प्रधानमन्त्री पत्नी सीताको स्वास्थ्य परीक्षण

काठमाडौं, २९ जेठप्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा. युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । यससँगै प्रधानमन्त्रीको पनि नियमित स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री पत्नी दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित रहेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?