिलेसम्म उपलब्धि नभएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

 

 

अध्यक्ष श्रेष्ठले अस्पताल भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीविरुद्ध कालोसूचीमा राख्नका लागि सिफारिस गर्ने चरणमा पुगेको  बताउनुभयो । “आधारभूत अस्पताल भवन सम्पन्न गर्न अझै पनि दुई करोडभन्दा धेरै खर्च लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

 

 

अध्यक्ष श्रेष्ठले आधारभूत अस्पताल भवन तत्कालै निर्माण सम्पन्न भए सेवाग्राही लाभान्वित हुने बताउनुभयो । ठोरीको मात्रै नभएर यहाँका अन्य दुई पालिकामा पनि आधारभूत अस्पतालको प्रगति उत्साहजनक छैन । धोबिनी गाउँपालिकामा निर्माणाधीन १५ श्ययाको आधारभूत अस्पताल निर्माणमा ढिलासुस्ती भएको छ । सो अस्पतालको प्रगति २५ प्रतिशत मात्रै छ ।

 

 

त्यस्तै, जिराभवानीमा निर्माणाधीन १० श्ययाको अस्पतालको पनि प्रगति २० प्रतिशतभन्दा अघि बढ्न सकेको छैन । सङ्घीय सरकारले अघि सारेको आधारभूत अस्पतालमध्ये पर्साको पटेर्वासुगौली गाउँपालिकामा भने १० शै्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले आफूहरुको निरन्तरको पहलकदमीका कारणले आधारभूत अस्पताल सम्पन्न गरेर सेवा प्रवाह गर्न सकेको बताउनुहुन्छ ।

 

 

“हाम्रो पालिकामा पनि १० श्ययाको आधारभूत अस्पताल सम्पन्न गराउन विभिन्न खालका बाधा अड्चन त आएका थिए । हाम्रो निरन्तर पहलकदमी र समन्वयकै कारणले अस्पतालको भवन निर्माण सम्पन्न गराएर अहिले नियमित रुपमा स्वास्थ्य सेवा उपलब्ध हुँदै आइरहेको छ ।”
अहिले पटेर्वासुगौलीको आधारभूत अस्पतालमा एक एमबिबिएस उत्तीर्ण गरेका चिकित्सकसहितको स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । अध्यक्ष चौधरीले पालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्य सरकारी निकायसँग समन्वय तथा सहकार्य गरेर अस्पतालमा विभिन्न स्वास्थ्य उपकरणसहितको भरपर्दाे स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको दाबी गर्नुभयो । “पालिकाले अब आन्तरिक स्रोतबाटै एक चिकित्सकलाई राख्ने तयारीमा जुटिरहेका छौँ”, उहाँले भन्नुभयो, “दुई जना चिकित्सक भएको खण्डमा स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुनेछ ।”

 

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मङ्सिर १५ गते पहिलो चरणमा मुलुकभरका ३९६ पालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल निर्माणको एकसाथ शिलान्यास गर्नुभएको थियो । त्यसबेला ३९६ अस्पताल दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने बताइएको थियो । सङ्घीय सरकारले पहिलो र दोस्रो चरणमा गरेर मुलुकभरमा रहेका ७५३ पालिकामध्ये ६५७ वटा पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो ।

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले सङ्घीय सरकारले दुई चरणमा गरेर मुलुकभरका ६५७ पालिकामा आधारभूत अस्पताल निर्माण गर्ने योजनामध्ये अहिलेसम्म ८७ वटा आधारभूत अस्पताल निर्माणको काम सम्पन्न भइसकेको बताउनुभयो ।

 

 

“छ सय ५७ आधारभूत अस्पतालमध्ये हालसम्म चार ४२७ वटा अस्पतालको ठेक्का सम्झौता भइसकेको छ”, उहाँले भन्नुभयो, “बाँकी रहेका २३० वटा अस्पतालको अहिलेसम्म पनि ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन ।”

 

 

प्रमुख पौडलका अनुसार २३० पालिकामा आधारभूत अस्पताल निर्माणका लागि जग्गाप्राप्ति र अस्पताल कहाँ निर्माण गर्ने भन्ने ठाउँ विवादले ठेक्का व्यवस्थापनको काम अघि बढ्न नसकेको बताउनुभयो । “दुई चरणका आधारभूत अस्पताल निर्माणका लागि गरेर ९२ अर्ब लाग्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “हालसम्म करिब रु ३२ अर्बभन्दा धेरै रकम खर्च भइसकेको छ ।”

 

 

सरकारले चालु आर्थिक वर्षसम्म १०६ आधारभूत अस्पताल निर्माण सम्पन्न हुने लक्ष्य राखेको छ । चालु आवमा आधारभूत अस्पताल निर्माणका लागि रु ६ अर्ब बजेट विनियोजन गरिएको छ । महाशाखा प्रमुख पौडेलले ठेक्का सम्झौता भएर काम सुरुआत भएका आधारभूत अस्पताल निर्माण गर्ने काम भइरहेको बताउनुभयो । ठेक्का व्यवस्थापन नभएका आधारभूत अस्पतालको प्रक्रिया अघि बढ्न नसकिरहेको उहाँले बताउनुभयो ।

 

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत प्रकाश पन्थीले आधारभूत अस्पताल निर्माणको भौतिक प्रगति र सञ्चालन भएका अस्पतालको विवरणलाई व्यवस्थित गर्न ‘सिस्टम डिजाइन’को काम अघि बढिरहेको जानकारी दिनुभयो । विसं २०८२ वैशाख ८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरको निर्णयबाट आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८१ समेत स्वीकृत भइसकेको छ ।

 

 

सो मापदण्डमा स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ । सङ्घीय सरकारले निर्माण सम्पन्न भएका अस्पतालको संलग्न नमुना दरबन्दी तेरिजका आधारमा जनशक्ति व्यवस्थापनको लागि छात्रवृत्ति करारका चिकित्सक र स्वास्थ्यकर्मी मन्त्रालय र विभागले प्रदेशमार्फत खटाउने र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने जिम्मेवारी तोकिएको छ ।

 

 

प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि खटिएका जनशक्तिको ज्ञान, सीप र दक्षता अभिवृद्धि र आवधिक सुपरीवेक्षण गर्ने दायित्व तोकिएको छ । अस्पताल सञ्चालनको पूर्ण स्वामित्व एवं जिम्मेवारी भने स्थानीय सरकारको हुने मापदण्डमा तोकिएको छ । सम्बन्धित स्थानीय तहले निःशुल्क आधारभूत सेवाको सुनिश्चितताका लागि २४सै घण्टा सामान्य आकस्मिक सेवा, बाहिरङ्ग सेवा, फार्मेसी सेवा, प्रयोगशाला, एक्स–रे सेवालगायत उपलब्ध गराउनुपर्ने मापदण्डमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९