विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

मुम्रा (कालीकोट), भौगालिक विकट रहेको मुम्रा गाउँ विकासका पूर्वाधारमा पनि गतिलिँदै छ तर ‘मातृ स्वास्थ्य सेवा’का लागि सुगमका भन्दा कमी छैन । सस्थागत सुत्केरीमा सबैको पहुँच पु¥याएर नयाँ उदाहरण प्रस्तुत गरेको छ । यहाँका महिलाले पछिल्ला केही वर्षदेखि ‘मातृ स्वास्थ्य सेवा’ लिन कष्ट व्यहोर्नुपरेको छैन । सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित यस गाउँमा पाँच वर्षयता गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन, भने दुईवर्षयता हवाई उद्धारसमेत गर्नुपरेको छैन ।

 

 

सान्नीघाटदेखि नै जोखिमयुक्त कच्चीले गाउँलाई जोडेको छ । सो स्थानदेखि सवारीसाधनमा यहाँ आइपुग्न करिब दुई/तीन घण्टा लाग्छ । वर्षात्मा त्यो समयमा सम्भव हुन्न । सोही स्थानबाटै उकालो पैदल हिँडेर आउँदा त्यति समय लाग्दैन । नौ वडा रहेको पालिकाका सबै गाउँमा पुग्न कम्तीमा एकहप्ता व्यतित गर्नुपर्छ । गाउँपालिकाले विशेष गरेर मातृ स्वास्थ्य सेवा क्षेत्रमा गरेका प्रयास अनुकरणीय मात्र छैन, सङ्घीय तथा प्रादेशिक उच्च तहमा बसेका नीति निर्मातालाई सिकाइ बन्न सक्छ । गाउँपालिकाले सङ्घीय सरकारको ‘लिजा इन्डिकेटर’ मा कालीकोटबाट प्रथम स्थान हासिल गरेको थियो । गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले भन्नुभयो, “पाँचवर्षयता यहाँका गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन ।

 

 

गाउँपालिकाले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य सेविकामार्फत् घर घरमा मातृस्वास्थ्य सेवा पु¥याएको छ ।” उहाँका अनुसार गाउँपालिकाभित्र पाँचवटा ‘बर्थिङ सेन्टर’ छन् । यस्ता स्वास्थ्य संस्थामा आउन कम्तीमा एकघण्टा भन्दा बढी पैदल हिँड्नुपर्दैन । आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको चुस्त व्यवस्थापन गरिएका छन् । उहाँले भन्नुभयो, “मातृ स्वास्थ्य सेवा’ लिन कुनै अप्ठ््यारो, समस्या तथा स्वास्थ्यकर्मीले दुःख दिए भने मलाई फोन गर्नु भनेको छु । समय समयमा अनुगमन गर्ने गरेको छु ।” अध्यक्ष केसीको घर नै मुम्रा गाउँमा छ । गाउँका ७१ वर्षीय नाग्मल बुढाका अनुसार सुत्केरी हुन (बच्चा पाउन) धेरै सुविधा र परिवर्तन भएको छ । उहाँले भन्नुभयो,“मेरा छोराछोरी जङ्गलमा जन्मेका हुन् । घाँसका भारी र बच्चासँगै ल्याउनुपर्दथ्यो ।

 

 

अब त्यो समय रहेन । डाक्टर र अस्पताल जाने चलन थिएन ।”स्थानीयवासी गाउँका पुछारमा रहेको गाढखोला तरेर पारिपट्टिका जङ्गलमा घाँसदाउरा तथा बस्तुभाउ चराउन जाने गर्दछन् । यही मङ्सिरको दोस्रोसाता तेस्रो सन्तानलाई जन्म दिइकी ३२ वर्षीय रचनाकुमारी बुढाले भन्नुभयो, “मेरा तीनवटै सन्तान मुम्रा स्वास्थ्य चौकीमा जन्मेका हुन् । सुत्केरी व्यथा लागेपछि स्ट्रेचरमा बोकिएर जानुपर्छ । स्वास्थ्य चौकीका नर्स, महिला स्वास्थ्यकर्मी बोलीचाली र व्यवहार राम्रो छ । ”

 

 

मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसीका अनुसार चालु आवको चार महिनामा ११ जना सुत्केरी भइसकेका छन् । तीमध्ये एकजना १८ वर्षकी थिइन् । गत आवमा ४४ जनाले सोही स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए । उहाँले भन्नुभयो “गाउँघरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य छ । पछिल्लो समय वर्थिङ सेन्टरका लागि आवश्यक सामग्री सेट थप उपलब्ध भएपछि यहाँ समस्या कम नै छ । ”

 

 

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थालाई सुदृढ बनाउन नेपाल रेड्क्रस सोसाइटी कालीकोट जिल्ला शाखाले सहयोग गरिराखेको छ । स्वीस तथा ब्रिटिश रेड्क्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’ले वर्थिङ सेन्टरमा हुनुपर्ने अत्यावश्यक सामग्रीसहित शौचालय निर्माणमा सहयोग गरेको छ ।

 

 

 

कार्यक्रमका जिल्ला संयोजक भोजराज ओझाले स्वास्थ्य र सरसफाइ, हरित विद्यालय तथा एक घर एक धारा निर्माणमा परियोजनाले गाउँपालिकालाई सहयोग गरेको जानकारी दिनुभयो । डाँफे माध्यामिक विद्यालयका प्रधानाध्यपक दुर्गबहादुर बुढा विद्यालयको हाताभित्रको खुला चौरलाई घेरबार गरिएपछि दीर्धकालीन समस्या हटेकामा खुसी हुनुभएको छ । विद्यालयलाई हरित बनाउन अभियानमा लागेको सो विद्यालयले ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’को आर्थिक सहयोगबाट हालै मात्र घेरबारको काम सम्पन्न भएको थियो । “विद्यालयका जमिन घेरबार नहुँदा गाईवस्तु कक्षा कोठामै पसेर साह्रै दुःखको अवस्था थियो । बालबालिकाको वस्तुभाउ धपाउनै समय वित्दथ्यो । अव ढुक्क भयो ।”उहाँका अनुसार परियोजनाको सहयोगमा छात्राका लागि स्यानिटरी प्याडको पनि व्यवस्था गरिएको छ । यसबाट विद्यालयमा छात्राको उपस्थितिमा वृद्धि भएको छ । स्यानिटरी प्याडको उचित व्यवस्थापन गर्न विद्यालयलाई समस्या परेको छ ।

 

 

‘एक घर एक धारा’

करिब १७ हजार जनसङ्ख्या रहेको सो पालिकामा ‘एक घर एक धारा’समेत निर्माण गरिएका छन् । करिब दुई सय भन्दाबढी पानीको मूल संरक्षण गर्दै खानेपानीको व्यवस्थापन गरिएको हो । गाउँपालिकाका अध्यक्ष केसीका अनुसार हालसम्म दुई हजारभन्दा बढी धारा जडान गरिसकिएको छ । मुडपानी मुम्रा बिचगाउँ खोपानी तथा सरसफाइ आयोजना जस्ता योजना ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’को सहयोगमा सम्पन्न गरिएका छन् ।
पूर्ण सरसफाइ युक्त गाउँपालिका घोषणाका लागि आवश्यक तयारी समेत थालिएको छ ।

 

 

अध्यक्ष केसीले भन्नुभयो, “समुदायका लागि आवश्यक स–सना सहयोगले पनि धेरै परिवर्तन गर्न सकिँदोरहेछ भन्ने उदाहरण हामीले पुष्टि गरेको छौँ । यसका लागि प्रमुख सहयोगी हातहरुद्वय स्वीस रेडक्रस र ब्रिटिश रेडक्रसलाई धन्यवाद दिन चाहन्छु ।”राष्ट्रिय समाचार समिति (रासस)
–––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९