भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट बाहिरिने सबै ‘प्रतिबन्धित तेल ट्याङ्करहरू’ अवरुद्ध गर्ने आदेश जारी गर्नुभएको छ । यस घोषणासँगै उहाँले भेनेजुएलाको कच्चा तेलमा अमेरिकाको पहुँचसम्बन्धी नयाँ मागहरू अघि सार्दै काराकासविरुद्धको दबाब अभियानलाई अझ तीव्र बनाउनुभएको छ ।

 

ल्याटिन अमेरिकामा लागुऔषध तस्करीविरुद्ध लड्ने उद्देश्य देखाउँदै तर भेनेजुएलालाई विशेष रूपमा लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले महिनौँदेखि क्यारिबियन क्षेत्रमा ठूलो सैन्य तैनाथी विस्तार गर्दै आएको छ । काराकासले यस अभियानलाई वामपन्थी शक्तिशाली राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाउने प्रयासका रूपमा व्याख्या गर्दै आएको छ । मदुरोलाई वासिङ्टनसहित धेरै देशले अवैध राष्ट्रपति मान्दै आएका छन् । साथै, भेनेजुएलाले यसलाई आफ्नो तेल ‘चोर्ने’ योजनाका रूपमा पनि हेरेको छ ।

 

देशको हवाई क्षेत्रलाई ‘बन्द’ मानिनुपर्ने र ‘भूमिमा लागुऔषध तस्करी रोक्ने’ प्रयासहरू चाँडै सुरु हुने घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भेनेजुएलाभित्र सैन्य कारबाहीसमेत हुनसक्ने आशय व्यक्त गरेपछि पछिल्ला हप्ताहरूमा दुवै देशबीच तनाव उल्लेखनीय रूपमा बढेको छ ।

 

गत हप्ता संयुक्त राज्य अमेरिकाले भेनेजुएलाबाट बाहिरिएको एउटा तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो भने भेनेजुएलाको तेल उद्योगसँग सम्बन्धित अन्य धेरै जहाज तथा कम्पनीहरूमाथि नयाँ प्रतिबन्धको घोषणा गर्दै अभियानमा थप कडाइ गरेको थियो ।

 

“आज म भेनेजुएलाभित्र र बाहिर जाने सबै प्रतिबन्धित तेल ट्याङ्करहरूलाई पूर्ण रूपमा अवरुद्ध गर्ने आदेश दिन्छु”, राष्ट्रपति ट्रम्पले मङ्गलबार साँझ आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत लेख्नुभएको छ । क्यारिबियन क्षेत्रमा तैनाथ विश्वकै सबैभन्दा ठूलो विमानवाहकसहितका धेरै नौसेना र समुद्री सेनाको उल्लेख गर्दै उहाँले चेतावनी दिनुभयो, “भेनेजुएला अहिले दक्षिण अमेरिकाको इतिहासमै भेला भएको सबैभन्दा ठूलो नौसैनिक बेडाले घेरिएको छ ।”

 

भेनेजुएलाको अर्थतन्त्र कच्चा तेल निर्यातमा अत्यधिक निर्भर रहेकाले तेल क्षेत्रलाई कमजोर पार्ने यस्ता कदमले राष्ट्रपति मदुरोमाथि थप दबाब सिर्जना गर्ने अनुमान गरिएको छ । तर मङ्गलबार राष्ट्रपति ट्रम्पले भेनेजुएलाको तेल उत्पादनमा अमेरिकाको पहुँच पुनः प्राप्त गर्ने लक्ष्य पनि स्पष्ट पार्नुभयो ।

 

भेनेजुएलाले ‘हामीबाट पहिले चोरेका सबै तेल, भूमि र अन्य सम्पत्तिहरू संयुक्त राज्य अमेरिकालाई फिर्ता नगरेसम्म’ अमेरिकी नौसैनिक बेडा अझ ठूलो बन्दै जाने उहाँको भनाइ थियो । उहाँले कुन तेल वा भूमिको कुरा गर्नुभएको हो भन्ने स्पष्ट नगर्नुभए पनि सन् १९७० को दशकमा भेनेजुएलाले आफ्नो तेल उद्योग राष्ट्रियकरण गरेको तथ्यलाई यस सन्दर्भमा स्मरण गराइएको छ । त्यसपछि राष्ट्रपति मदुरोका पूर्ववर्ती ह्युगो चाभेजको नेतृत्वमा विदेशी कम्पनीहरूलाई भेनेजुएलाको राज्य स्वामित्वको तेल कम्पनी पिडिभिएसएलाई बहुमत नियन्त्रण दिन बाध्य पारिएको थियो ।

 

विशेष प्रतिबन्ध छुटअन्तर्गत अझै पनि भेनेजुएलामा सञ्चालनरत अमेरिकी कम्पनी सेभरोनका प्रवक्ताले मङ्गलबार कम्पनीको गतिविधि ‘कुनै अवरोधबिना र लागू कानून तथा नियमहरूको पूर्ण पालना गर्दै निरन्तर रूपमा चलिरहेको’ जानकारी दिनुभयो ।

 

काराकासले भने राष्ट्रपति ट्रम्पको घोषणाको कडा निन्दा गर्दै उहाँको उद्देश्य ‘हाम्रो मातृभूमिको सम्पत्ति चोर्ने’ रहेको आरोप लगाएको छ । भेनेजुएलाले विगतका वर्षहरूमा अमेरिकी तेल प्रतिबन्धलाई बेवास्ता गर्दै कालो बजारमार्फत छुट मूल्यमा कच्चा तेल बिक्री गर्दै आएको छ, जसको मुख्य खरिदकर्ता चीन रहेको छ ।पेट्रोलियम निर्यातक देशहरूको सङ्गठन (ओपेक) का अनुसार भेनेजुएलामा करिब ३०३ अर्ब ब्यारेल तेल भण्डार रहेको अनुमान गरिएको छ, जुन विश्वका अन्य कुनै पनि देशभन्दा बढी हो ।

 

“यदि तेल निर्यात रोकियो भने यसले विदेशी मुद्रा बजार र देशको आयात क्षमतामा गम्भीर असर पार्नेछ र त्यसले आर्थिक सङ्कट निम्त्याउन सक्छ”, भेनेजुएलाको परामर्शदाता संस्था ओरिनोको रिसर्चका एलियास फेररले हालै एएफपीलाई बताउनुभएको थियो । उहाँका अनुसार मन्दी मात्र नभई, खाद्य तथा औषधिको अभावसमेत देखिन सक्छ, किनकि आयात गर्न देश असमर्थ हुनेछ ।

 

पेन्टागनले भने ट्रम्प प्रशासनअन्तर्गत विदेशी आतङ्कवादी सङ्गठनका रूपमा तोकिएका लागुऔषध गिरोहहरूलाई लक्षित गरिएको दाबी गर्दै ‘साउदर्न स्पियर’ नाम दिइएको आफ्नो अपरेसनको बचाउ गरेको छ । अमेरिकी सेनाले अहिलेसम्म अन्तर्राष्ट्रिय जलक्षेत्रमा लागुऔषध तस्करीमा संलग्न डुङ्गाहरूमाथि मात्र कारबाही गरेको बताइए पनि ती कारबाहीमा कम्तीमा ९५ जनाको मृत्यु भइसकेको छ, जसलाई धेरै विश्लेषकहरूले गैरन्यायिक हत्या भनेका छन् ।

 

यसैबीच ट्रम्प प्रशासनले भेनेजुएलाको कथित समूह ‘कार्टेल डे लस सोल्स’लाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै राष्ट्रपति मदुरो नै यसको नेता भएको आरोप लगाएको छ । “हाम्रो सम्पत्ति चोरी, आतङ्कवाद, लागुऔषध तस्करी, मानव बेचबिखनलगायतका गतिविधिका कारण भेनेजुएलाको शासनलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरिएको हो”, राष्ट्रपति ट्रम्पले स्पष्ट पार्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एमाले महाधिवेशनः मतदान जारी

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो ।   आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब...

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

बनियानी (झापा),  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताउनुभएको छ । झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने भुल्का मार्गको आज उद्घाटन गर्दै उहाँले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको धारणा राख्नुभयो ।   “विश्वका...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७० अङ्कले बढेर दुई हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो ।आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

आयआर्जनमा जोडिँदै तानसेनका महिला

तानसेन (पाल्पा), यहाँको तानसेन नगरभित्रका महिला अहिले सङ्गठित भई सीप सिकेर आयआर्जनमूलक काममा जोडिन थालेका छन् । घरको काम सकेर फुर्सदमा बस्ने गरेका महिला पछिल्लो समय आयआर्जनमूलक क्षेत्रमा सक्रिय हुन थालेका हुन् । स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले महिलालाई विभिन्न समूहमा आवद्ध गरी सीपमूलक...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

महेन्द्रनगर (धनुषा),  जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।   विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९