आलेखः विभेद्विरुद्ध जाग्दै मधेशका महिला

महोत्तरी,  सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा विभेद्मा परेका मधेशको महोत्तरीका महिला अब सङ्गठित हुँदै सामूहिक आवाजले यी क्षेत्रमा उपस्थिति जनाउँदैछन् । लैङ्गिक विभेद्विरुद्ध सङ्गठन र सामूहिक आवाजले नै उभिन सिकाएको आन्दोलनमा जोडिएका महिलाको अनुभव छ । महोत्तरीमा महिला सशक्तीकरण अभियानमा रहेका महिलाले विभेद्मा परेकाहरुबीचको आपसी सङ्गठन र सामूहिक आवाजले आन्दोलन सवल बन्दै गएको बताएका छन् ।“मेरो मात्र कुरा होइन, हामी दबिएका जोसुकै महिलाका लागि सङ्गठन र सामूहिक आवाज नै शक्ति रहेछ” जीवनमा खाएका हण्डर र त्यसबाट निस्कन गरिएका प्रयत्न सम्झदै महोत्तरीको रामगोपालपुर–९ गोठबनौलीकी बनिहारा (श्रमिक महिला) ४० वर्षीया फुलोदेवी शर्मा भन्नुहुन्छ, “समाजमा भोगिएको अपहेलना र पाइलापाइलामा भोगिएको विभेद् सशक्त रुपले उठाउन सङ्गठनले नै सिकायो ।” विभेदविरुद्ध सङ्गठित हुँदै आफ्ना कुरा ठाउँमा पु¥याउन थालेपछि समाजले पनि उभिने ठाउँ दिने गरेको शर्माको अनुभव छ ।

 

 

विगतमा गरिबी, अभाव र महिला भएकै कारण परिवार र समाजबाट जीवनमा भोगिएका दुःखका भारी छन् फुलोेसँग । पति काम गर्न बाहिर जान नदिने र घरमा खाने अन्न नभएका ती दुःखका दिन सम्झदै कहाली लागेर आउने उहाँ सम्झनुहुन्छ । पूरा नाउँ फुलोदेवी शर्मा भए पनि साथीसँगी र आफूभन्दा ठूलाले उहाँलाई ‘फुलोे’ भनेर बोलाउने गरेका छन् । “नाउँ भन्दा सुन्दा त ‘फुलोे’ (सुकोमलको भावमा) छ नि ! तर जीवनमा भोगिएका हण्डर सम्झदा मान्छे थिएँ कि थिइन झैं हुन्छ”, उहाँ भन्नुहुन्छ । तीन छोरा र एक छोरीसहित चार सन्तान र आफ्नो गुजाराका लागि मजदुरी गर्न पनि सुविस्ता साथ नपाएको उहाँको विगत छ । स–साना लालाबालालाई बोक्दै, डो¥याउँदै इँटाभट्टामा काम गर्न जाँदा जीवन सम्झेर दिक्क लाग्ने गरेको उहाँ विगत सम्झनुहुन्छ । “सानो छोरालाई पिठ्युँमा बोक्थेँ, दुई छोरा र एक छोरी पछि लाग्थे, घरमा खाने अन्न केही नहुँदा मैले दुई पैसाका लागि इँटा भट्टाको काम थालेकी थिएँ” उहाँ विगत सम्झदै भन्नुहुन्छ, “तर पति र घरका परिवारले ढुक्कसँग मजदुरी गर्न पनि दिँदैनथ्ये ।” यसरी काम गर्न निस्कदा कैयन पटक पतिको कुटाइ र परिवारजनको गाली खाएको उहाँ सम्झनुहुन्छ ।

 

 

काममा जान घर मात्र असहयोगी नभइ सामाजिक परिवेश नै महिलाका लागि पाइलैपिच्छे काँडैकाँडाले भरिएको हुने उहाँको अनुभव छ । “इँटाभट्टामा काम गर्दा थाहा पाएँ, कामबापतको पारिश्रमिकमा पनि हेला गरिँदोरहेछ”, उहाँले विगत सम्झदै भन्नुभयो, “उही काम गरी सक्दा पुरुषले पाउने बनी (मजदुरीबापतको पारिश्रमिक) र हामी महिलाले पाउने त धेरै फरक रहेछ ।” यसको विरोध गर्दा कामबाटै निकालिने मालिकको धम्कीले आपूmसहितका महिला बाध्य भएर काममा जोतिनुपर्ने विगतको सम्झनाले फुलोको मन अहिले पनि भरङ्ग हुन्छ । “पुरुषले त्यही काम गर्दा ५०० देखि एक हजारसम्म बनी लिन्थे, महिलाले भने त्यसको आँधीमै चित्त बुझाउन पथ्र्यो”उहाँ विगत सम्झदै भन्नुहुन्छ ।

 

 

यिनै दुःखका दिनमै आफ्नो बस्तीमा महिला सचेतनाका कार्यक्रम सञ्चालन हुन थालेपछि आँखा खुलेको उहाँको सम्झनामा छ । “बस्तीबस्तीमा महिलामाथि हुने थिचोमिचोका घटना समाचार बन्न थाले, विभिन्न सामाजिक संस्थाका कार्यकर्ताले बस्तीका महिलालाई सरकारले महिलाका लागि बनाएका विशेष कानुनबारे जानकारी दिँदै सङ्गठित हुन र सामाजिक विभेद्काविरुद्ध ठाउँठाउँमा सामूहिक आवाज उठाउन उत्प्रेरित गरे” उहाँ भन्नुहुन्छ, “हाम्रो बस्तीमा पहिले रतौली युवा क्लबले ‘स्थानीय अधिकार कार्यक्रम’बाट महिलालाई समूह बनाएर सङ्गठित हुन सिकायो, यो अभियानले महिलाहरुमा हौसला जगायो, हामीले सरकारी अड्डा र स्थानीय तहसहितका ठाउँठाउँमा महिलाप्रति हुने विभेद्विरुद्ध समूहकै तर्फबाट ज्ञापनपत्र दिन थाल्यौँ ।” यस क्रममा ती ठाउँबाट पाइने वास्ता र चासोले आपूmविरुद्धका विभेदसँग सामूहिक रुपमा प्रतिवाद गर्ने र सङ्गठित हुन सिकाएको उहाँको अनुभव छ । पछिपछि परिवार पनि सकारात्मक हुँदै गएपछि काममा सहज हुँदै गएको उहाँ बताउनुहुन्छ ।

 

 

अहिले रामगोपालपुर नगर क्षेत्रमै बनिहारा (श्रमिक) महिलाका मात्रै आठ वटा समूह क्रियाशील छन् । अहिले १९७ जना महिला सङ्गठित भएका यी समूहले बस्तीबस्तीका महिलालाई महिलाका लागि राज्यप्रदत्त विशेष सुविधाका व्यवस्थाबारे जानकारी दिँदै यिनको उपयोगका लागि सङ्गठित हुन प्रेरित गर्ने गरेको उहाँ बताउनुहुन्छ । यी समूहमा महिला अधिकारका विषयमा छलफल गरिने र राज्यका विभिन्न निकायमा ती व्यवस्थाको कार्यान्वयनका लागि दबाब बढाइने गरेको समूहका महिला बताउँछन् । “हामी आफ्नै बस्तीका महिला मिलेर समूह बनाएर हरेक समस्यामा छलफल गर्ने गरेका छौँ” रामगोपालपुर–१ लक्ष्मीपुरकी ४५ वर्षीया राधादेवी मण्डल भन्नुहुन्छ, “महिलाका लागि राज्यले गरेका विशेष सुविधा एवं संविधान र कानुनमा महिलाका लागि भएको व्यवस्था कार्यान्वयनकै लागि पनि आवाज नै उठाउन पर्दोरहेछ, हामीले धेरैपछि यो कुरा बुझ्यौँ ।”

 

 

रामगोपालपुरका महिलाजस्तै जिल्लाका अन्य भेगका महिलाले पनि विभेद्विरुद्ध उभिन सङ्गठन नै मुख्य हुने अनुभव सँगालेका छन् । “हामी महिला एकजुट भएर कार्यालयमा पुगेपछि केही सुनवाइ हुने गरेको छ” भङ्गाहा–४ रामनगरकी सामाजिक अगुवा ५५ वर्षीया दीपमायाँ श्रेष्ठ भन्नुहुन्छ, “यसका लागि समूह (सङ्गठन) मुख्य ताकत रहेछ ।” अचेल सामाजिक र राजनीतिक अवसरका लागि बल्ल महिलाको खोजी हुन थालेको श्रेष्ठ बताउनुहुन्छ । जिल्लाका विभिन्न स्थानीयतहका बस्तीमा किशोरीहरुले छुट्टै समूह बनाएर आपूmहरुका चासोबारे विभिन्न निकायको ध्यानाकर्षण गराउने क्रम पनि अब बाक्लिएको छ । “हामीले किशोरी अवस्थाको स्वास्थ्य सचेतना, शिक्षाको अवसर, बालविवाहविरुद्ध सचेतना र आर्जनका अवसरका लागि स्थानीयतहलाई घचघच्याइ रहेका हुन्छौँ” रामगोपालपुर–९ कै दलित बस्तीकी १६ वर्षीया किशोरी बिना चमार भन्नुहुन्छ, “सङ्गठित भएर सामूहिक रुपमा अघि बढ्दा हाम्रा कुराले वास्ता पाएका छन् ।” आफ्नो नगर क्षेत्रमा किशोरी सरोकारकै क्षेत्रमा सचेतना बढाउने अभियानमा सङ्गठित रुपले लागेका यस उमेर समूह (१३ वर्षदेखि १९ वर्ष सम्मका) २०० बढी अभियानी रहेका रामगोपालपुर–१ की १७ वर्षीया सङ्गीता मण्डल बताउनुहुन्छ ।

 

 

“विभेदविरुद्ध होस् कि अधिकार प्राप्तिका लागि होस्, सङ्गठन अपरिहार्य रहेछ” मण्डल भन्नुहुन्छ, “हाम्रा किशोरी समूहले उठाएका विषयले राज्यका निकायमा महत्व पाउन थालेपछि सङ्गठित हुने क्रम बढेको छ ।” पाँच÷छ वर्षअघिसम्म बालविवाह यहाँको आम कुरा रहेको बताउँदै मण्डलले भन्नुभयो, “अब भने कानुनको डर सचेतना अभियानले बढाउँदा बालविवाहका घटना निकै पातलिएका छन् ।”जिल्लाका ग्रामीण बस्तीमा अझै आम महिला आफ्ना समस्या भन्नसक्ने अवस्थामा छैनन् । यिनलाई पनि विभिन्न सामाजिक संस्था र समूहमा आबद्ध गराउँदै अधिकार प्राप्तिका लागि आवाज उठाउन उत्प्रेरित गर्न आवश्यक रहेको राजनीतिक क्षेत्रका सक्रिया महिला बताउँछन् । “मुख्य कुरा महिलालाई सङ्गठित हुन प्रेरित गर्नुपर्छ, यसले अधिकार र कर्तव्यबारे जिज्ञासु बनाउने र त्यसको प्राप्तिका लागि आवाज उठाउन सक्ने बनाउँछ” बर्दिबास–३ की बासिन्दा नेकपा (एमाले) को मधेश प्रदेश कमिटी सदस्य सरस्वती चौधरी भन्नुहुन्छ, “यसले राजनीतिक उपलब्धिको रक्षामा सचेत गर्नसँगै अवसरका लागि उत्सुक बनाउँछ ।”

 

 

ग्रामीण बस्तीमा गठन भएका सामाजिक र आर्थिक गतिविधिका विभिन्न समूहमा महिला आबद्धता बढेपछि यसले राजनीतिक चेतना अभिवृद्धिमा पनि सघाउ पु¥याएको चौधरीको अनुभव छ । “घरको कामकाज र बुहार्तन महिलाकै जिम्मामा भए पनि आर्थिक स्रोतमा भने पहुँच अझै निकै कम छ, बस्तीबस्तीमा विभिन्न सामाजिक सङ्घसंस्थाको समन्वयमा आयआर्जनका सीप र काममा महिला लागेपछि यिनले पनि आफ्नो थैलीमा केही पैसा राख्न सक्ने भएका छन्” चौधरी भन्नुहुन्छ, “यो आर्थिक उपार्जनले परिवारमा महिलाको स्थान सम्मानीत बनाउँदै लगेको पाइन्छ ।” यस्ता सामाजिक सङ्घसंस्था र समूहमा आबद्ध महिला राजनीतिक रुपमा पनि जागरुक हुँदै गएका चौधरीको मूल्याङ्कन छ ।

 

 

 

चौधरीजस्तै नेपाली कांग्रेसका नेता तथा भङ्गाहा नगरपालिकाका उपप्रमुख शान्तिसिंह थारु पनि महिला अधिकारको प्राप्ति र संविधानमा भएका विशेष व्यवस्थाको कार्यान्वयनका लागि सङ्गठनको आवाज सहयोगी मात्र नभइ कतिपय सन्दर्भमा निर्णायक भएको बताउनुहुन्छ । पछिल्ला केही दशकयता महिला अधिकारका क्षेत्रमा उल्लेख्य सुधार र उपलब्धि पनि महिलाको सङ्गठित आवाजकै प्रतिफल भएको सिंहको भनाइ छ । महिलाप्रतिको विभेद्को अवस्था चिर्न उनीहरुलाई सङ्गठित हुन अभिप्रेरित गर्नसँगै सहभागितामूलक राजनीतिक अवसरमा पहुँच बढाउन आवश्यक रहेको विभेद्विरुद्धको अभियानमा सक्रिय रहेका महिला बताउँछन् । राजनीतिक दलहरुले अवसरमा लाने महिला योग्यभन्दा आफ्ना आज्ञाकारी छान्ने परिपाटी रहेको आम गुनासो छ । यो गुनासोको सम्बोधन गर्दै दलहरुले पहलकदमी लिएमा कम समयमा बढी उपलब्धि हासिल हुने बर्दिबास–३ गौरीडाँडाकी सामाजिक अभियानी डोमा शाही विष्ट बताउनुहुन्छ ।
–––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९