जिल्ला समन्वय समितिको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी

बौनियाँ-कैलाली जिल्ला समन्वय समितिको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी भएको छ।गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका पदमबहादुर कलेल जिसस प्रमुखमा निर्वाचित भएका छन भने उप-प्रमुखमा पनि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका खगराज भुसाल विजयी भएको प्रमुख निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।

 

 

कलेले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए,त्यस्तै भुसालले १३ मत पाउँदा एमालेका राजेन्द्र खनालले १२ मत पएका थिए।

सत्तारुढ गठबन्धनलाई धनगढीका मेयर गोपाल हमालले सहयोग गरेका थिए। निलम्बित मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले भने निर्वाचनमा मतदान गर्न पाएनन् ।

 

 

 

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१