विकटको सुगम मातृ स्वास्थ्य सेवाः सान्नी त्रिवेणी गाउँपालिका घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

मुम्रा (कालीकोट), भौगालिक विकट रहेको मुम्रा गाउँ विकासका पूर्वाधारमा पनि गतिलिँदै छ तर ‘मातृ स्वास्थ्य सेवा’का लागि सुगमका भन्दा कमी छैन । सस्थागत सुत्केरीमा सबैको पहुँच पु¥याएर नयाँ उदाहरण प्रस्तुत गरेको छ । यहाँका महिलाले पछिल्ला केही वर्षदेखि ‘मातृ स्वास्थ्य सेवा’ लिन कष्ट व्यहोर्नुपरेको छैन । सान्नी त्रिवेणी गाउँपालिका–८ स्थित यस गाउँमा पाँच वर्षयता गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन, भने दुईवर्षयता हवाई उद्धारसमेत गर्नुपरेको छैन ।

सान्नीघाटदेखि नै जोखिमयुक्त कच्चीले गाउँलाई जोडेको छ । सो स्थानदेखि सवारीसाधनमा यहाँ आइपुग्न करिब दुई/तीन घण्टा लाग्छ । वर्षात्मा त्यो समयमा सम्भव हुन्न । सोही स्थानबाटै उकालो पैदल हिँडेर आउँदा त्यति समय लाग्दैन । नौ वडा रहेको पालिकाका सबै गाउँमा पुग्न कम्तीमा एकहप्ता व्यतित गर्नुपर्छ । गाउँपालिकाले विशेष गरेर मातृ स्वास्थ्य सेवा क्षेत्रमा गरेका प्रयास अनुकरणीय मात्र छैन, सङ्घीय तथा प्रादेशिक उच्च तहमा बसेका नीति निर्मातालाई सिकाइ बन्न सक्छ । गाउँपालिकाले सङ्घीय सरकारको ‘लिजा इन्डिकेटर’ मा कालीकोटबाट प्रथम स्थान हासिल गरेको थियो । गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले भन्नुभयो, “पाँचवर्षयता यहाँका गर्भवती र नवजात शिशुका अकालमा ज्यान गएको छैन ।

गाउँपालिकाले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य सेविकामार्फत् घर घरमा मातृस्वास्थ्य सेवा पु¥याएको छ ।” उहाँका अनुसार गाउँपालिकाभित्र पाँचवटा ‘बर्थिङ सेन्टर’ छन् । यस्ता स्वास्थ्य संस्थामा आउन कम्तीमा एकघण्टा भन्दा बढी पैदल हिँड्नुपर्दैन । आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको चुस्त व्यवस्थापन गरिएका छन् । उहाँले भन्नुभयो, “मातृ स्वास्थ्य सेवा’ लिन कुनै अप्ठ््यारो, समस्या तथा स्वास्थ्यकर्मीले दुःख दिए भने मलाई फोन गर्नु भनेको छु । समय समयमा अनुगमन गर्ने गरेको छु ।” अध्यक्ष केसीको घर नै मुम्रा गाउँमा छ । गाउँका ७१ वर्षीय नाग्मल बुढाका अनुसार सुत्केरी हुन (बच्चा पाउन) धेरै सुविधा र परिवर्तन भएको छ । उहाँले भन्नुभयो,“मेरा छोराछोरी जङ्गलमा जन्मेका हुन् । घाँसका भारी र बच्चासँगै ल्याउनुपर्दथ्यो ।

अब त्यो समय रहेन । डाक्टर र अस्पताल जाने चलन थिएन ।”स्थानीयवासी गाउँका पुछारमा रहेको गाढखोला तरेर पारिपट्टिका जङ्गलमा घाँसदाउरा तथा बस्तुभाउ चराउन जाने गर्दछन् । यही मङ्सिरको दोस्रोसाता तेस्रो सन्तानलाई जन्म दिइकी ३२ वर्षीय रचनाकुमारी बुढाले भन्नुभयो, “मेरा तीनवटै सन्तान मुम्रा स्वास्थ्य चौकीमा जन्मेका हुन् । सुत्केरी व्यथा लागेपछि स्ट्रेचरमा बोकिएर जानुपर्छ । स्वास्थ्य चौकीका नर्स, महिला स्वास्थ्यकर्मी बोलीचाली र व्यवहार राम्रो छ । ”

मुम्रा स्वास्थ्य चौकीका प्रमुख धीरेन्द्र केसीका अनुसार चालु आवको चार महिनामा ११ जना सुत्केरी भइसकेका छन् । तीमध्ये एकजना १८ वर्षकी थिइन् । गत आवमा ४४ जनाले सोही स्वास्थ्य संस्थामा बच्चा जन्माएका थिए । उहाँले भन्नुभयो “गाउँघरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य छ । पछिल्लो समय वर्थिङ सेन्टरका लागि आवश्यक सामग्री सेट थप उपलब्ध भएपछि यहाँ समस्या कम नै छ । ”

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थालाई सुदृढ बनाउन नेपाल रेड्क्रस सोसाइटी कालीकोट जिल्ला शाखाले सहयोग गरिराखेको छ । स्वीस तथा ब्रिटिश रेड्क्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा सञ्चालित ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’ले वर्थिङ सेन्टरमा हुनुपर्ने अत्यावश्यक सामग्रीसहित शौचालय निर्माणमा सहयोग गरेको छ ।

कार्यक्रमका जिल्ला संयोजक भोजराज ओझाले स्वास्थ्य र सरसफाइ, हरित विद्यालय तथा एक घर एक धारा निर्माणमा परियोजनाले गाउँपालिकालाई सहयोग गरेको जानकारी दिनुभयो । डाँफे माध्यामिक विद्यालयका प्रधानाध्यपक दुर्गबहादुर बुढा विद्यालयको हाताभित्रको खुला चौरलाई घेरबार गरिएपछि दीर्धकालीन समस्या हटेकामा खुसी हुनुभएको छ । विद्यालयलाई हरित बनाउन अभियानमा लागेको सो विद्यालयले ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’को आर्थिक सहयोगबाट हालै मात्र घेरबारको काम सम्पन्न भएको थियो । “विद्यालयका जमिन घेरबार नहुँदा गाईवस्तु कक्षा कोठामै पसेर साह्रै दुःखको अवस्था थियो । बालबालिकाको वस्तुभाउ धपाउनै समय वित्दथ्यो । अव ढुक्क भयो ।”उहाँका अनुसार परियोजनाको सहयोगमा छात्राका लागि स्यानिटरी प्याडको पनि व्यवस्था गरिएको छ । यसबाट विद्यालयमा छात्राको उपस्थितिमा वृद्धि भएको छ । स्यानिटरी प्याडको उचित व्यवस्थापन गर्न विद्यालयलाई समस्या परेको छ ।

‘एक घर एक धारा’

करिब १७ हजार जनसङ्ख्या रहेको सो पालिकामा ‘एक घर एक धारा’समेत निर्माण गरिएका छन् । करिब दुई सय भन्दाबढी पानीको मूल संरक्षण गर्दै खानेपानीको व्यवस्थापन गरिएको हो । गाउँपालिकाका अध्यक्ष केसीका अनुसार हालसम्म दुई हजारभन्दा बढी धारा जडान गरिसकिएको छ । मुडपानी मुम्रा बिचगाउँ खोपानी तथा सरसफाइ आयोजना जस्ता योजना ‘सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल कार्यक्रम’को सहयोगमा सम्पन्न गरिएका छन् ।
पूर्ण सरसफाइ युक्त गाउँपालिका घोषणाका लागि आवश्यक तयारी समेत थालिएको छ ।

अध्यक्ष केसीले भन्नुभयो, “समुदायका लागि आवश्यक स–सना सहयोगले पनि धेरै परिवर्तन गर्न सकिँदोरहेछ भन्ने उदाहरण हामीले पुष्टि गरेको छौँ । यसका लागि प्रमुख सहयोगी हातहरुद्वय स्वीस रेडक्रस र ब्रिटिश रेडक्रसलाई धन्यवाद दिन चाहन्छु ।”राष्ट्रिय समाचार समिति (रासस)
–––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ,  जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक...

‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको छ ।     यही मङ्सिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन सङ्घको मुख्यालयमा आयोजित अन्तरराष्ट्रिय साझेदारीका...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।   इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

काठमाडौँ,  संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज  नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ ।   नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९