खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा

रातामाटा (दैलेख),  खानेपानीको चरम सङ्कट भएका भगवतीमाई गाउँपालिकाका विभिन्न तीन वडामा चार खानेपानी योजना सम्पन्न भएका छन् । यसबाट भगवतीमाई १, ३ र ४ वडामा ‘एकघर एक धारा’को सुबिधा पुगेको छ । ती वडाका करिव १९६ घरधुरीका एक हजार १८४ स्थानीयवासी लाभान्वित भएका छन् ।

 

 

ब्रिटिस रेडक्रस र स्वीस रेडक्रसको संयुक्त आर्थिक एवं प्राविधि सहयोगमा नेपाल रेडक्रस दैलेख शाखाले भगवतीमाई गाउँपालिकासँगको सहकार्य र साझेदारीमा यहाँ सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले ती वडामा खानेपानीको सुविधा पु¥याउन सहयोग गरेको हो ।

 

 

भगवतीमाई गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर खड्काकाले वडावासीले पानी लिन धेरै टाढा जानुपर्ने अवस्था अन्त्य भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कँुवाका दूषित पानीका कारण बिरामी भएर स्वास्थ्यचौकी धाउनुपर्दथ्यो । यस्तो अवस्था अन्त्य भएको छ ।” उहाँका अनुसार सो परियोजना र गाउँपालिकाको सहकार्यमा भक्रमुल सिस्नेरी खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएसँगै वडाका ९४ घरमा ‘एक घर एक धारा’ निर्माण भएको छ ।

 

 

यसबाट अति विपन्न समुदायका स्वच्छ खानेपानीको पहुँच पुगेको छ । परियोजनाले उपभोक्तालाई खानेपानीका मुहान दर्ता गर्नसमेत सहजीकरण गरेको थियो । निर्माण सम्पन्न भएका खानेपानी आयोजनाहरुले कार्यालय व्यवस्थापन, खानेपानी सुुरक्षा योजना लागू गर्नुको साथै नियमित रुपमा पानी महसुल सङ्कलन गरिहेको छन् ।

 

 

साथै परियोजनाले ती वडाका २४ अति विपन्न घरधुरीहरुलाई शौचालय निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग, विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताका सुविधाहरु निर्माण गर्नुको साथै तीन तारे विद्यालय घोषणा गर्न, गाउँपालिकाको कार्यालय र छ वटा स्वास्थ्य संस्थाहरुमा पानीको गुणस्तर परीक्षण केन्द्र स्थापना गर्न सहयोग तथा सहजीकरण गरेको थियो ।

 

 

भगवतीमाई गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर खड्काले परियोजनाको सहयोगमा खानेपानी तथा सरसफाइ योजनाका सम्वन्न भएसँगै वडामा फोहर सङ्कलन तथा व्यवस्थापन केन्द्र प्रयोगमा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विपन्न समुदायलाई खानेपानीको सुविधा पु¥याउन ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना’ले महत्वपूर्ण सहयोग गरेको छ ।”

 

 

भगवतीमाई गाउँपालिका–४ का वडाध्यक्ष देवलोक अधिकारीले खानेपानी लिन टाढाटाढा जानुपर्ने अवस्थामा केही सुधार भएको जानकारी दिँदै खानेपानीको हुँदा महिलाको समयमा बचत भएको छ भन्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छताका विविध विषयहरुमा नेपाल रेडक्रसले महत्वपूर्ण सहयोग गरेको छ ।”

 

 

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति निरञ्जन खत्रीले सुरक्षित सुत्केरीका लागि पूर्वतयारी, पारिवारिक विपद् पूर्वतयारी, पिउने पानीको उचित व्यवस्थापन र प्रयोगका साथै चर्पीको उचित प्रयोगसम्बन्धी सकारात्मक व्यवहार परिवर्तनका लागि गाउँपालिकामा सबै वडाका घरधुरीमा ६३ जना तालिम प्राप्त स्वयंसेवकहरु परिचालन गरिएको जानकारी दिनुभयो ।

 

 

परियोजनाका जिल्ला संयोजक शैलेश श्रेष्ठले पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्नको लागि वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई परिचालन गरिएको बताउनुभयो । विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका लागि ६६ स्वयंसेवकलाई आधारभूत प्राथमिक उपचार तालिम प्रदान गरिएको, ५८ स्यंसेवकलाई विपद् प्रतिकार्यका लागि सामुदायिक पहल र आधारभूत खोज तथा उद्धार तालिम प्रदान गरिएको, २४ स्वयंसेवकलाई द्रुत प्रतिकार्य तालिम प्रदान गरिएको, स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रको लागि आवश्यक पर्ने विपद् प्रतिकार्य सामग्री हस्तान्तरण गरिएको, विभिन्न विपद्सँग सम्बन्धित कृत्रिम घटना अभ्यास कार्यक्रम सञ्चालन गरिएको, स्वास्थ्य आमा समूह, विद्यालय तथा समुदायमा विपद् जोखिम न्यूनीकरण, वातावरण र जलवायु परिवर्तन अनुकूलन विषयहरुमा छलफल तथा अभिमुखीकरण गरिएको बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९